• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा ★   सत्संगको क्रममा भागदौड, ५० बढीको मृत्यु ★   दिनेश कार्तिक आरसीबीको ब्याटिङ कोच र मेन्टरमा नियुक्त ★   विश्वविजेता भारतीय टोली ३६ घण्टा बार्बाडोसमै फस्यो, चार्टर्ड उडानबाट फिर्ता ल्याउने तयारी ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त

मङ्गलबार राजधानीमा प्रथम अष्ट्रेलियन शैक्षिक मेला हुँदै



काठमाडौं । “स्टडी इन अष्ट्रेलिया” भन्ने मूल नाराका साथ आज मङ्गलबार राजधानीमा प्रथम अष्ट्रेलियन शैक्षिक मेला आयोजना हुने भएको छ । नोभा एजुकेशन एण्ड कन्सल्टिङ सर्भिसेजले आज पुस २० गते मङ्गलबार बिहान १० बजे देखि ५ बजेसम्म काठमाडौंको नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा शैक्षिक मेला आयोजना गर्न लागेको हो ।

शैक्षिक मेलामा अष्ट्रेलियामा विभिन्न विषयमा पढ्न चाहने विद्यार्थीहरुको लागि अस्ट्रेलियाको कलेज र युनिभर्सिटीका साथै शैक्षिक ऋण र बीमा सेवा समेत गरी १५ वटा संस्थाहरुको सहभागिता रहने आयोजक पक्षले जानकारी गराएको छ ।

प्रथम अष्ट्रेलियन शैक्षिक मेला यस वर्ष कक्षा ११, १२ अध्ययन गर्दै रहेका र कक्षा १२ को परीक्षा सकेर बसेका साथै ब्याचलर्स र मास्टर्सका हजारौं विद्यार्थीको सहभागिता रहने नोभाका कार्यकारी निर्देशक रमण कोइरालाले बताउनुभयो ।

यस वर्षको अष्ट्रेलियन शैक्षिक मेलामा अष्ट्रेलियाबाट कलेज र विश्वविद्यालयहरू, शैक्षिक ऋण प्रदायकको लागि एनएमबी बैंक, आइएलटीएसको लागि आइडीपी आइएलटीएस, शैक्षिक बीमाको लागि एल्लियान्ज पार्टनर्स संस्थाहरुको सहभागिता रहने छ ।

मेलामा छात्रबृत्ति, पोष्ट स्टडी वर्क (अध्ययन पछि काम) र रिजनल क्याम्पस (क्षेत्रीय क्याम्पस) का बारेमा पनि जानकारी दिइनेछ । एक सय सहभागीहरूलाई निशुल्क आइएल्टीएस वा पीटीइ कक्षाहरू उपलब्ध गराइनेछ भने र एक भाग्यशाली बिजेतालाई अष्ट्रेलियाको निशुल्क हवाई भाडा दिइने आयोजक पक्षले जनाएको छ ।

यस वर्षको नोभाद्वारा आयोजित प्रथम अष्ट्रेलियन शिक्षा मेला २०२२ को उद्घाटन फेलिसिटी भोल्क नेपालका लागि अष्ट्रेलियाली राजदूतद्वारा हुने भएको छ । यो मेलामा विद्यार्थीले आफुले अष्ट्रेलियामा जान आवश्यक शैक्षिक परामर्श निस्शुल्क लिन पाउने र थुप्रै उपहारहरुका साथै छत्रबृत्तिको पनि व्यवस्था भएको आयोजकको भनाई छ । मेलाको इभेन्ट मेनेजर इन्टरडक्सन ट्रेड सो नेपाल प्रालि रहेको छ ।