२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोकतन्त्र, सुशासन, पारदर्शितासहितको सुरक्षित समाज सिर्जना गर्नुपर्छः दानबहादुर कार्की



अ+ अ-

काठमाडौँ । ट्राफिक प्रहरीले चाडपर्व लक्षित सुरक्षा सचेतनाको लागि संयुक्त ट्राफिक र्याली गरेको छ ।

आईतवार बिहान काठमाडौंमा चाडपर्व लक्षित सुरक्षा सचेतनाको लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौं महानगर प्रहरी बलले संयुक्त र्याली गरेका हुन् ।

र्याली कार्यक्रमपछि आयोजित कार्यक्रममा बोल्दै काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख दानबहादुर कार्कीले नेपालमा सुशासन कायम हुुनुपर्ने बताउनु भयो । उहाँले लोकतन्त्र, सुशासन, पारदर्शितासहितको सुरक्षित समाज सिर्जना गर्नुपर्ने बताउनु भयो । नेपालीहरुको भावनाअनुरुप पारदर्शिता कायम गरी कानूनले तोके बमोजिम काम कारबाही गर्न जरुरी रहेको बताउनु भयो । चाडवाडमा लागुपदार्थ सेवन गरेर होहल्ला गर्ने, तडक भडक गर्ने कारणले समाजमा त्रास बढ्नसक्ने भन्दै प्रहरीले सुरक्षा व्यवस्था मजबुत बनाएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालमा सुशासन कायम गर्नुपर्छ, नेपालमा लोकतन्त्र, सुशासन, पारदर्शिता भएर  सुरक्षित समाज सिर्जना गर्नुपर्छ । नेपाली दाजुभाई दिदिबिहिनीको भावनाअनुरुप अहिलेसम्मका हाम्रा क्रियाकलापहरु भइरहेका छन् । सुशासन पारदर्शिता कायम गर्न हामी लागिपरेका छौँ । हामी सबैले आफ्नो कर्ममा नेपालीहरुको चाहनाअनुसार कानूनले तोके बमोजिम क्रियाकलाप गर्नुपर्छ । चाडवाडमा लागुपदार्थ सेवन गरेर होहल्ला गर्ने, तडक भडक गर्ने कारणले जिउ ज्यानको डर हुने गरेको भन्ने गुनासो छ । हामीले सुरक्षा दिन जरुरी छ ।’

उहाँले प्रहरीले विभिन्न परिवेशको ध्यान राखेर देशको सुरक्षा व्यवस्था मजबुत बनाउनुपर्ने बताउनु भयो । उहाँले कसैले पनि डर र त्रासमा बस्न नपरोस् भनेर प्रहरी क्रियाशिल रहेको बताउनु भयो ।