३१ श्रावण २०८३, आईतवार
,
Latest
सत्तामा पुग्नु मात्रै राजनीतिको सफलताको मापदण्ड बन्योः गगन थापा शिक्षा ऐनमा निजी विद्यालयका लगानी र अधिकार सुनिश्चित गर्न प्याब्सन मधेसको सुझाव मन्त्री मेहताद्वारा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गा अवलोकन, गजेन्द्रनारायण सिंह अस्पताल निरीक्षण निजी क्षेत्रलाई ऊर्जाको पूर्ण साझेदार बनाउन नयाँ विद्युत् विधेयक ल्याउन इप्पानको माग रास्वपा दलहरुमा पुराना नेता रहि रहुन् भन्ने चाहन्छ, काँग्रेससम्बन्धी विवाद सर्वोच्चले उल्ट्याउन सक्छः कार्यवाहक अध्यक्ष… वामपन्थी शक्तिहरु मुलुकको पूर्वाधार विकासमा मात्र केन्द्रित हुँदा वर्ग र समुदायबाट टाढिँदै गएः महासचिव पोखरेल राजनीतिक स्वार्थ पूरा गर्न बीपीको नाम प्रयोग गर्ने प्रवृत्ति बढ्यो : गगन थापा मुलुक ‘लफङ्गा’हरुबाट शासित हुँदैछ भन्नेकुरा पुष्टि हुँदैछः घनश्याम भुसाल विश्वविद्यालयले भोलिपल्टदेखि नै काम गर्न सक्ने जनशक्ति उत्पादन गर्न सक्दैनः लोचन केन्द्र देवकोटा ५–१० वर्षमा ‘मेक इन नेपाल’बाट ‘मेड इन नेपाल’मा जान्छौँः सौरभ ज्योती
तपाईं के खोज्दै हुनुहुन्छ ?

दशैँमा डिजिटल दक्षिणा–तस्बिरहरु



अ+ अ-

काठमाडौँ । प्राविधिक युगसँगै दशैँमा दक्षिणा दिने संस्कार पनि आधुनिक बन्दै गएको छ । परम्परागत रूपमा नगद दक्षिणा दिने प्रचलनलाई पछाडि पार्दै पछिल्ला वर्षहरूमा क्युआर स्क्यानमार्फत डिजिटल दक्षिणा दिने प्रवृत्ति बढ्दो अवस्थामा छ ।

नेपाल राष्ट्र बैंकले प्रवर्द्धन गरेको डिजिटल पेमेन्ट प्रणालीले व्यापारीदेखि सामान्य प्रयोगकर्ता सबैलाई सजिलो बनाएको छ।

यसैक्रममा दशैँ जस्तो ठूलो चाडमा कतिपय परिवारले आफन्तलाई नगद सट्टा क्युआरमार्फत रकम पठाउने गरेका छन् ।

मोबाइल बैंकिङ र वालेट एपमार्फत सजिलै क्युआर स्क्यान गरेर रकम पठाउन सकिने भएकाले गाउँ–घरदेखि शहरसम्म यसलाई अपनाउने क्रम बढेको छ । यसले सुरक्षित र पारदर्शी लेनदेनमा सहयोग पुग्ने मात्र होइन, ‘क्यासलेस सोसाइटी’ निर्माण गर्ने प्रयासलाई पनि गति दिएको छ ।

तर, अझै पनि पुरानो पुस्ता नगद दक्षिणाकै महत्व बढी मान्ने हुँदा डिजिटल माध्यम अपनाउन सकस हुने गरेको देखिन्छ ।

आगामी वर्षहरूमा दशैँको दक्षिणा नगदभन्दा बढी क्युआरमार्फतै दिइने सम्भावना बढ्ने देखिन्छ ।




भर्खरै