९ श्रावण २०८३, शनिबार
,
Latest
अनाथ बाँदर ‘पन्च’लाई जन्मदिनको शुभकामना ! काठमाडौँको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला तेक्वान्दो खेलाडी वैभवीलाई चीनमा स्वर्णसहित दुई पदक माटोको उर्वरा शक्तिमा सुधार ल्याउन प्राङ्गारिक मल प्रयोग गरौँः मन्त्री चौधरी छिन्नलता पुरस्कारबाट वरिष्ठ गायक श्रेष्ठसहित पाँच स्रष्टा पुरस्कृत गण्डकी प्रदेश प्रमुखद्वारा गाँजाखेतीसम्बन्धी विधेयक प्रदेशसभामा फिर्ता सरकारले तोकेको मापदण्ड पालन गर्न मासु व्यवसायीलाई आग्रह घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ भरतपुर अस्पतालद्वारा एक वर्षमा तीन हजार युनिट रगत सङ्कलन माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

चाडपर्वको बेला यातायात बन्द गर्नु सरकारको बाध्यताः कार्यकारी प्रमुख भट्ट



अ+ अ-

काठमाडौँ । सरकारले परिस्थितिवश दशैँको बीचमा यातायात बन्द गर्नुपरेको बताएको छ ।

शनिवारदेखि सोमवारसम्म देशभर अत्याधिक वर्षा हुने र वर्षापछि बाढी, पहिरोको जोखिम रहने भएकाले सुरक्षित ठाउँमा बस्न र यात्रा नगरिदिन आग्रह गरेको हो ।

राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले दशैँको बीचमा यातायात बन्द गर्नुपर्दा दुःख लागे पनि नागरिकको सुरक्षाका लागि बन्द गर्नुपर्ने अवस्था आएको बताउनु भयो । स्थानीय प्रशासनलाई यात्राका क्रममा रहेका सवारीसाधनहरु सुरक्षित स्थानमा रोक्न लगाउन निर्देशन गरिसकेको बताउनु भयो । पिउने पानी, खानेकुरा, शौचालय भएको ठाउँमा र बाढी र पहिरोको जोखिम नभएको ठाउँमा गाडी रोक्न आग्रह गरिएको बताउनु भयो । सम्भावित जोखिम कम हुने बित्तिकै अर्को ठाउँमा पास गर्ने तयारी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘दशैँको बीचमा यातायात बन्द गर्न पर्दा हामीलाई पन दुःख लागेको छ । तर अत्यावश्यक परिस्थितिका कारण यो गरिएको हो । सँगै स्थानीय प्रशासनलाई यसरी गाडी रोक्नुपरेको परिस्थिति आएको बेला सुरक्षित ठाउँमा गाडी रोक्नुहोस् । सकेसम्म पिउने पानी, खानेकुरा, शौचालय भएको ठाउँमा र बाढी र पहिरोको जोखिम नभएको ठाउँमा गाडी रोक्न लगाउने, सम्भावित जोखिम कम हुने बित्तिकै अर्को ठाउँमा पास गर्ने भनेर तयारी भएको छ । यसलाई स्थानीय प्रशासनले हेरिरहेको छ ।’

उहाँले विपी राजमार्ग, पृथ्वी राजमार्ग, त्रिभूवन राजमार्गमा सुरक्षार्थ सुरक्षाकर्मीहरु धेरै खटाएको बताउनु भयो ।