१४ श्रावण २०८३, बिहीबार
,
Latest
सुनसरी घटनाको विरोधमा जनकपुरधाम बन्द, जनजीवन प्रभावित प्रतिनिधि सभाको शुन्य समयः सुनसरी घटना, सीमा सुरक्षा र सरकारको कार्यशैलीप्रति सांसदहरूको ध्यानाकर्षण वर्ल्डलिंकबाट सुरु भयो विद्युत् प्राधिकरणको पोल भाडा बक्यौता भुक्तानी प्रक्रिया जनसरोकारका मुद्दामा सरकार उदासीन भएको भन्दै सांसद मल्लद्वारा ध्यानाकर्षण सुनसरी घटनालाई लिएर सरकारको आलोचनाः नैतिक जिम्मेवारी लिन सांसद यादवको माग उच्च अदालत वीरगञ्जको २९ प्रतिशत मुद्दा फछ्र्योट गर्न बाँकी सगरमाथा र ल्होत्सेको सफल आरोहण गर्ने चिनियाँ आरोहीलाई प्रचण्डको सम्मान सत्तारुढ दलकै सांसदले भने–मैले त परिवर्तन महशुस गर्न पाएको छैन भने आम जनताले कसरी परिवर्तनको… बुटवलका रेस्टुरेन्टबाट तीन बाल श्रमिकको उद्धार, ६ लाख १३ हजार बढी क्षतिपूर्ति दिलाइयो सुनसरी घटनाबारे उच्चस्तरीय छानबिन आयोग गठन गर्न राप्रपाको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

असोज १७ गतेदेखि २० गतेसम्म रातका समयमा काठमाडौँ आवतजावत नगर्नू : काठमाडौँ प्रशासन



अ+ अ-

काठमाडौँ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले आजदेखि भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागबाट जानकारी प्राप्त भएकाले अबको केही दिन रातको समयमा काठमाडौँ भित्रिन र यहाँबाट बाहिर यात्रा नगर्न अनुरोध गरेको छ ।

काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान तथा प्रेषित सूचना बमोजिम यही असोज १७ गतेदेखि २० गतेसम्म जिल्लामा भारी वर्षा हुने र सोबाट जोखिमयुक्त स्थानहरुमा बाढी, पहिरो, भू–क्षय जस्ता विपद्जन्य घटनाहरु घट्न सक्ने सम्भावना भएको हुँदा आ–आफ्नो स्थानमा नै रही सतर्कता र सावधानी अपनाउन अनुरोध गरिएको बताउनुभयो ।

उहाँले अत्यन्त जरुरी नभई सकेसम्म उक्त अवधिमा लामो दूरीको यात्रा नगर्न पनि अनुरोध गर्नुभएको छ । उहाँले एक सूचना जारी गरी भन्नुभएको छ, “काठमाडौँबाट बाहिर जाने र बाहिरबाट काठमाडौँ प्रवेश गर्ने महानुभावहरुले रातको समयमा यात्रा नगर्नु हुन अनुरोध छ ।”

विपद्को समयमा तत्काल कुनै प्रकारको उद्धार, सहयोग र राहत आवश्यक परेको खण्डमा जिल्ला प्रहरी परिसर, काठमाडौँको सम्पर्क नं. १६६०–०१–४१५१६, ९८५१२८३०२६, ०१–५७२१०१७, सशस्त्र प्रहरी बल नेपाल नं. २० (विपद उद्धार) गण, सिनामंगलको सम्पर्क नं. ९८५१२७२०३५, ०१– ४४७१३३७ र जिल्ला आपत्कालीन कार्य संचालन केन्द्रको सम्पर्क नं. ९८५१३६२९३७ मा सम्पर्क गर्न समेत प्रशासनले सूचना जारी गरी अनुरोध गरेको छ ।

यसअघि नै ललितपुर प्रशासनले पनि कान्ति लोकथपका सवारी अवागमन रोक्ने निर्णय गरिसकेको छ । विहान ६ देखि दिउँसो ४ बजेसम्म मात्र सवारी सञ्चालन गर्ने र चार चक्केभन्दा ठूला सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय भइसकेको छ ।

अन्य विभिन्न जिल्लाले पनि जोखिम क्षेत्रमा सवारी आवागमन रोक्ने निर्णय गरिसकेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज रातिदेखि नै मनसुनी गतिविधि सक्रिय हुने छ । शनिवार र आइतबार बढी वर्षा हुने अनुमान विभागले सार्वजनिक गरिसकेको छ ।