१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दशैँमा डिजिटल दक्षिणा–तस्बिरहरु



अ+ अ-

काठमाडौँ । प्राविधिक युगसँगै दशैँमा दक्षिणा दिने संस्कार पनि आधुनिक बन्दै गएको छ । परम्परागत रूपमा नगद दक्षिणा दिने प्रचलनलाई पछाडि पार्दै पछिल्ला वर्षहरूमा क्युआर स्क्यानमार्फत डिजिटल दक्षिणा दिने प्रवृत्ति बढ्दो अवस्थामा छ ।

नेपाल राष्ट्र बैंकले प्रवर्द्धन गरेको डिजिटल पेमेन्ट प्रणालीले व्यापारीदेखि सामान्य प्रयोगकर्ता सबैलाई सजिलो बनाएको छ।

यसैक्रममा दशैँ जस्तो ठूलो चाडमा कतिपय परिवारले आफन्तलाई नगद सट्टा क्युआरमार्फत रकम पठाउने गरेका छन् ।

मोबाइल बैंकिङ र वालेट एपमार्फत सजिलै क्युआर स्क्यान गरेर रकम पठाउन सकिने भएकाले गाउँ–घरदेखि शहरसम्म यसलाई अपनाउने क्रम बढेको छ । यसले सुरक्षित र पारदर्शी लेनदेनमा सहयोग पुग्ने मात्र होइन, ‘क्यासलेस सोसाइटी’ निर्माण गर्ने प्रयासलाई पनि गति दिएको छ ।

तर, अझै पनि पुरानो पुस्ता नगद दक्षिणाकै महत्व बढी मान्ने हुँदा डिजिटल माध्यम अपनाउन सकस हुने गरेको देखिन्छ ।

आगामी वर्षहरूमा दशैँको दक्षिणा नगदभन्दा बढी क्युआरमार्फतै दिइने सम्भावना बढ्ने देखिन्छ ।