३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री

प्रधानमन्त्री मोदीद्वारा गाजा द्वन्द्व अन्त्य गर्ने ट्रम्पको योजनाको स्वागत

प्रधानमन्त्री मोदीद्वारा गाजा द्वन्द्व अन्त्य गर्ने ट्रम्पको योजनाको स्वागत
अ+ अ-

नयाँदिल्ली। प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा द्वन्द्व अन्त्य गर्ने विस्तृत योजनावद्ध घोषणाको स्वागत गर्नु भएको छ ।

प्रधानमन्त्री मोदीले यो योजनाले दीर्घकालीन र दिगो शान्तिका लागि व्यावहारिक मार्ग प्रदान गरेको बताउनु भएको छ । सामाजिक सञ्जमाल एक्समा पोस्ट गर्दै प्रधानमन्त्री मोदीले राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा द्वन्द्व अन्त्य गर्ने विस्तृत योजनाको घोषणालाई स्वागत गर्नु भएको हो ।

यसले प्यालेस्टिनी र इजरायली जनताका साथै बृहत्तर पश्चिम एसियाली क्षेत्रका लागि दीर्घकालीन र दिगो शान्ति, सुरक्षा र विकासका लागि व्यावहारिक मार्ग प्रदान गर्ने उहाँले जनाउनु भएको छ ।

योजनालाई फ्रान्स र इटाली लगायत धेरै पश्चिमी राष्ट्रहरू, साथै अरब र मुस्लिम देशहरू जस्तै कतार, साउदी अरेबिया, इजिप्ट र पाकिस्तानले पनि स्वागत गरेका छन् ।

यदि दुवै पक्षले योजना स्वीकार गरे भने, युद्ध तुरुन्तै अन्त्य हुने गाजामा रहेका सबै बन्दीहरू फिर्ता हुने, प्यालेस्टिनी कैदीहरूलाई रिहा गरिने र गाजा पट्टी प्यालेस्टिनी सरकारद्वारा शासित हुने तथा हमासको कुनै भूमिका नरहने इजरायलले गाजाको स्वतन्त्रता स्वीकार गर्न बाध्य हुने अल जजिराले जनाएको छ ।

बन्दीहरुको सम्कन्धमा अमेरिकी राष्ट्रपतिको दूत एडम बोहलरले हमासका नेता खालिद मेशाललाई ट्रम्पले अघि सारेको २०–सूत्री योजना स्वीकार गर्न आग्रह गरेको जनाइएको छ । (रासस/एएनआई)