२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar गोपनीयता भंग गर्ने जोसुकैलाई कानूनको कठघरामा ल्याइन्छ: गृहमन्त्री गुरुङ News Polar निरन्तर खबरदारी गर्ने नागरिक समाज आवश्यकः विमल कोईराला News Polar जलवायु वित्तको अन्तर्राष्ट्रिय परिदृश्य चुनौतीपूर्ण छः राजु पण्डित क्षेत्री News Polar विशेष पर्वतीय जलवायु कोष स्थापनाको पहल गर्न सरकारको ध्यानाकर्षण News Polar विश्व दृष्टि दिवसः आँखा स्वास्थ्यमा बेवास्ता नगरौँ, दृष्टि जोगाउनु अवसर जोगाउनु पनि हो News Polar कांग्रेस १५ औँ महाधिवेशनः मतदाताको अन्तिम नामावली प्रकाशन, सात हजार ११४ प्रतिनिधि कायम News Polar बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ News Polar बाढी गएको एक वर्ष बित्यो, बाजुराका २१० परिवार अझै विस्थापित News Polar झोलुङ्गे पुलमा क्षतिपश्चात् पठनपाठन प्रभावित News Polar बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति News Polar सुन्तलामा रोग लागेपछि किसान चिन्तामा News Polar बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी News Polar अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गा बीच अमेरिकामा भेटवार्ता News Polar जमुनाहा नाकामा यात्रु सहायता कक्ष News Polar बैंकिङ कसुरमा फरार रहेका एक पक्राउ News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी

२० वर्षमा हात्ती आक्रमणबाट २७४ को मृत्यु

२० वर्षमा हात्ती आक्रमणबाट २७४ को मृत्यु
file
अ अ+ अ-

चितवन । विगत २० वर्षको अवधिमा नेपालमा हात्तीको आक्रमणबाट २७४ को मृत्यु भएको छ । मानव हात्ती सहअस्तित्वसम्बन्धी गरिएको अध्ययनको आज सौराहामा प्रगति समीक्षामा यस्तो जानकारी दिइएको हो । सहायक संरक्षण अधिकृत अशोककुमार रामले चार वर्ष छ महिनामा हात्तीका विषयमा गरिएको अध्ययनको प्रतिवेदन सार्वजनिक गर्नुभएको हो ।

सो अवसरमा उहाँले हात्तीको आक्रमणबाट सबैभन्दा बढी झापामा ४१ जनाको मृत्यु भएको जानकारी दिनुभयो । दोस्रो बर्दियामा ४०, तेस्रो चितवनमा २६ र चौथो सप्तरीमा २३ जनाले हात्तीको आक्रमणबाट ज्यान गुमाएका छन् । उहाँका अनुसार पर्सामा २१, बारामा २०, सिराहामा १६, उदयपुरमा १६, सुनसरीमा १५ जनाको मृत्यु भएको छ । सिन्धुलीमा नौ, धनुषामा नौ, मोरङमा आठ, रौतहटमा सात, सर्लाहीमा पाँच, कञ्चनपुरमा पाँच, मकवानपुरमा पाँच, इलाममा चार, बाँकेमा दुई, महोत्तरीमा एक र  नवलपरासीमा एक जनाको मृत्यु भएको छ ।

यसै अवधिमा १३८ घाइते भएको, सम्पत्ति नष्ट तीन हजार ७५५ को र बालीनाली छ हजार ६०६ जनाको नष्ट भएको अध्ययन प्रतिवेदनमा उल्लेख छ । सबैभन्दा बढी जनधनको क्षति झापा, बर्दिया र चितवनमा भएको छ । जङ्गली हात्तीको आक्रमणमा बढी सङ्ख्यामा २५ देखि ६५ वर्ष उमेर समूहका व्यक्ति पर्ने गरेको तथ्याङ्कमा देखाइएको छ । हात्तीको आक्रमणमा पर्नेमा सो उमेर समूहका ७५ प्रतिशत रहेका छन् । वन क्षेत्रबाट ५०० मिटर वरिपरिमा बढी सङ्ख्यामा जोखिम रहेको उहाँले बताउनुभयो । वन क्षेत्रको ५०० मिटरको क्षेत्रफलमा २० वर्षमा हात्तीको आक्रमणबाट १८३ जनाको मृत्यु भएको छ । 

यसै अवधिमा सोही दूरीभित्र ९३ जना घाइते भएका छन् । साँझ ४ बजेपछिको समय र रातमा ८ बजेपछि ११ बजे सम्मको समयमा हात्तीले बढी आक्रमण गर्ने गरेको उहाँको अध्ययनमा उल्लेख छ । अशिक्षित, गरिब तथा विपन्न धेरै प्रभावित हुने गरेका छन् । उहाँको अध्ययनमा यस्तो वर्गका ८९ प्रतिशत प्रभावित हुने गरेको देखाइएको छ । समुदायमा आएको हात्तीलाई भगाउन पटाका पट्काउने, मदिरा खाएर हात्ती लखेट्न जाने जस्ता कार्य गर्दा मानवीय क्षति बढी हुने गरेको उल्लेख छ । वन क्षेत्र नजिक र चुरेको फेदीमा बसोबास गर्ने दलित जनजाति र गरिब समुदाय बढी सङ्ख्यामा हात्तीको आक्रमणमा पर्ने गरेको उहाँले बताउनुभयो । हात्तीलाई बस्तीमा पसेको अवस्थामा आगोमो राँको बालेर मात्रै सहज हुने भएकाले सर्वसाधारणले सोहीअनुसार गर्न आग्रह गरिएको छ । कच्ची घरमा बढी सङ्ख्यामा हात्तीको आक्रमण रहने तथ्याङ्क सार्वजनिक गरिएको छ । मृत्यु हुने अधिकांश वयस्क पुरुष रहेका छन् भने मृत्यु भएकामध्ये २५ प्रतिशत हात्ती धपाउँदा आक्रमणमा परेर मृत्यु भएको उहाँको भनाइ छ ।

गएको २० वर्षमा निकुञ्ज र त्यस आसपासका क्षेत्रमा १० हजार ७९८  मानव हात्तीबीचको द्वन्द्वका कारण घटना भएको उहाँको अध्ययनले देखाएको छ । सन् २००९ देखि घटना बढ्दै गएको सो अवसरमा जानकारी दिइएको थियो । अहिले देशभर २२७ हात्ती रहेका छन् । तीमध्ये ३७ वटा हात्ती समस्याग्रस्त रहेको भन्दै उहाँले तीमध्ये पाँच हात्ती बढी समस्यामा रहेको जानकारी दिनुभयो । उहाँका अनुसार समूहमा बस्न रुचाउने यस जनावर समूहबाट बाहिरिएपछि समस्याग्रस्त हुने गरेका छन् । हात्तीले देशको विभिन्न क्षेत्रमा रहेका ५१ वटा करिडोर प्रयोग गर्ने गरेको र तीमध्ये अहिले ३९ वटा मात्रै करिडोरको प्रयोग हुने गरेको उहाँले भनाइ छ । बाह्र वटा करिडोरमा हात्तीको आवतजावतका लागि समस्या भएकाले त्यसको प्रयोग कम गर्ने गरेको पाइएको उहाँले बताउनुभयो । यसैकारण हात्तीले सहज हिँड्डुल गर्न नपाउँदा बस्ती पसेको उहाँले सो अवसरमा जानकारी दिनुभयो ।

नेपालमा आउने हात्ती बढी सङ्ख्यामा दुई क्षेत्रबाट आउने गरेका छन् । पश्चिम बङ्गालबाट नेपालको झापामा आउने र पश्चिमतर्फबाट सिराहाको बन्दिपुर हुँदै विभिन्न क्षेत्र पुग्ने गरेको पाइन्छ । जङ्गली हात्तीले चारदेखि १० वटासम्मको समूह बनाएर बसाई सर्ने गरेको उहाँको अध्ययनमा देखाइएको छ । हात्तीले धान पाक्ने समयमा बढी सङ्ख्यामा घटना गराउने गरेको पाइन्छ । भदौदेखि मङ्सिरसम्मको समयमा धेरै घटना हुने गरेको उहाँले जानकारी दिनुभयो । अशोककुमार राम हाल बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत हुनुहुन्छ । विद्यावारिधिका क्रममा उहाँले गर्नुभएको अध्ययनलाई सार्वजनिक गरिएको हो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले यस अध्ययनले नीति निर्माणका तहमा सहज बनाउने बताउनुभयो । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा बाबुराम लामिछानेले मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा यो अध्ययन सहयोगी बन्ने बताउनुभयो । नारायण अधिकारी ÷ रासस