१४ श्रावण २०८३, बिहीबार
,
Latest
सुनसरी घटनाको विरोधमा जनकपुरधाम बन्द, जनजीवन प्रभावित प्रतिनिधि सभाको शुन्य समयः सुनसरी घटना, सीमा सुरक्षा र सरकारको कार्यशैलीप्रति सांसदहरूको ध्यानाकर्षण वर्ल्डलिंकबाट सुरु भयो विद्युत् प्राधिकरणको पोल भाडा बक्यौता भुक्तानी प्रक्रिया जनसरोकारका मुद्दामा सरकार उदासीन भएको भन्दै सांसद मल्लद्वारा ध्यानाकर्षण सुनसरी घटनालाई लिएर सरकारको आलोचनाः नैतिक जिम्मेवारी लिन सांसद यादवको माग उच्च अदालत वीरगञ्जको २९ प्रतिशत मुद्दा फछ्र्योट गर्न बाँकी सगरमाथा र ल्होत्सेको सफल आरोहण गर्ने चिनियाँ आरोहीलाई प्रचण्डको सम्मान सत्तारुढ दलकै सांसदले भने–मैले त परिवर्तन महशुस गर्न पाएको छैन भने आम जनताले कसरी परिवर्तनको… बुटवलका रेस्टुरेन्टबाट तीन बाल श्रमिकको उद्धार, ६ लाख १३ हजार बढी क्षतिपूर्ति दिलाइयो सुनसरी घटनाबारे उच्चस्तरीय छानबिन आयोग गठन गर्न राप्रपाको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनकपुरधाममा निषेधाज्ञा जारी



अ+ अ-

धनुषा। जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरको रुपैठाको चारैतर्फ निषेधाज्ञा जारी गरेको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० रुपैठामा दुई समुदायबीच तनाव बढेपछि निषेधाज्ञा जारी गरिएको हो ।

धनुषाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले आज रुपैठामा भएको हिन्दु र मुस्लिम समुदयबीचको झडपपछि निषेधाज्ञा जारी गरिएको जानकारी दिनुभयो ।

आज साँझ ६ः३० बजेदेखि लागू हुनेगरी प्रशासनले रुपैठाको चारैतर्फ क्षेत्रलाई समेटेर कुनै पनि सभा, जुलुस, नाराबाजी, बैठक, सामूहिक कार्यक्रम गर्न नपाउने व्यवस्था गरिएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

दुर्गा मूर्ति विसर्जनको क्रममा दुई समुदायबीच विवाद भएपछि सो क्षेत्र तनावग्रस्त भएको हो । आदेशअनुसार रुपैठाको पूर्व लोहना जाने बाटो, पश्चिममा बसहिया जाने बाटो, उत्तरमा बाबा पेट्रोल पम्प सिक्सलेन र दक्षिणमा गँगुली पूलसम्म प्रदर्शन, भेला, नारा जुलुस गर्न पाइने छैन ।

गत महिना मात्र गणेश पूजापछि मूर्ति विसर्जनमा त्यहाँमा मुस्लिम समुदाय र हिन्दु समुदायबीच झडप भएको थियो । पुनः दुर्गाको मूर्ति विसर्जनमा अवरोध भएपछि झडप भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।