१२ भाद्र २०८३, शुक्रबार
,
Latest
परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान काठमाडौँ महानगरले बाढी प्रभावितलाई सहयोग गर्ने पूर्वअध्यक्ष रेग्मीद्वारा बढी प्रभावितलाई सहयोगका लागि आह्वान सम्पर्कविहीन हेटौँडावासीको खोजीमा नगरप्रमुखसहितको टोली आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर इप्पानले पाँच करोड सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘११८० मा फोन गर्नुस्, एम्बुलेन्स आउँछ’



अ+ अ-

लकडाउनको समयमा कोही बिरामी परे तत्काल ११८० मा फोन गरे एम्बुलेन्सले अस्पताल पुर्याउनेछ । काठमाडौं महानगरपालिकाले अस्पताल जान आउन परेको कठिनाइलाई सहज बनाउन काठमाडौं एम्बुलेन्स सेवा उपलब्ध गराएको हो । लकडाउनको कारण अधिकांश बिरामी घण्टौसम्म हिँडेर अस्पताल आउनुपर्ने बाध्यता अन्त्य गर्न कामपाले एम्बुलेन्स सेवा शुरू गरेको हो । यो सेवा लकडाउन अवधिसम्म हुनेछ । एम्बुलेन्स व्यवस्थापनको गरेबापत केही खर्च कामपाले गर्नेछ । त्यसका लागि महानगरले संयुक्त एम्बुलेन्स चालक संघ काठमाडौं जिल्ला कार्यसमितिसँगको सहकार्यमा मंगलबारबाट सेवा सञ्चालन गरेको हो ।

तत्काल एम्बुलेन्स सेवा दिन चाबहिल र बौद्ध क्षेत्रका लागि बा६च ९१००, बालाजु बा३च ८४१३, स्वयम्भू बा१२च २३६०, लाजिम्पाट बा६च २८२ र एयरपोर्ट कोटेश्वर क्षेत्रमा ना२च ४१२० नम्बरका गरी ५ वटा एम्बुलेन्स राखिएका छन् । ती एम्बुलेन्सले २४सै घण्टा सेवा दिने कामपाले जनाएको छ ।कामपाका मेयर विद्यासुन्दर शाक्यले लकडाउनको समयमा बिरामी परेकालाई सेवा दिन कामपाले आपत्कालीन एम्बुलेन्स सेवा सञ्चालन गरेको बताए । उनले भने– ‘आपत्को अवस्थामा तत्काल सहयोग गर्न एम्बुलेन्स सेवा सञ्चालन गरेका हौं । कामपाले सेवाग्राहीको फोन आएपछि जुन एम्बुलेन्सले बिरामीलाई छिटो सेवा दिन सक्छ, त्यही क्षेत्रमा परिचालन गर्ने योजना बनाएको जनाएको छ ।’

कामपाको प्रशासन विभागका प्रमुख नमराज ढकाल र चालक संघका तर्फबाट अध्यक्ष गोवर्धन सापकोटाले हस्ताक्षर गरी सम्झौता गरेलगत्तै सेवा शुरू भएको हो । यसअघि कामपाले कोरोना भाइरस संक्रमितका लागि महानगरको सहकार्यमा सञ्चालित नेपाल एम्बुलेन्स सेवा १०२ बाट अस्पताल पु¥याउने व्यवस्था गरिसकेको छ । सेवा थप गरेर कोरोनाबाहेक अन्य समस्या भएका बिरामीका लागि अस्पताल जान आउन संयुक्त एम्बुलेन्स चालक संघसँग सहकार्य गरेको हो ।एम्बुलेन्सले हृदयाघात, मिर्गौला रोग र आकस्मिक सेवाका लागि अस्पताल जानुपर्ने बिरामीलाई पहिलो प्राथमिकता दिने महानगरले जनाएको छ ।

यो सेवामा घरबाट अस्पताल, अस्पतालबाट घर तथा एउटा अस्पतालबाट अर्को अस्पताल जानका लागि मात्रै सुविधा दिइन्छ । यो सेवा महानगरको भौगोलिक सिमानाको २ किलोमिटर बाहिरसम्मका लागि पूर्ण निःशुल्क हो । त्यस सेवाबाहेकको शुल्क महानगरले भुक्तानी गर्छ । यदि महानगरबाहिर २ किलोमिटरभन्दा टाढा जानुपरे बिरामीले सरकारले तोकेअनुसारको शुल्क तिर्नुपर्छ ।

सेवा दिएबापत एम्बुलेन्स सेवाले सेवाग्राहीसँग कुनै प्रकारको थप शुल्क लिन नपाउने व्यवस्था सम्झौतामा उल्लेख छ । उता ललितपुर महानगरपालिकाले अखिल नेपाल फुटबल संघ ९एन्फा०ले उपलब्ध गराएको एम्बुलेन्सले सेवा दिने भएको छ । नेपाल समाचारपत्र दैनिक