१९ मंसिर २०८२, शुक्रबार
,
Latest
२३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘ट्राभल एड्भाइजरी’ खुकुलो बनाइदिन दूतावासहरूलाई बोर्डको आग्रह



अ+ अ-

काठमाडौँ। नेपाल पर्यटन बोर्डले नेपाल भ्रमणका लागि जारी गरिएका विभिन्न देशका यात्रा सल्लाह (ट्राभल एड्भाइजरी) खुकुलो बनाइदिन आग्रह गरेको छ ।

दसैँको अवसरमा काठमाडौँमा बिहीबार बेलुका आयोजित ‘मिट एन्ड ग्रिट विथ डिप्लोम्याटिक कोर्स’ कार्यक्रममा बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले नेपाल हाल सामान्य अवस्थामा फर्किएको र पर्यटक भ्रमणका लागि पूर्ण सुरक्षित रहेको सन्देश दिनुभयो ।

यसअघि गत भदौ २४ र २५ गते भएको ‘जेनजी’ आन्दोलनपछि दूतावासहरूले आफ्नो देशका यात्रुलाई  नेपाल भ्रमणबारे सचेत रहन भन्दै ‘ट्राभल एड्भाइजरी’ जारी गरेका थिए ।

विश्व पर्यटन दिवसको पूर्वसन्ध्यामा आयोजित कार्यक्रममा १५ भन्दा बढी देशका राजदूत तथा प्रतिनिधि र नेपाल सरकारका उच्चपदस्थ प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

हालैको जेनजी आन्दोलनले सिर्जना गरेको अस्थिरताबाट पर्यटन उद्योगमा देखिएको सङ्कट छिट्टै सामान्य अवस्थामा आइसकेको उल्लेख गर्दै सिइओ जोशीले भन्नुभयो, “राजनीतिक स्थायित्व, सुरक्षा, सहज यातायात, स्वास्थ्य सेवाको पहुँचजस्ता पक्षमा नेपाल पूर्ण रूपमा सामान्य भइसकेको छ ।

गत भदौ २४ र २५ गतेको अस्थिरतापछि स्थिति नियन्त्रणमा लिइएको र नयाँ सरकार गठन भइसकेको अवस्थामा राजनीतिक स्थायित्वमा कुनै समस्या नरहेको, सुरक्षा निकाय र पर्यटक प्रहरीहरू पुनः सामान्य सेवामा फर्किसकेका छन् । साथै, सडक, विमानस्थल र यातायात संरचना तत्काल सञ्चालनमा आएका छन्भने अस्पताल र स्वास्थ्य सेवा पनि सामान्य अवस्थामा फर्किएको छ ।”

उहाँले नेपाल संसारकै अद्वितीय प्राकृतिक र सांस्कृतिक गन्तव्य भएकाले अन्तरराष्ट्रिय समुदायमा सकारात्मक प्रभाव पार्ने गरी भूमिका खेलिदिन सबैलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले नेपाल हाल पूर्ण रूपमा भ्रमणयोग्य रहेको सन्देश आफ्ना देशमा पु¥याउन दूतावासका प्रतिनिधिहरूलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “नेपालको संस्कृति, सम्पदा र आतिथ्यका साथ हामी पर्यटक स्वागतको लागि तयार छौँ । तपाईंहरूले आफ्ना सरकार र पर्यटकहरूमा ‘नेपाल खुला र सुरक्षित छ’ भन्ने सन्देश पु¥याइदिनुहोस् ।”

कार्यक्रममा संयुक्त राज्य अमेरिका, भारत, इजिप्ट, नर्वे, कतार, मलेसिया, पाकिस्तानलगायत १५ देशका राजदूत र प्रतिनिधिहरूको सहभागिता थियो । जसमा परराष्ट्र, पर्यटन, वन तथा वातावरण मन्त्रालय, अध्यागमन विभाग र पर्यटन उद्योगीहरूको समेत सहभागिता रहेको बोर्डले जनाएको छ ।  रासस