२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम

विमानस्थलमा श्रमिकहरुले झेल्नुपर्ने समस्यालाई समाधान गर्दै लगिने श्रममन्त्रीको प्रतिवद्धता

विमानस्थलमा श्रमिकहरुले झेल्नुपर्ने समस्यालाई समाधान गर्दै लगिने श्रममन्त्रीको प्रतिवद्धता
अ अ+ अ-

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले विमानस्थलमा श्रमिकहरुले झेल्नुपर्ने प्रकृयागत समस्यालाई समाधान गर्दै जाने बताउनु भएको छ । 

सोमवार अन्तर्राष्ट्रिय विमानस्थल निरिक्षणका क्रममा सञ्चारकर्मीहरुसँग बोल्दै मन्त्री श्रेष्ठले विमानस्थलमा श्रमिकहरुको समस्यालाई समाधान गर्दै जाने बताउनु भएको हो । 

उहाँले विमानस्थलमा श्रमिकहरुका लागि अर्को दर्जा जसरी छुट्टै लाइन राखिएकोप्रति दुःख व्यक्त गर्दै धेरै कुराको समस्या रहेको अनुभुति भएको बताउनु भयो । मन्त्री श्रेष्ठले इपीएसबाट कोरिया जान लागेका १६४ जना श्रमीकलाई इज्जत र व्यवस्थापनका साथ पठाउनका लागि विमानस्थल पुगेको बताउनु भयो ।

मन्त्री श्रेष्ठले भन्नुभयो, ‘आज हामी मन्त्रालयबाट मन्त्रायका सचिव, वैदेशिक रोजगार विभागका डिजी जी, ताहाचल कार्यालय प्रमुख ज्यू, वैदेशिक रोजगार बोर्डका इडी, इपीएस शाखा,विशेष गरी आज कोरियाको ठूलो टिम १६४ जना इपीएसअन्तर्गत कोरिया जाँदै भन्ने भएर उहाँहरुलाई बिदाई पनि गर्ने, सँगै यसलाई कसरी सुधार गर्न सकिन्छ भनेर, र जाने कामदारहरुलाई अलि इज्जतसाथ कसरी व्यवस्थापन गरेर पठाउन सकिन्छ भनेर सिंगो मन्त्रालयको टिम नै यहाँ आएका हौँ । हामी अहिले नै यो गर्छौं भन्दैनौँ, तर धेरै कुरा सुधार गर्नुपर्ने अनुभुति भएको छ । पब्लिक र कामदारहरु जाने लाइन, छुट्टै दर्जासरह भएको हो कि जस्तो लागेको छ । यहाँ धेरै कमजोरीहरु देखेका छौँ । भन्दै र सुधार गर्दै जान्छौँ ।’

मन्त्री श्रेष्ठले विमानस्थलमा धेरै कुराहरुको कमि रहेको अनुभूति मन्त्रालयलाई भएको भन्दै क्रमशः कमजोरीहरुको समाधान गरिने बताउनु भयो ।