२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिथिलाञ्चलमा झिझिया नृत्य



अ+ अ-

काठमाडौँ । मिथिलाञ्चलमा गरिने लोक नृत्यहरुमध्ये झिझिया एक विशिष्ट प्रकृतिको नृत्य हो । दशैँको आगमनसँगै मिथिलाको यो लोकनृत्य गर्ने गरिन्छ । पूर्णतान्त्रिक विधि अनुसार गरिने यो नृत्यको मिथिलामा विशिष्ट महत्व रहेको छ ।

घटस्थापनादेखि विजय दशमीसम्म देवी स्तुतिको रुपमा मिथिलाञ्चलमा भिझिया  नृत्य गर्ने परम्परा रहेको छ । बोक्सीबाट आफ्नो सन्तान र समाजको सुरक्षाका लागि यो नृत्य गर्ने गरिएको जनविश्वास रही आएको छ ।  यसको बनावट र स्वरुपभित्र जादु टुनामुना बोक्सी आदिको प्रभावलाई कम गर्न अनुष्ठान प्रारम्भ गरिएको मानिन्छ ।

बलिरहेको दियो तथा असंख्य प्वाल पारिएको घैँटो चेतनारुपी कायाको नमूना हो । टाउकामा राखेर नृत्य गर्ने महिलाद्वारा टाउकोको दायाँ बायाँ हल्लाइरहने प्रवृत्तिले यसमा  निहित यही विशेष अर्थलाई संकेत गर्दछ ।

झिझिया नृत्यको आफ्नै सुर र ताल हुन्छ । त्यो विशेष सुर र तालमा तथा झिझियाको गीतमा झुमी टाउकामा घैँटो राख्ने महिला चारैतिर फन्को मार्दै नृत्य गर्दै जाँदा अदभूत  वातावरणको निर्माण हुन्छ । झिझिया नृत्यलाई कतिपयले अन्धविश्वासको रुपमा समेत प्रचार गर्दै आईरहेका छन् । यस्तै प्रचारका कारण मिथिलाको लोक परम्परा झिझिया नृत्य लोप हुँदै गईरहेको छ । यद्यपि मैथिलीका बरिष्ठ साहित्यकार डा. राजेन्द्र विमलले झिझिया नृत्य अन्धविश्वास नभई यस भित्र गहिरो दर्शन लुकेको बताउनु हुन्छ ।

झिझिया लोकनृत्य महोत्तरी लगायत धनुषा, सिरहा, सर्लाही, बारा, पर्सा सहितका जिल्लामा गरिने गरिन्छ । त्यस्तै भारतीय मिथिला क्षेत्रमा यो लोकनृत्य गर्ने गरिन्छ । झिझिया नृत्यको प्रारम्भ घट नृत्यको परम्पराबाट शुरु भएको मानिन्छ । वैदिक परम्पराको रुपमा रहेको घट नृत्य नै कलान्तरमा गएर मिथिलामा झिझिया नृत्यको स्वरुप धारण गरेको संस्कृतिविदहरुको भनाई छ । छैटौं शताब्दीदेखि ११औं शताब्दीसम्मको बिचमा तन्त्र शक्ति हावी भएको बेलादेखि झिझियाको प्रारम्भ भएको जनविश्वास छ ।