८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने

लोकतन्त्र, सुशासन, पारदर्शितासहितको सुरक्षित समाज सिर्जना गर्नुपर्छः दानबहादुर कार्की

लोकतन्त्र, सुशासन, पारदर्शितासहितको सुरक्षित समाज सिर्जना गर्नुपर्छः दानबहादुर कार्की
अ+ अ-

काठमाडौँ । ट्राफिक प्रहरीले चाडपर्व लक्षित सुरक्षा सचेतनाको लागि संयुक्त ट्राफिक र्याली गरेको छ ।

आईतवार बिहान काठमाडौंमा चाडपर्व लक्षित सुरक्षा सचेतनाको लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौं महानगर प्रहरी बलले संयुक्त र्याली गरेका हुन् ।

र्याली कार्यक्रमपछि आयोजित कार्यक्रममा बोल्दै काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख दानबहादुर कार्कीले नेपालमा सुशासन कायम हुुनुपर्ने बताउनु भयो । उहाँले लोकतन्त्र, सुशासन, पारदर्शितासहितको सुरक्षित समाज सिर्जना गर्नुपर्ने बताउनु भयो । नेपालीहरुको भावनाअनुरुप पारदर्शिता कायम गरी कानूनले तोके बमोजिम काम कारबाही गर्न जरुरी रहेको बताउनु भयो । चाडवाडमा लागुपदार्थ सेवन गरेर होहल्ला गर्ने, तडक भडक गर्ने कारणले समाजमा त्रास बढ्नसक्ने भन्दै प्रहरीले सुरक्षा व्यवस्था मजबुत बनाएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालमा सुशासन कायम गर्नुपर्छ, नेपालमा लोकतन्त्र, सुशासन, पारदर्शिता भएर  सुरक्षित समाज सिर्जना गर्नुपर्छ । नेपाली दाजुभाई दिदिबिहिनीको भावनाअनुरुप अहिलेसम्मका हाम्रा क्रियाकलापहरु भइरहेका छन् । सुशासन पारदर्शिता कायम गर्न हामी लागिपरेका छौँ । हामी सबैले आफ्नो कर्ममा नेपालीहरुको चाहनाअनुसार कानूनले तोके बमोजिम क्रियाकलाप गर्नुपर्छ । चाडवाडमा लागुपदार्थ सेवन गरेर होहल्ला गर्ने, तडक भडक गर्ने कारणले जिउ ज्यानको डर हुने गरेको भन्ने गुनासो छ । हामीले सुरक्षा दिन जरुरी छ ।’

उहाँले प्रहरीले विभिन्न परिवेशको ध्यान राखेर देशको सुरक्षा व्यवस्था मजबुत बनाउनुपर्ने बताउनु भयो । उहाँले कसैले पनि डर र त्रासमा बस्न नपरोस् भनेर प्रहरी क्रियाशिल रहेको बताउनु भयो ।