काठमाडौँ। नेकपा एमालेले केन्द्रीय कमिटिको बैठक बोलाएको छ।
आइतबार अध्यक्ष केपी शर्मा ओली निवास भक्तपुरको गुण्डुमा बसेको सचिवालय बैठकले यही असोज २७, २८ र २९ गते केन्द्रीय समितिको बैठक बस्ने बोलाउने निर्णय गरेको हो।
पछिल्लो घटनाक्रमबारे छलफल गरेर आवश्यक निर्णय लिनका लागि बैठक बोलाइएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।










