२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डले आन्तरिक लोकतन्त्रका नाममा संकट पैदा गर्दैछन्ः घनश्याम भुसाल



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल आफूले चुनेका प्रतिनिधिबाट आफू चुनिने खालको प्रक्रियामा गएको आरोप लगाउनुभएको छ ।

सोमवार ललितपुरमा पत्रकार सम्मेलन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अध्यक्ष दाहाल अरु केही एकता गरेर वा देखाएर महाधिवेशन सार्ने वा महाधिवेशन पनि आफूले चुनेका प्रतिनिधिबाट आफू चुनिने खालको प्रक्रियामा लाग्नुभएको बताउनु भयो । अध्यक्ष दाहालले आन्तरिक लोकतन्त्रको भयंकर ठूलो अभ्यास देखाउने नाममा गरिरहनुभएको कामले झनै संकट थप्ने बताउनु भयो । अहिलेको विकल्प पुराना नेताहरुलाई पार्टीबाट बिदा गर्ने नै रहेको बताउनु भयो । वामपन्थीहरुले समाजवादको आधार तय गर्ने कुरा अमूर्त रहेको भन्दै १० वर्षमा बेरोजगारी र कुशासन हटाउँछौँ भन्नेकुरा नै समाजवादको आधार हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो प्रचण्डजी अरु केही एकता गरेर, त्यो देखाएर, उहाँले महाधिवेशन सार्ने वा महाधिवेशन पनि आफूले चुनेका प्रतिनिधिबाट आफू चुनिने खालको प्रक्रियामा उहाँ लाग्नुभएको छ, यो बडा आन्तरिक लोकतन्त्रको भयंकर ठूलो अभ्यास देखाउन नाममा जे गर्दै हुनुहुन्छ, त्यसले पनि समाजमा विश्वास आर्जन गर्न सकेको छैन । काँग्रेसमा त अलमल छँदैछ, अरु पार्टीको कुरै भएन । हामी संकटतर्फ जाँदैछौँ । उहाँहरुले छोड्ने, छाडाउने, यसले पार्टीभित्र र समाजमा जसले यो जिम्मेवारी लिएर राजनीतिलाई यो तहमा लगेको कारणले पार्टी छोड्ने कुराले समाजमा आशा हुन्छ । हामी वामपन्थीहरुले समाजवादको आधार तय गर्ने कुरा अमूर्त कुरा हो । १० वर्षमा बेरोजगारी र कुशासन हटाउँछौँ भन्नेकुरा नै समाजवादको आधार हुनेछ ।’

महासचिव भुसालले अहिलेका शिर्ष नेताहरुलाई बिदा गरेर नयाँ बाटो कोर्नुपर्ने बताउनु भयो ।