२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar गोपनीयता भंग गर्ने जोसुकैलाई कानूनको कठघरामा ल्याइन्छ: गृहमन्त्री गुरुङ News Polar निरन्तर खबरदारी गर्ने नागरिक समाज आवश्यकः विमल कोईराला News Polar जलवायु वित्तको अन्तर्राष्ट्रिय परिदृश्य चुनौतीपूर्ण छः राजु पण्डित क्षेत्री News Polar विशेष पर्वतीय जलवायु कोष स्थापनाको पहल गर्न सरकारको ध्यानाकर्षण News Polar विश्व दृष्टि दिवसः आँखा स्वास्थ्यमा बेवास्ता नगरौँ, दृष्टि जोगाउनु अवसर जोगाउनु पनि हो News Polar कांग्रेस १५ औँ महाधिवेशनः मतदाताको अन्तिम नामावली प्रकाशन, सात हजार ११४ प्रतिनिधि कायम News Polar बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ News Polar बाढी गएको एक वर्ष बित्यो, बाजुराका २१० परिवार अझै विस्थापित News Polar झोलुङ्गे पुलमा क्षतिपश्चात् पठनपाठन प्रभावित News Polar बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति News Polar सुन्तलामा रोग लागेपछि किसान चिन्तामा News Polar बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी News Polar अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गा बीच अमेरिकामा भेटवार्ता News Polar जमुनाहा नाकामा यात्रु सहायता कक्ष News Polar बैंकिङ कसुरमा फरार रहेका एक पक्राउ News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी

विमानस्थलमा श्रमिकहरुले झेल्नुपर्ने समस्यालाई समाधान गर्दै लगिने श्रममन्त्रीको प्रतिवद्धता

विमानस्थलमा श्रमिकहरुले झेल्नुपर्ने समस्यालाई समाधान गर्दै लगिने श्रममन्त्रीको प्रतिवद्धता
अ अ+ अ-

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले विमानस्थलमा श्रमिकहरुले झेल्नुपर्ने प्रकृयागत समस्यालाई समाधान गर्दै जाने बताउनु भएको छ । 

सोमवार अन्तर्राष्ट्रिय विमानस्थल निरिक्षणका क्रममा सञ्चारकर्मीहरुसँग बोल्दै मन्त्री श्रेष्ठले विमानस्थलमा श्रमिकहरुको समस्यालाई समाधान गर्दै जाने बताउनु भएको हो । 

उहाँले विमानस्थलमा श्रमिकहरुका लागि अर्को दर्जा जसरी छुट्टै लाइन राखिएकोप्रति दुःख व्यक्त गर्दै धेरै कुराको समस्या रहेको अनुभुति भएको बताउनु भयो । मन्त्री श्रेष्ठले इपीएसबाट कोरिया जान लागेका १६४ जना श्रमीकलाई इज्जत र व्यवस्थापनका साथ पठाउनका लागि विमानस्थल पुगेको बताउनु भयो ।

मन्त्री श्रेष्ठले भन्नुभयो, ‘आज हामी मन्त्रालयबाट मन्त्रायका सचिव, वैदेशिक रोजगार विभागका डिजी जी, ताहाचल कार्यालय प्रमुख ज्यू, वैदेशिक रोजगार बोर्डका इडी, इपीएस शाखा,विशेष गरी आज कोरियाको ठूलो टिम १६४ जना इपीएसअन्तर्गत कोरिया जाँदै भन्ने भएर उहाँहरुलाई बिदाई पनि गर्ने, सँगै यसलाई कसरी सुधार गर्न सकिन्छ भनेर, र जाने कामदारहरुलाई अलि इज्जतसाथ कसरी व्यवस्थापन गरेर पठाउन सकिन्छ भनेर सिंगो मन्त्रालयको टिम नै यहाँ आएका हौँ । हामी अहिले नै यो गर्छौं भन्दैनौँ, तर धेरै कुरा सुधार गर्नुपर्ने अनुभुति भएको छ । पब्लिक र कामदारहरु जाने लाइन, छुट्टै दर्जासरह भएको हो कि जस्तो लागेको छ । यहाँ धेरै कमजोरीहरु देखेका छौँ । भन्दै र सुधार गर्दै जान्छौँ ।’

मन्त्री श्रेष्ठले विमानस्थलमा धेरै कुराहरुको कमि रहेको अनुभूति मन्त्रालयलाई भएको भन्दै क्रमशः कमजोरीहरुको समाधान गरिने बताउनु भयो ।