१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित)

सुमनाले कसलाई भनिन् हुतिहारा ? नख्खुमा इज्जतसँगै मानवता पनि जलाएको हो ?

सुमनाले कसलाई भनिन् हुतिहारा ? नख्खुमा इज्जतसँगै मानवता पनि जलाएको हो ?
अ अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट केही दिनअघि मात्रै बाहिरिएकी पूर्वसांसद सुमना श्रेष्ठले रास्वपाकै केही मानिसले आफूविरूद्ध झुटो प्रचार फलाएको भन्दै आपत्ति जनाएकी छन् । उनले आफ्नो विरुद्ध गलत प्रचार गर्नेहरुले इमान कुन ठाउँमा मिल्काएर आएको भन्दै प्रश्नसमेत गरेकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमा शनिबार लेख्दै उनले भनेकी छन्– ‘…हामीलाई सुमनाले लाइभ आएर जंगी अड्डा जानबाट रोकिन् भनी मेरो विरूद्ध प्रचार गर्न सक्ने गरी इमान कुन ठाउँमा मिल्काएर आउनभयो ? नख्खुमा इज्जतसँगै मानवता पनि जलाउनुभएको हो र,’ उनले लेखेकी छन् ।

आफ्नाविरूद्ध गलत प्रचार गर्नेहरूले इमान कुन ठाउँमा मिल्काएर आएको हो भन्दै प्रश्न गरेकी छन् ।

उनले व्यक्तिगत स्वार्थका लागि नैतिक धरातल र राजनीतिक मूल्य त्याग्नु अवसरवाद भएको भन्दै लोकप्रियताका लागि मौन बस्ने वा दास मानसिकता देखाउने प्रवृत्तिलाई ’हुतिहारापन’ को संज्ञा दिएकी छन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छन्–

पार्टीभित्रै रहनु भएका र मलाई बिश्वास गर्नुहुने साथीहरुलाई म प्रति फैलाईएको अनर्गल र झुठा प्रचारको विरुद्ध सचेत गराउन केहि कुरा भन्न चाहेँ।

१. अवसरवादको परिभाषा अर्कै हुन्छ भने फरक पर्ला तर व्यक्तिगत स्वार्थ र लाभको निम्ति आफ्नो नैतिक धरातल र राजनैतिक मूल्य मान्यताबाट च्यूत हुनु नै अवसरवाद हो भने, तीन ठूला दलहरुका टाउकेहरुलाई चोर औँला देखाँउदै व्यक्तिवाद हावी भयो भन्दै गर्दा बाँकी चारवटा औँला आफै तिर फर्किन्छ कि फर्किँदैन? त्यहि प्रवृतिलाई मलजल दिएर नयाँ केपि, नयाँ शेर बहादुर, नयाँ प्रचण्ड बनाउन उद्दत हुनु र त्यसैमा आफ्नो फाईदा देख्नु अवसरवाद हो कि होइन? त्यस प्रति असहमति जनाउनु अवसरवाद हो कि अवसरवादको विपरीत? क्षणिक लोकप्रियता र केहि थान गाली बाट बच्न एक शब्द चुँईक्क नबोल्नु र दास मानसिकता बोकेर लम्पसार पर्नु हुतिहारा हुनु हो कि त्यस्तो प्रवृति विरुद्ध विद्रोह गर्नु हुतिहारा हुनु हो? म साथीहरुलाई प्रश्न गर्न चाहन्छु।

२. पार्टीको आधिकारिक धारण जस्तो गरि गल्ती भयो भनेर स्वीकार गर्ने तर कुनै कारवाहि नगर्ने तथा आचरण र प्रवृतिमा कुनै सुधार नगर्ने हो भने कुन मुखले पुरातनवादि दलहरुको विरोध गर्ने? नयाँ मालिक को नयाँ दास बन्ने हो भने पुराना झोले र पुराना दासहरुलाई कस्तो नैतिक धरातलमा बसेर प्रतिप्रश्न गर्ने? सामान्य नेपाली नागरिकहरु अगाडि उभिएर हामी फरक छौँ भन्न लज्जाबोध हुँदैन? एक चोटि आफ्नो आत्मालाई एक्लै बसेर सोध्नुस्।

३. प्रधान सेनापतिले ‘रास्वपा’ र ‘दुर्गा प्रसाँई’ पनि स्टेकहोल्डर हो भन्दा मैले प्रतिवाद गरेकै हो। आन्दोलन शुरु हुनु अगाडि आन्दोलनरत युवा पुस्ताले कुनै राजनितिक पार्टिको झण्डा वा एजेन्डा बोकेर नआउनु भनि स्पष्टताका साथ भनिसकेको अवस्थामा Gen Z आन्दोलनमा हाम्रो सहभागिता देश प्रति निष्ठावान नागरिकको भन्दा बढि थिएन र हुनु हुँदैन थियो। सहादत प्राप्त गर्नुभएको ७४ नेपाली विर विरांगना, सयौँ घाईते र लाखौँ नागरिकको सहभागिताको अवमूल्यन हुने गरि त्यतिबेला जंगी अड्डा धाउनु ‘दुर्गा प्रसाँई’ सँगै ऊभिनु हो र वास्तविक अवसरवादिता सदर गर्नु हो। हाम्रो पनि एजेन्डा हो, हामी पनि स्टेक होल्डर हो, हाम्रो पनि माग यिनै हुन भनि धमिलो पानीमा माछा मार्न खोज्ने पृष्ठभूमि बनाउँदै गर्दा ती उजाडिएका काखहरु र सिन्दुर रित्तिएका सिउँदोहरू सम्झिनु होला। यस्तो विषम परिस्थितिमा आफुले नगरेको संघर्ष र आफुले नदिएको नेतृत्व ‘गरेँ’ वा ‘दिएँ’ भन्नु कुन हदसम्मको जनता विरुद्ध गद्दारी र अवसरवाद हो भन्ने प्रश्न अस्वाभाविक हो र ? हामीलाई सुमनाले live आएर जंगीअड्डा जानबाट रोकि भनि मेरो विरुद्ध प्रचार गर्न सक्ने गरी ईमान कुन ठाँउमा मिल्काएर आउनु भो? नख्खुमा ईज्जत सँगै मानवता पनि जलाउनु भएको हो र?

४. भ्रम र झुठको बादल हटेको दिन सत्य र न्यायको कसीमा ‘अवसरवाद’ र ‘कायरता’ को पनि परिक्षण हुने नै छ। लोकप्रियताको बुँई चढेर मेरो मालिक फर्किन्छ र मलाई बक्सिस दिन्छ भन्ने पर्खाईमा आफ्नो स्वाभिमान बन्दगी राखेका केहि साथीहरु देख्नुपर्दा लालच र निरिहता उर्बराउने डर पलाएको छ। याद राख्नुस् – लालच झाँगिदा ‘अवसरवाद’ मौलाउने हो। निरिहताले जरा गाड्दा ‘हुतिहारापन’ फस्टाउने हो।

वैकल्पिक राजनितिमा आउनेहरुलाई सोध्न चाहन्छु – तपाईहरु राजनितिमा आफ्नो अलग पहिचान, देश बनाउने हुटहुटी र आफ्नो विशिष्टता राष्ट्र र सम्पूर्ण नेपालीहरु प्रति समर्पित गर्न आउनु भएको कि वैकल्पिक शेर बहादुरको लागि वैकल्पिक प्रकाश शरण वा वैकल्पिक के पि को लागि वैकल्पिक महेश बस्नेत बन्न आउनु भएको हो? यतिनै यक्ष प्रश्न सोध्दै र ईमानदार उत्तरको अपेक्षा गर्दै देश प्रति निष्ठावान र प्रतिबद्ध रहने वाचा गर्दछु।

-सुमना श्रेष्ठ