२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… सम्पत्ति विवरण सार्वजनिक गर्नु पारदर्शिता हो, तर छानबिन विधिसंवत हुनुपर्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना भाइरस विरुद्धको सहयोग तेब्बर



अ+ अ-

काठमाडौँ । एसियाली विकास बैङ्क (एडीबी)ले कोरोना महामारी प्रभावविरुद्ध यसअघि घोषणा गरेको आर्थिक सहयोगको तीन गुणाले बढाएर २० अर्ब अमेरिकी डलर पुर्याएको छ । मार्च १८ घोषणा गर्दा सहयोग प्याकेज ६.५ अर्ब डलरको थियो । २० अर्ब डलरको आर्थिक सहयोग विकासोन्मुख सदस्य राष्ट्रको अर्थतन्त्रमा उत्पन्न आर्थिक जटिलताको सामना गर्न सघाउने गरी बढाइएको एडीबीले जनाएको छ । यससँगै सहयोगअन्तर्गतको रकम छिटोछरितो रूपमा उपलब्ध गराउने गरी मापदण्डसमेत निर्धारण भएको जनाइएको छ ।

घोषित रकममध्ये २.५ अर्ब डलर सहुलियतपूर्ण र अनुदानका रूपमा उपलब्ध गराइने एडीबी मुख्यालयले उल्लेख गरेको छ । कोरोना महामारीले एसिया तथा प्रशान्त क्षेत्रमा विगतमा भइरहेको गरिबी निवारण अर्थिक वृद्धिजस्ता उपलब्धिलाई उल्टाइदिने देखिएको भन्दै एडीबीका अध्यक्ष मासातस्गु आस्कावाले यो प्याकेज छिटोछरितो रूपमा उपलब्ध गराइने प्रतिबद्धता जनाएका छन् । घोषित सहयोग एडीबीका देशीय संरचनामार्फत त्यहाँका सरकारलाई कोभिड प्रभाव न्यूनीकरण कार्यक्रममा सघाइने उल्लेख छ ।

प्योकजलाई न्यून आय वर्ग र जोखिममा परेका जनताको जीवनस्तर उकास्न केन्द्रित गरिने एडीबीले जनाएको छ । २.५ अर्ब डलरको अनुदान भने तत्काल आवश्यक स्वास्थ्य सामग्री किन्न उपलब्ध हुने र दुई अर्ब डलर निजी क्षेत्रको उत्थानमा केन्द्रित गरिने एडीबीले जनाएको छ । गोरखापत्र दैनिक