२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar गोपनीयता भंग गर्ने जोसुकैलाई कानूनको कठघरामा ल्याइन्छ: गृहमन्त्री गुरुङ News Polar निरन्तर खबरदारी गर्ने नागरिक समाज आवश्यकः विमल कोईराला News Polar जलवायु वित्तको अन्तर्राष्ट्रिय परिदृश्य चुनौतीपूर्ण छः राजु पण्डित क्षेत्री News Polar विशेष पर्वतीय जलवायु कोष स्थापनाको पहल गर्न सरकारको ध्यानाकर्षण News Polar विश्व दृष्टि दिवसः आँखा स्वास्थ्यमा बेवास्ता नगरौँ, दृष्टि जोगाउनु अवसर जोगाउनु पनि हो News Polar कांग्रेस १५ औँ महाधिवेशनः मतदाताको अन्तिम नामावली प्रकाशन, सात हजार ११४ प्रतिनिधि कायम News Polar बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ News Polar बाढी गएको एक वर्ष बित्यो, बाजुराका २१० परिवार अझै विस्थापित News Polar झोलुङ्गे पुलमा क्षतिपश्चात् पठनपाठन प्रभावित News Polar बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति News Polar सुन्तलामा रोग लागेपछि किसान चिन्तामा News Polar बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी News Polar अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गा बीच अमेरिकामा भेटवार्ता News Polar जमुनाहा नाकामा यात्रु सहायता कक्ष News Polar बैंकिङ कसुरमा फरार रहेका एक पक्राउ News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी

धार्मिक पर्यटन अभिवृद्धि गर्दै मटिहानी

धार्मिक पर्यटन अभिवृद्धि गर्दै मटिहानी
अ अ+ अ-

महोत्तरी ।  यस महिनामै मटिहानी नगरपालिकामा दुई अत्याधुनिक भवन उद्घाटन गरिए ।  मटिहानी नगर कार्यपालिकाको कार्यालयमा बैठक कक्ष गत बिहीबार र शुक्रबार मटिहानी–५ वडा कार्यालयको अत्याधुनिक भवन रु ६० लाखमा बनी सञ्चालनमा आयो । बितेको सातामै मटिहानी–७ मटिहानीबजारमा रु २१ लाखका लागतमा सामुदायिक भवन निर्माण थालिएको छ । यसैगरी मटिहानी–५ बिसनपुरमा रु ३३ लाखका लागतमा चमिनियाँ माई र ब्रह्मस्थान मन्दिर निर्माण थालिएको छ । 

“अब हामी कामको समीक्षाको चरणमा करिब पुगेका छौंँ, आफ्नो कार्यकालमा जनताका के –के अपेक्षा सम्बोधन हुन सके, के गर्न सकिन्छ, हेर्दै छौँ रु” पाँचवर्षे कार्यकालको करिब अन्त्यतिर आइपुग्न लाग्दा नगर प्रमुख हरिप्रसाद मण्डल भन्नुहुन्छ, “मुख्य कुरा हाम्रा लागि केही हुँदैछ भन्ने अनुभूति जनतालाई दिन सक्नु खास रहेछ ।” यसबीचमा नौ वडाको नगरपालिकाभित्रका आठ वडा समिति आफ्नै कार्यालय भवनमा सञ्चालित हुन थालेको र ६  स्वास्थ्यचौकी भवन निर्माण भएर सेवा सञ्चालन गर्न थालेको बताइएको छ । 

सर्वसाधारण जनताको दैनिक सरोकारका काम पर्ने वडा कार्यालय र स्वास्थ्य सेवा प्रवाहका लागि आफ्नै भवन निर्माणलाई प्राथमिकता दिइएको मण्डल बताउनुहुन्छ । आफ्नो ठाउँ धार्मिक आस्थाको केन्द्र भएको हुँदा यसपक्षसँग जोडिएका कामले प्राथमिकता पाएको मण्डलको भनाइ छ ।  “मटिहानी त्रेता युगकालीन रामसीताको विवाहसँग विधि जोडिएको ठाउँ मानिन्छ, यस पक्षलाई सम्बोधन गर्न हामीले धार्मिक पर्यटन अभिवृद्धिका लागि काम थालेका छौँ”, उहाँ भन्नुहुन्छ, “मटिहानी–जनकपुरधाम जोड्ने रामजानकीपथ र मटिहानी–जलेश्वर जोड्ने सडकको नगर सीमामा स्वागतद्वार बनाइएका हुन् ।” यी दुवै स्वागतद्वारले सर्वसाधारण यात्रीलाई ‘अब मटिहानी प्रवेश गरिएछ’ भन्ने भाव दिने र ठाउँबारे थप चासो बढाउन प्रेरित गर्ने मण्डलको विश्वास छ । मटिहानी–७ स्थित लक्ष्मीसागर रामसीताको विवाहमा वेदी बनाउन माटो खनिएको ठाउँ मानिन्छ । त्यसैगरी विवाहपछि बिहार गर्दै मिथिलाका विभिन्न क्षेत्रमा पुगेका रामसीताको जोडी मटिहानी पुगेर बास बसेको विश्वासमा अहिले १५ दिने मिथिला माध्यमिकी परिक्रमाका यात्रीले चौथो दिनको रात्रि विश्राम यहाँ गर्दै आएका छन् । यस आस्थासँग जोडेर धार्मिक पर्यटन बढाउन लक्ष्मीसागरको वरपर मनोरम घाट निर्माण, आकर्षक घेराको व्यवस्था र प्रत्येक बिहीबार साँझ लक्ष्मीनारायण महाआरती थालिएको नगरप्रमुख मण्डलको भनाइ छ । 

धार्मिक पर्यटनसँग जोडेर नगरमा यीबाहेक लक्ष्मीसागरकै छेउमा दुर्गा मन्दिर, बजारचोकमा ५१ फिट अग्लो घण्टाघर र अत्याधुनिक अतिथिगृह निर्माण भएका छन् । घण्टाघर चढेर मटिहानी अवलोकन गर्ने आगन्तुकको सोख बढ्दो देखिएको मटिहानी–७ का बासिन्दा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य विजयकुमार साह बताउनुहुन्छ । मटिहानी आइपुग्ने सबैजसो विशिष्ट अतिथिले नवनिर्मित अतिथिगृहमा विश्राम गरेर आनन्द लिने गरेको नगरप्रमुख मण्डलको भनाइ छ । सो अतिथिगृहमा  राष्ट्रपति विद्यादेवी भण्डारीले पनि मटिहानी भ्रमणका क्रममा गत मङ्सिर ६ गते अवलोकन गर्दै आतिथ्यता ग्रहण गर्नुभएको थियो । 

विशिष्ट अतिथिको बाक्लै आगमन हुने मटिहानीमा अतिथिगृहको अवलोकन र  आतिथ्यता लिनेमा विभिन्न देशका राजदूत, प्रदेश–२ का मुख्यमन्त्री, सङ्घीय र प्रादेशिक सरकारका मन्त्री, प्राज्ञ व्यक्तित्व एवं राजनीतिक दलका नेता रहिसक्नुभएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेताहरु रामचन्द्र पौडेल, प्रकाशमान सिंह, नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र अन्य कयौँले मटिहानी भ्रमण गरेको नगर प्रमुख मण्डल बताउनुहुन्छ । पछिल्लो पटक यही पुसभित्रै नेपाल एशियाली अनुसन्धान केन्द्र (सिनास) का कार्यकारी निर्देशक मृगेन्द्रबहादुर कार्की त दुई पटक मटिहानी आएको मण्डल सम्झनुहुन्छ ।

नगरको धार्मिक महत्व अझ उजागर गर्न लक्ष्मीनारायण मठसँगैको चभचा पोखरीको सौन्दर्य अभिवृद्धिका लागि नगरपालिकाले काम थालेको छ । आधुनिक घाट, उद्यानसहितका संरचना निर्माण गरेर चभचा पोखरी अवलोकन गर्नैपर्ने स्थान रहेको पर्यटकलाई महसुस गराउने अपेक्षाका साथ काम थालिएको मण्डलको भनाइ छ । धार्मिक पर्यटनसँग जोड्दा यीबाहेक वडा नं ६ स्थित पासवान जातिका कूलदेवता राजा सलहेशको मन्दिर, ७ स्थित राघोबाबा मन्दिर र  ८ स्थित प्रतापी थान मन्दिरलाई पनि मटिहानीबासी छुटाउँदैनन् । नगरपालिकाले यी सबै धार्मिक सम्पदाको निरन्तर संरक्षण, सम्वद्र्धनको जिम्मेवारी लिएको नगर प्रमुख मण्डल बताउनुहुन्छ । यसैपालि गत मङ्सिर ६ गते राष्ट्रपति भण्डारीले उद्घाटन गरेको आधुनिक रङ्गशाला पनि अब आफ्ना ठाउँको विशिष्ट पहिचान बनेको मटिहानीबासी बताउँछन् ।

मुलुककै ‘मठहरूको नायक’  लक्ष्मीनारायण मठ मटिहानीमै छ । संस्कृत शिक्षाको केन्द्र मटिहानीमा ३०३ वर्ष पुरानो मुलुककै जेठो राजकीय संस्कृत माध्यमिक विद्यालय र याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ (संस्कृत कलेज) छन्  । यो हिन्दू परम्पराका सन्त तश्मैया बाबा र इस्लाम परम्पराका सुफी सन्त पिर बाबाले बसाएको नगर मानिन्छ । दुई फरक÷फरक धर्म परम्पराका सन्तको पवित्र कर्मस्थल रहेको हुँदा आफ्नो ठाउँ धार्मिक सद्भावको सङ्गम रहेको मटिहानीबासी बताउँछन् । “ऊ हेर्नोस् लक्ष्मीसागरको पश्चिम दक्षिणी डिलमा सुफी सन्त पिरबाबाको मजार (समाधिस्थल) छ, यता उत्तरपूर्वी डिलसँगै रहेको लक्ष्मीनारायण मठभित्र तश्मैयाबाबाको मन्दिर छ”, मटिहानी–७ का वडाध्यक्ष जीतनारायण माझी भन्नुहुन्छ, “हामी दुवै ठाउँमा पुगेर श्रद्धाले शिर निहु-याउँछौंँ ।” 

जिल्लाको सुदूर दक्षिणपूर्वी भारतसँग सीमा जोडिएको मटिहानी नगरका धार्मिक सम्पदा यहाँका पुराना वैभव हुन् ।  “हाम्रो ठाउँमा मठहरूको नायक मठ छ, यहाँका महन्थ ‘मानमहन्थ’ भनिन्छन्, लक्ष्मीसागरले हाम्रो पौराणिक गाथा बोकेको छ” नगर उपप्रमुख शिवोदेवी साह भन्नुहुन्छ, “यहाँस्थित संस्कृत माध्यमिक विद्यालय र कलेजमा मुलुकका विभिन्न भेगका विद्यार्थी पढ्न बसेका छन् , लाग्छ, हाम्रो ठाउँ सबै भाषाभाषी र जातजातिको साझा फूलबारी हो ।” 

नगरमा पछिल्ला चरणमा भएको विकास प्रयत्नलाई स्थानीय उद्यमी– व्यापारी सराहना गर्छन् । “हेर्नोस्, पछिल्लो स्थानीय तह निर्वाचनयता निर्मित संरचनाले हाम्रो ठाउँ थप उज्यालो र रमणीय बनेको छ” नवनिर्मित घण्टाघर, जलेश्वर–मटिहानी सडक र रामजानकीपथको नगर प्रवेशद्वार, लक्ष्मीसागरस्थित मनोरम घाट र चित्ताकर्षक पक्की घेराबेरा, आधुनिक रङ्गशाला, अतिथिगृह र लक्ष्मीनारायण मठ अगाडि हालै निर्मित दुर्गा मन्दिर र राजकीय संस्कृत माध्यमिक विद्यालय परिसरमा निर्मित अन्नपूर्ण भोजनालय देखाउँदै मटिहानी बजारका एक व्यापारी भन्नुहुन्छ, “यिनले हाम्रो पहिलेदेखिको धार्मिक पहिचान बढाउन थप सहयोग गरेका छन् ।” अन्नपूर्ण भोजनालय भने नेपाली सेनाको परिकौलीस्थित रणभीम गण र अन्य सबै नगरपालिकाले निर्माण गरेका हुन् ।

“गत वर्ष मात्र निर्माण भएको ५१ फिट अग्लो घण्टाघरको माथि पुगेर मटिहानी नगर मात्र हैन, छिमेकको भारतीय बजार मधवापुर पनि मज्जाले अवलोकन गर्न सकिन्छ”, मटिहानी–६ का ७५ वर्षीय इस्लाम धर्मावलम्वी विकाउ शेष भन्नुहुन्छ, “पछिल्लो कालमा निर्माण भएका विकास संरचनाले मिथिला संस्कृति, परम्परा र स्थानीय पहिचानको पक्ष अझ चहकिला भएका छन् ।” ठ्याक्कै भारतीय सीमासँगैको मटिहानी बजार मिथिलाको माध्यमिकी परिक्रमासँग जोडिएको छ । फागुन शुक्लपक्षमा आयोजना हुने मिथिलाको महाकुम्भ मिथिला माध्यमिकी परिक्रमाका यात्रीले चौथो दिनको रात्रि विश्राम मटिहानीमै गर्ने परम्परा त्रेता युगमा अयोध्या राजकुमार राम र मिथिला नन्दिनी सीताको ‘मिथिला विहार’सँग सम्वन्धित रहेको मैथिल गर्वसाथ बताउँछन् । 

आफ्नो नगर संस्कृत शिक्षाको अध्ययन केन्द्र, साधुसन्त परम्पराको प्रतीक र ‘रामायण’कालीन पौराणिक गाथासँग जोडिएको हुँदा यस परिचयलाई अझ मजबुत र दीर्घकालसम्म धार्मिक पर्यटनसँग गाँसिराख्न र ती सम्भावनाको भरपूर उपयोग गर्न प्रयत्न थालिएको नगर प्रमुख मण्डल बताउनुहुन्छ ।“ हामीले मटिहानीलाई हिन्दू परम्पराका पवित्र धार्मिकस्थल आफ्नै जिल्लाको जलेश्वर नगर, छिमेकको धनुषा जिल्लाको जनकपुरधाम मात्र नभएर समान संस्कृति–परम्परामा बाँधिएका मित्रराष्ट्र भारतमा पर्ने मधुवनी जिल्लाका कल्याणेश्वरस्थान, गिरिजास्थान र अन्य धार्मिक महत्वका ठाउँसँग जोड्न सक्नुपर्छ” मण्डल भन्नुहुन्छ, “यी धार्मिकस्थलको माझमा रहेर यस प्रयत्नलाई हामीले प्राथमिकतामा राखेका छौंँ ।” पछिल्लो चरणमा गरिएका प्रयत्न धार्मिक पर्यटन वृद्धितर्फ केन्द्रित रहेको उहाँको भनाइ छ । 

मटिहानी भ्रमणसँगै पर्यटकको तालिकामा जलेश्वर, जनकपुर, कल्याणेश्वर र गिरिजास्थानसहित ठाउँको अवलोकन रहने हुँदा बृहत्तर जनकपुर अवधारणानुसार संरचनाहरूको संरक्षण र विकासमा केन्द्रित हुन आवश्यक रहेको मण्डल बताउनुहुन्छ । अन्नखेती र तरकारीका लागि उर्वर मटिहानी नगर क्षेत्रमा कृषिलाई आधुनिकीकरण गर्दै किसानलाई खाद÷मल, बीउबिजन र उपकरण सुविधा बढाइँदै लगिएको मण्डलको भनाइ छ । “हामीले मटिहानीबजार क्षेत्रलाई ‘फ्रि वाइफाई जोन’ बनाएका छौंँ”, उहाँले भन्नुभयो, “यसबाट आधुनिक प्रविधिको विकासलाई नयाँ पुस्तासँग जोडेर वैश्विक जानकारी बढाउने हाम्रो ध्येय हो ।” नगरको पौराणिक परिचय अझ उजागर गर्दै यहाँ धार्मिक पर्यटन अभिवृद्धि गर्न सकिने ध्येयले गरिएका-लिएका कामका अतिरिक्त शिक्षा र स्वास्थ्यको कामलाई पनि महत्वका साथ अगाडि बढाइएको नगर प्रमुख मण्डल बताउनुहुन्छ । 

“हामीले विद्यालयको भौतिक र शैक्षिक विकासलाई अत्यन्त महत्व दिएका छौंँ, हाम्रो  कार्यकालमा अहिलेसम्म नगरका विभिन्न वडा, बस्तीका विद्यालयमा नयाँ भवन बनाएका छौंँ” मण्डलले भन्नुभयो, “त्यसैगरी स्वास्थ्यको पहुँच सर्वसाधारणसम्म बढाउन यस अवधिमै छ ठाउँमा स्वास्थ्यचौकी भवन निर्माण गरेर सेवा सञ्चालन गरिएको छ ।” यसबाहेक गरिब बस्तीमा सात ठाउँमा सामूहिक घर बनाइएको मण्डलले बताउनुभयो ।“हामीले सडक यातायातलाई निकै महत्व दिएका छौंँ”, मण्डल भन्नुहुन्छ, “सीमित साधन, स्रोत र बजेटभित्र रहेर २० किलोमिटरभन्दा बढी सडक पिसिसी ढलान गरिएको छ, धार्मिक पर्यटनसँगै कृषि प्रवद्र्धनलाई हामीले उच्च महत्व दिएका छौंँ ।” मटिहानी नगरभित्र मटिहानी–जलेश्वर, रामजानकी पथ, मटिहानी–पिपरा र मटिहानी–सहोडवा खण्डसहित करिब २० किमी सडक कालोपत्र भएको छ । ती सडकको स्तरोन्नति , नियमित मर्मतसम्भार र संरक्षण भने अपेक्षित हुन नसकेको मटिहानीबासी गुनासो गर्छन् ।

मटिहानीको विकासमा फड्को मार्ने गरी प्रयत्न थालिए पनि यसको सम्भार, सरसफाइ र समुचित उपयोगको पक्ष प्रभावकारी हुन नसकेको गुनासो पनि तिनको छ ।  बजार सरसफाइको दृटिले अस्तव्यस्त रहेको र कुशल व्यवस्थापनमा समुचित ध्यान नपुगेको स्थानीय सामाजिक– राजनीतिक कार्यकर्ता शङ्कर साह बताउनुहुन्छ । नगर प्रमुख मण्डलले सरसफाइबारे बढेको चासो र गुनासो सम्बोधन हुने गरी कामलाई व्यवस्थित गरिने प्रतिबद्धता जनाउनुभयो । “सरसफाइसँग जोडिएर आएका गुनासा जायज छन्”, मण्डल भन्नुहुन्छ, “यो मुख्यतः सामाजिक चेतना र दायित्वसँग जोड्न सक्नुपर्छ, हामी सरसफाइको स्थायी समाधानका लागि सामाजिक जागरणका माध्यमले अघि बढ्छौंँ ।” नगरपालिकाको प्रयत्न वा पहलकदमीबाट मात्र यसको दीर्घकालिक सम्बोधन हुन नसक्ने हुँदा सामाजिक सङ्घसंस्था, महोत्तरी उद्योग वाणिज्य सङ्घ र अन्य सरोकार पक्षसँग संयुक्त पहलकदमी गरिने मण्डल बताउनुहुन्छ । – गोपल बराल / रासस