१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar बसन्ती भाट कांग्रेसको १५औँ महाधिवेशनका लागि केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन News Polar सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन News Polar सरकारले निजी क्षेत्रलाई विद्युत प्रसारण लाइन प्रयोग गर्न खुला गर्‍यो, ईआरसीद्वारा `ह्वीलिङ चार्ज´ सार्वजनिक News Polar मनाङमा अलपत्र १६ पर्यटकको उद्धार News Polar हाम्रो सनसाइन स्कुल फाउन्डेसनद्वारा बाढी पीडितका लागि रु २५ लाख सहयोग News Polar राष्ट्रिय जलवायु नीति २०८३ बहसमा, हानी–नोक्सानी अभिलेखीकरणमा जोड

मेलम्ची खानेपानी आयोजना: दुई सय कामदार नियमित काममा

मेलम्ची खानेपानी आयोजना: दुई सय कामदार नियमित काममा
अ अ+ अ-

काठमाडौं । ‘लकडाउन’ को पहिलो साता केही शुस्त बनेको मेलम्ची खानेपानी आयोजना निर्माण कार्यले पुनः गति लिएको छ । राष्ट्रिय गौरवको सो आयोजनामा ‘लकडाउन’ को पहिलो साता कतिपय मजदूर घर फर्किका थिए भने चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले आवश्यक निर्माण सामग्री ल्याउन सकेको थिएन । अहिले मजदूर आउन थाले र निर्माण सामग्रीका लागि प्रशासनले पास उपलब्ध गरेकाले निर्माणको काम अघि बढेको मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इञ्जिनीयर कमलराज श्रेष्ठले बताए ।

सरकारले अत्यावश्यक वस्तुसँगै ठूला आयोजनालाई तोकिएको स्वास्थ्य मापदण्ड पूरा गरी सञ्चालन गर्न दिने निर्णय गरेपछि यहाँ कामका लागि वातावरण बनेको हो । ‘लकडाउन’ पहिले यहाँ काम गरिरहेका झण्डै ४० जना दोलखाका कामदार घर फर्किएका छन् । ती बाहेक कतिपय टाढाका जिल्लाका र कतिपय स्थानीय कामदार काममा लागेकाले अहिले निर्माण स्थलमा झण्डै दुई सय कामदार कार्यरत छन् । उनले भने, ‘गत सातादेखि नै नियमित रुपमा नै काम भइरहेको छ ।’

उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोजक रहेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समन्वय समितिको दुई साता पहिलेको बैठकले आयोजनामा सुरक्षाका सबै उपाय अपनाएर बाहिरबाट प्रवेश गर्न नदिई भित्रकै कामदारलाई परिचालन गरी सञ्चालन गर्न दिने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा जिल्ला प्रशासन कार्यालयले सवारी पास उपलब्ध गराएकाले काम अघि बढीरहेको सिनियर डिभिजनल इञ्जिनीयर श्रेष्ठले बताए । यहाँको निर्माणलाई आवश्यक पर्ने गिटिका लागि प्रशासनले क्रसर उद्योग समेत सञ्चालनको अनुमति दिएको थियो । उनले भने, ‘१२ ट्रकलाई अनुमति दिइएकामा तीनले विभिन्न स्थानबाट निर्माण सामग्री ल्याइरहेका छन् ।’

आयोजनाले यहाँको निर्माणलाई प्रशोधन केन्द्र, हेडबक्स र सुरुङमार्ग गरी तीन भागमा विभाजन गरेको छ । जसमध्ये सुन्दरीजलमा दुवै प्रशोधन केन्द्रको निर्माण सम्पन्न भइसकेर परीक्षण भइरहेको छ । अहिले सुरुङ भित्र पनि निर्माणका धेरै काम सकिएकाले अन्तिम काम (फिनिसिङ) भइरहेको छ । अहिले सुरुङ भित्र गेटको काम, भित्तामा रड खुसार्ने काम र ती कतिको बलिया छन् भन्नेबारे अध्ययन भइरहेको छ । हेडबक्समा आवश्यक काम भइरहेको र सुन्दरीजलको प्रशोधन केन्द्रसम्म ल्याइने पाइप निर्माणको काम अघि बढेको छ । उनले भने, ‘हेडबक्समा काम बाँकी भएकाले त्यहाँ नियमित भइरहेको छ ।’

संघीय सरकारले थोरै समयमै सम्पन्न हुनसक्ने आयोजनाका रुपमा निर्माण अघि बढाउने निर्णय गरेपनि स्थानीयवासी र हेलम्बु गाउँपालिकाले भने निर्माणस्थलमा हुने ओहोरदोहोरका कारण स्वास्थ्य जोखिममा हुने भन्दै चासो देखाइरहेका छन् । ‘लकडाउन’ घोषणा हुनासाथ महिला समूह निर्माण रोक्न भन्दै निर्माणस्थल पुगेको थियो । उनीहरुसँग वार्ता गरेर निर्माण अघि बढीरहेको थियो । बुधबारदेखि गाउँपालिकाको वडा नम्वर ४ ले निर्माणस्थलको प्रवेशद्वारमै तालाबन्दी गरेको उनले बताए ।

गाउँपालिकाले अत्यावश्यक खाद्यन्न र एम्बुलेन्स बाहेकका सवारीसाधन चल्न नदिने निर्णय गरेको थियो । सोहीअनुसार वडा कार्यालयले आफ्नो क्षेत्रमा अरु सवारीसाधन प्रवेशमा रोक लगाएको हो । निर्माण सामग्री हुँदा नियमित रुपमा काम गर्न कठीन नभएपनि निर्माण सामग्री ल्याउन स्थानीय सरकारको अवरोध आउने गरेको सिनियर डिभिजनल इञ्जिनीयर श्रेष्ठले बताए । उनले भने, ‘सिमेन्ट लिन जाँदा त्यता रोकिने त कहिले निर्माणस्थल छिर्न कठीनजस्ता समस्या आइरहेको छ ।’

निर्माणस्थलमा रहेका सामग्री कति बाँकी छ भन्ने यकिन नभएपनि ती सामग्रीबाट केही समयसम्म काम गर्न सकिने बरिष्ठ डिभिजनल इञ्जिनीयर श्रेष्ठले बताए । निर्माण कम्पनीले यहाँ रहेका सबै चिनियाँ र उपलब्ध नेपाली कामदारलाई काममा लगाइरहेको छ । आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर निर्माणको काम भइरहेको आयोजनाले जनाएको छ । ‘लकडाउन’ पहिले केही चिनियाँ घर फर्किए पनि अधिकांश चिनियाँ निर्माणस्थलमै कार्यरत छन् । अहिले चिनियाँ दक्ष कामदार झण्डै ४० देखि ५० जनासम्म निर्माणस्थलमा रहेका छन् । उनले भने, ‘लकडाउनको शुरुदेखि अहिलेसम्म चिनियाँ नियमित काम गरिरहेका छन् ।’

नयाँ निर्माण कम्पनीले नियमित रुपमा गर्दै आएको कामको गतिका आधारमा आगामी असारसम्मम उपत्यकामा मेलम्चीको पानी आइपुग्ने आयोजनाले बताउँदै आएको थियो । खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले केही महिना पहिले श्वेतपत्र जारी गर्दै असारसम्ममा पानी आइपुग्ने प्रतिबद्धता जनाएकी थिइन् । तत्काल काम पहिलेकै गतिमा गर्न सकेमा अहिले पनि लक्षित समयमै काम सकिने उनले बताइन् । अहिलेसम्म पनि काममा धेरै ढिला नभएकाले प्रशासनले र स्थानीय तहले सहयोग गर्दा अझै पनि असारमै काठमाडौँमा पानी झार्ने सम्भावना छ । उनले भनिन्, ‘अझै तीन महिना बाँकी भएकाले सरकारले विशेष महत्व दिएर काम गर्ने वातावातरण बनाउँदा गर्न सकिन्छ ।’

आयोजना यस अघि कार्यरत इटालीयन निर्माण कम्पनी सिएमसीले आयोजना सम्पन्न नहुँदै छाडेर गएपछि अलपत्र परेको खानेपानी आयोजनाको काम चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले अघि बढाएको छ । आयोजना स्थल हेलम्बु गाउँपालिका–१ अम्बाथानमा नेपाली र चिनियाँ गरी झण्डै दुई सयले काम गर्दै आएका थिए । सरकारले बाँकी भनिएको पाँच प्रतिशत काम १५ महिनामा सम्पन्न गर्ने गरी कम्पनीसँग गत वर्ष सम्झौता गरेको थियो । कम्पनीलाई चाँडो काम सम्पन्न गर्दा प्रतिदिन शून्य दशमलव १५ प्रतिशतले लाभांश दिन पनि सम्झौतामा उल्लेख छ । सौर्य दैनिक