३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

परदेशमा दशैं, संस्कृतिसँगै आत्मीयता जोगाउने प्रयास -फोटो फिचर

परदेशमा दशैं, संस्कृतिसँगै आत्मीयता जोगाउने प्रयास -फोटो फिचर
अ+ अ-

काठमाडौं । विदेशमा रहेका नेपालीहरुले संस्कृतिसँगै आत्मीयता जोगाउने प्रयास गर्दै दशैं मनाएका छन् । नेपालीहरुको मौलिक पर्व दशैंमा विजयादशमीको टीका लगाइएको छ ।

दशैं  परदेशमा रहेका नेपालीका लागि पनि आत्मीयता, सम्झना र संस्कृतिसँगको भावनात्मक डोरो हो। नेपालभित्र जस्तो रमाइलो, टीका–जमराको रौनक नभए पनि परदेशमा दशैंले आफ्ना आफ्ना शैलीमा संस्कृति जोगाउने र आत्मीयता बाँड्ने अवसरका रुपमा लिने गरिन्छ ।

विदेशमा रहेका नेपालीहरू दशैं आउँदा झन् भावुक हुन्छन्, तर, दूरीले परिभाषित नगर्ने भावनाले उनीहरूलाई एकै ठाउँमा ल्याउँने गर्दछ ।जो–जुन देशमा बसेका छ त्यही देशमा विजयादशमीको टीका लगाइएको छ।

अमेरिका, युरोप, अस्ट्रेलिया वा खाडी मुलुकहरू—जहाँसुकै भए पनि नेपाली समुदायले मिलेर दशैंको कार्यक्रम आयोजना गर्ने परम्परा बढ्दो छ। अहिले २२ लाखभन्दा धेरै नेपाली विदेशमा छन् । १ सय ५० भन्दा बढी देशमा नेपाली पुगेका छन् । तर जहाँ पुगे पनि उनीहरुले आफ्नो संस्कृति र परम्परा भुलेका छैनन् ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विजयादशमीको टीका लगाउने शुभसाइत देशअनुसार फरक–फरक निकालिदिएको थियो । त्यही अनुसार नेपालीहरुले टीका लगाएका हुन् ।  सामूहिक टीका, सांस्कृतिक कार्यक्रम, परिकारको साझेदारीमार्फत नेपालीपनलाई जीवित राख्ने प्रयास हुन्छ। धेरैजसो नेपालीहरू काम वा पढाइका कारण घर आउन नसके पनि साथीसँगै मनाउने कार्यक्रमले त्यो कमी केही हदसम्म पुरा गर्छ।

दशैं आउँदा नेपालका गाउँ–सहर सजिन्छन्, घरघरमा चहलपहल बढ्छ, परिवारभित्रको आत्मीयता झनै प्रगाढ हुन्छ । तर परदेशमा रहेकाहरुलाई परिवारसँगै दशैं मनाउने अवसर मिल्दैन । घर परिवारसँग मिलेर दशैं मनाउन नमिले पनि उनीहरुले नेपाली समुदायसँग मिलेर भने पनि दशैं बनाउँछन् ।

दशैं केवल धार्मिक पर्व मात्रै होइन, परिवारबीचको भेटघाट, आत्मीयता र एकताको पर्व हो । यो कुरा बुझेका विदेशमा रहेका नेपाली कसैले साथीहरूसँग कोठामा जमरा राखे, कसैले नेपाली संघ–संस्थाले आयोजना गर्ने सामूहिक पूजामा सहभागी भए त कसैले कामको व्यस्तताबीच मोबाइलमा परिवारसँग भिडियो कल गरेर टीका ग्रहण गरेका छन् ।

दशैंको माध्यमबाट परदेशमा रहेका नेपालीले आफ्ना बालबालिकालाई नेपाली संस्कृति, परम्परा र मूल्यबोध सिकाउने गर्छन्। परदेशमा जन्मिएका वा हुर्किएका पुस्ताले नेपाली संस्कृतिको मूल जरा नबिर्सून् भनेर टीका–जमराको विधि, देवीपूजाको महत्व र पारिवारिक एकताको सिक्ने अबसरका रुपमा पनि लिने गरिन्छ ।

आजको डिजिटल युगमा परदेशी नेपालीहरू दशैंलाई अझ नजिक ल्याउन सामाजिक सञ्जाल र भर्चुअल भेटघाटलाई माध्यम बनाउँछन्। भर्चुअल टीका, अनलाइन शुभकामना आदान–प्रदान, भिडियो कलमार्फत घरमा हुने उत्सवसँग जोडिएका हुन्छन् ।

चाडपर्वहरुले एउटा छुट्टै आनन्दको अनुभूति दिलाउँछन् । हर्षोल्लासका साथ आउने र मनाउने चाडपर्वले बेग्लै रौनकता ल्याइदिन्छ । भिन्न खुसी र सुख प्रदान गर्दछ । यसले पूरै वातावरणको परिवेशलाई उल्लास र रौनक तर्फ परिवर्तन गरिदिन्छ । त्यसैले त चाडपर्वलाई विदेशा बस्ने नेपालीले पनि विशेष महत्वका साथ मनाउने गर्दछन् ।