१२ भाद्र २०८३, शुक्रबार
,
Latest
परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान काठमाडौँ महानगरले बाढी प्रभावितलाई सहयोग गर्ने पूर्वअध्यक्ष रेग्मीद्वारा बढी प्रभावितलाई सहयोगका लागि आह्वान सम्पर्कविहीन हेटौँडावासीको खोजीमा नगरप्रमुखसहितको टोली आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर इप्पानले पाँच करोड सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा मे ३ सम्म लकडाउन थपियो



अ+ अ-

काठमाडौं । बढ्दो कोरोना संक्रमणबाट आफ्ना नागरिकलाई जोगाउन भारत सरकारले लकडाउनलाई १९ दिन थप गरेको छ । यस अघि भारतमा २१ दिनको लकडाउन गरिएको थियो जुन आज सकिदै थियो । मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लकडाउन थपिएको घोषणा गरेका हुन् । यस अघि भारतका केही राज्यहरुले छुट्टाछुट्टै घोषणा मार्फत लकडाउनको म्याद थपिसकेका छन् ।

विश्व महामारीकाबाट बच्न अहिले विश्वका धेरै देशहरुले आफ्नो मुलुकलाई लकडाउनमा राखेका छन् । विश्व स्वास्थ्य संगठनले कोरोनाबाट बच्न तत्कालका लागि लकडाउनको विकल्प नरहेको बताउँदै आएको छ ।

लकडाउन कायम राख्दा पनि भारतमा संक्रमणको दर भने बढ्दो छ । अहिले भारतमा कोरोना भाइरस संक्रमितको संख्या १० हजारभन्दा बढी पुगेको छ भने यसबाट ३०० बढीले ज्यान गुमाइसकेका छन् ।