३ पुष २०८२, बिहीबार
,
Latest
मिडियालाई जीवन्त राख्न तीनै तहका सरकार गम्भीर बन्नुपर्नेमा जोड रास्वपा सभापति रवि लामिछाने भोलि मात्र छुट्ने नेता तथा अगुवा सकारात्मक कार्यका लागि समाजप्रति समर्पित भएर लाग्नुपर्छः मन्त्री खरेल राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ: मुख्यमन्त्री पाण्डे वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै निर्वाचन नै अन्तिम विकल्प अर्थमन्त्री खनाल एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो पार्टीलाई सामूहिक नेतृत्व र पद्धतिअनुसार सञ्चालन गर्न नेता पोखरेलको आग्रह निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप नेकपा एमालेका नवनिर्वाचित पदाधिकारीहरूद्वारा शपथ ग्रहण
तपाईं के खोज्दै हुनुहुन्छ ?

समृद्धिका लागि निर्यातमूलक उत्पादन जरुरी छ: एमाले अध्यक्ष ओली



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको आर्थिक समृद्धिका लागि निर्यातमूलक उत्पादन प्रवद्र्धनमा ध्यान दिनुपर्ने खाँचो औँल्याउनुभएको छ । एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभागले अर्थतन्त्रको वर्तमान अवस्थाबारे आज यहाँ आयोजना गरेको अन्तरक्रियामा उहाँले आत्मनिर्भर अर्थतन्त्रको जगका रूपमा कृषि उत्पादनलाई बढोत्तरी गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष ओलीले आर्थिक समृद्धिका लागि भौतिक पूर्वाधार, कनेक्टिभिटी, मानव संसाधन विकास, डिजिटल नेपाल, ऊर्जा, कृषिको आधुनिकीकरण र व्यवसायीकरणमा ध्यान दिनुपर्ने बताउनुभयो । नेपाल अल्पविकसित मुलुकबाट विकासशील मुलुकमा सिफारिस हुनु उपलब्धि भएको उल्लेख गर्दै उहाँले दिगो विकास लक्ष्य प्राप्त गर्ने सन्दर्भमा १४ सूचकहरूमा सन्तोषजनक प्रगति भएकाले नेपालले समयभित्रै दिगो विकास लक्ष्य पूरा गर्ने अवस्थामा रहेको उल्लेख गर्नुभयो । तथापि दिगो विकासको लक्ष्य हासिल गर्ने अवस्थामा देशको अर्थतन्त्र नै धराशयी अवस्थामा पुग्ने हो कि भन्ने खतरा रहेको उहाँको भनाइ थियो । 

एमाले अध्यक्ष ओलीले कोभिड महामारीको जोखिम विश्वव्यापी रूपमै करिब नियन्त्रणको बाटोमा रहेकाले अब आर्थिक गतिविधि लयमा फर्कने विश्वास व्यक्त गर्नुभयो । उहाँले सञ्चालित आयोजना समयमै सम्पन्न गर्ने र आधुनिक पूर्वाधार, रोजगारी सिर्जना गर्नेतर्फ ध्यान दिनुपर्छ भन्नुभयो । अध्यक्ष ओलीले मुलुकको विद्यमान अर्थतन्त्रको अवस्थाबारे सार्वजनिक गर्न अर्थमन्त्रालयको ध्यानाकर्षणसमेत गराउनुभयो । कार्यक्रममा पूर्व उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगर्डले खस्कँदो अर्थतन्त्रलाई उकास्न र उद्योगी व्यवसायीको समस्या समाधान गर्नेतर्फ सरकारको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।