३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

नामिबियामा इटोसा पार्कको आगो नियन्त्रणका लागि सैनिक परिचालित



अ+ अ-

 विन्डोक। नामिबिया सरकारले अफ्रिकाको सबैभन्दा ठूलो खेल भण्डारमध्ये एक, विशाल इटोसा राष्ट्रिय निकुञ्जमा फैलिएको भीषण आगोसँग लड्न सयौँ सैनिक खटाएको छ ।

उत्तर नामिबियामा रहेको यस पार्कमा ११४ प्रजातिका स्तनपायी प्राणीहरू पाइन्छन् । यहाँ विशेषगरी लोपोन्मुख काला गैँडाहरू बसोबास गर्छन् । साथै यो देशको प्रमुख पर्यटन आकर्षण पनि हो ।

गत सेप्टेम्बर २२ देखि सुरु भएको आगलागीले पार्कको करिब ३४ प्रतिशत भाग जलेको छ । यसले व्यापक पारिस्थितिक क्षति पुर्‍याएको नामिबियाको वातावरण मन्त्रालयले बताएको छ ।

शनिबार बसेको आपत्कालीन क्याबिनेट बैठकपछि सरकारले थप ५०० सैनिक परिचालन गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री त्जितुङ्गा एलिजा न्गुआरको कार्यालयले सामाजिक सञ्जालमार्फत आइतबारदेखि नै सैनिकहरूलाई प्रहरी, स्थानीय टोली तथा अन्य अग्नि नियन्त्रण दलसँग मिलेर काम गर्न खटाइएको जानकारी दिनुभयो ।

रक्षामन्त्री फ्रान्स कापोफीले एएफपीसँग कुरा गर्दै भन्नुभयो, “सेना तैनाथ गर्ने आदेश दिइएको छ । यदि सबै अझै मैदानमा पुगेका छैनन् भने पनि चाँडै पुग्नेछन् । उनीहरूलाई विभिन्न क्षेत्रबाट खटाइएका छन् र प्रभावित सबै क्षेत्रमा परिचालन गरिनेछ ।”

आगलागीका कारण कम्तीमा नौ मृगको मृत्यु भएको छ । आगो सीमावर्ती व्यापारिक खेतहरूमा भइरहेको कोइला उत्पादन गतिविधिबाट सुरु भएको विश्वास मन्त्रालयले गरेको छ ।

बाइस हजार २७० वर्गकिलोमिटर (आठ हजार ६०० वर्ग माइल) क्षेत्रफलमा फैलिएको इटोसा पार्कको मुख्य आकर्षण प्राचीन इटोसा नुन प्यान हो, जसको लम्बाइ करिब १३० किलोमिटर र चौडाइ ५० किलोमिटर छ । वर्षा याममा यहाँ ठूलो सङ्ख्यामा फ्लेमिङ्गो देखा पर्छन्, जसले हजारौँ पर्यटकलाई आकर्षित गर्ने गर्दछ ।(रासस/एएफपी)