३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री

‘ट्राभल एड्भाइजरी’ खुकुलो बनाइदिन दूतावासहरूलाई बोर्डको आग्रह

‘ट्राभल एड्भाइजरी’ खुकुलो बनाइदिन दूतावासहरूलाई बोर्डको आग्रह
अ+ अ-

काठमाडौँ। नेपाल पर्यटन बोर्डले नेपाल भ्रमणका लागि जारी गरिएका विभिन्न देशका यात्रा सल्लाह (ट्राभल एड्भाइजरी) खुकुलो बनाइदिन आग्रह गरेको छ ।

दसैँको अवसरमा काठमाडौँमा बिहीबार बेलुका आयोजित ‘मिट एन्ड ग्रिट विथ डिप्लोम्याटिक कोर्स’ कार्यक्रममा बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले नेपाल हाल सामान्य अवस्थामा फर्किएको र पर्यटक भ्रमणका लागि पूर्ण सुरक्षित रहेको सन्देश दिनुभयो ।

यसअघि गत भदौ २४ र २५ गते भएको ‘जेनजी’ आन्दोलनपछि दूतावासहरूले आफ्नो देशका यात्रुलाई  नेपाल भ्रमणबारे सचेत रहन भन्दै ‘ट्राभल एड्भाइजरी’ जारी गरेका थिए ।

विश्व पर्यटन दिवसको पूर्वसन्ध्यामा आयोजित कार्यक्रममा १५ भन्दा बढी देशका राजदूत तथा प्रतिनिधि र नेपाल सरकारका उच्चपदस्थ प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

हालैको जेनजी आन्दोलनले सिर्जना गरेको अस्थिरताबाट पर्यटन उद्योगमा देखिएको सङ्कट छिट्टै सामान्य अवस्थामा आइसकेको उल्लेख गर्दै सिइओ जोशीले भन्नुभयो, “राजनीतिक स्थायित्व, सुरक्षा, सहज यातायात, स्वास्थ्य सेवाको पहुँचजस्ता पक्षमा नेपाल पूर्ण रूपमा सामान्य भइसकेको छ ।

गत भदौ २४ र २५ गतेको अस्थिरतापछि स्थिति नियन्त्रणमा लिइएको र नयाँ सरकार गठन भइसकेको अवस्थामा राजनीतिक स्थायित्वमा कुनै समस्या नरहेको, सुरक्षा निकाय र पर्यटक प्रहरीहरू पुनः सामान्य सेवामा फर्किसकेका छन् । साथै, सडक, विमानस्थल र यातायात संरचना तत्काल सञ्चालनमा आएका छन्भने अस्पताल र स्वास्थ्य सेवा पनि सामान्य अवस्थामा फर्किएको छ ।”

उहाँले नेपाल संसारकै अद्वितीय प्राकृतिक र सांस्कृतिक गन्तव्य भएकाले अन्तरराष्ट्रिय समुदायमा सकारात्मक प्रभाव पार्ने गरी भूमिका खेलिदिन सबैलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले नेपाल हाल पूर्ण रूपमा भ्रमणयोग्य रहेको सन्देश आफ्ना देशमा पु¥याउन दूतावासका प्रतिनिधिहरूलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “नेपालको संस्कृति, सम्पदा र आतिथ्यका साथ हामी पर्यटक स्वागतको लागि तयार छौँ । तपाईंहरूले आफ्ना सरकार र पर्यटकहरूमा ‘नेपाल खुला र सुरक्षित छ’ भन्ने सन्देश पु¥याइदिनुहोस् ।”

कार्यक्रममा संयुक्त राज्य अमेरिका, भारत, इजिप्ट, नर्वे, कतार, मलेसिया, पाकिस्तानलगायत १५ देशका राजदूत र प्रतिनिधिहरूको सहभागिता थियो । जसमा परराष्ट्र, पर्यटन, वन तथा वातावरण मन्त्रालय, अध्यागमन विभाग र पर्यटन उद्योगीहरूको समेत सहभागिता रहेको बोर्डले जनाएको छ ।  रासस