१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar बसन्ती भाट कांग्रेसको १५औँ महाधिवेशनका लागि केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन News Polar सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन News Polar सरकारले निजी क्षेत्रलाई विद्युत प्रसारण लाइन प्रयोग गर्न खुला गर्‍यो, ईआरसीद्वारा `ह्वीलिङ चार्ज´ सार्वजनिक News Polar मनाङमा अलपत्र १६ पर्यटकको उद्धार News Polar हाम्रो सनसाइन स्कुल फाउन्डेसनद्वारा बाढी पीडितका लागि रु २५ लाख सहयोग News Polar राष्ट्रिय जलवायु नीति २०८३ बहसमा, हानी–नोक्सानी अभिलेखीकरणमा जोड

मानव जिवन लकडाउनमा, वन्यजन्तुलाई मिल्यो स्वतन्त्रता

मानव जिवन लकडाउनमा, वन्यजन्तुलाई मिल्यो स्वतन्त्रता
अ अ+ अ-

काठमाडौं । मानव भीड हुने राष्ट्रिय निकुञ्ज तथा आरक्ष क्षेत्रका वन्यजन्तुले लकडाउनपछि स्वतन्त्र रूपमा हिँडडुुल गर्न पाउनुका साथै रमाउन पाएका छन् । ११ चैतबाट सुरु भएको लकडाउनपछि वन्यजन्तुले स्वतन्त्रता पाएको अनुभव वन्यजन्तु विशेषज्ञले गरेका छन् । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले लकडाउनपछि जीवजन्तुले लामो समयपछि स्वतन्त्रता पाएको बताए । निकुञ्जमा वन्यजन्तुले आफ्ना गतिविधिलाई स्वतन्त्र रूपमा गर्न पाएको उनको बुझाइ छ । मानिसबाट वन्यजन्तुमा र वन्यजन्तुबाट मानिसमा कुनै संक्रमण नसरोस् भनेर ११ चैतदेखि नै सबै निकुञ्ज, आरक्षका साथै संरक्षित क्षेत्रमा प्रवेश निषेध गरिएको छ ।

वन्यजन्तुविज्ञ मुकेशकुमार चालिसेले अत्यधिक मानव चापका कारण वन्यजन्तुमा प्राकृतिक गुण हराइरहेका बेला मानव निषेध हुँदा तिनको विचरण स्वतन्त्र हुने तर्क गरे । ‘चितवनका गैंडा, कोसीका अर्ना, पशुपति र स्वयम्भूका बाँदर र खैरापुरका कृष्णसारमा प्राकृतिक गुण नै हराएको छ,’ लंगुर बाँदरमा विद्यावारिधि चालिसेले भने, ‘ती सबै अहिले मानिसकै वरिपरि निर्धक्क ओहोरदोहोर गर्छन्, त्यो भनेको तिनमा आएको गुणको बदलाव हो ।’ प्राकृतिक बासस्थानमा कोलाहलका कारण वन्यजन्तुले थाँतथलो छाडिरहेका बेला कोर एरियामा मानव निषेध गर्दा वन्यजन्तुले राहत महसुस गर्ने चालिसेले बताए ।

‘साँच्चिकै, प्राकृतिक गैंडा आक्रामक हुनुपर्छ, तर सौराहामा निस्किएका गैंडा आरामले बजार घुमिरहेका हुन्छन्,’ उनले भने, ‘स्वयम्भू र पशुपतिका बाँदरले आफ्नो रैथाने खाना भुलिसकेका छन्, मान्छेले जे खान्छ, त्यसमै आश्रित हुन्छन्, यो सबै बदलाव हो ।’ निकुञ्ज र आरक्षमा मानवीय कोलाहल रोकिँदा वन्यजन्तु र जैविक विविधतामा सकारात्मक असर पर्ने विज्ञहरू बताउँछन् । ‘मानिसका कारण जानेर नजानेर वन्यजन्तु टाढाटाढा हुने र प्राकृतिक बासस्थानबाट अन्यत्रै सर्ने क्रम बढेको छ,’ चालिसेले भने, ‘प्रकृति शान्त हुँदा हराइसकेका प्रजातिसमेत देखा पर्छन्, जसरी मानवीय कोलाहल नभएपछि भूकम्पलगत्तै लाङटाङमा डाँफे, चिलिमेजस्ता चरा र कस्तूरी मृग बासस्थानमा फर्किएका थिए ।’

उनी निकुञ्ज र आरक्षमा वैज्ञानिक अनुसन्धानका लागि कोर एरियामा निश्चित क्षेत्र तोक्नैपर्ने अवस्था आएको बताए । ‘त्यसो हुन सक्यो भने वन्यजन्तुका वास्तविक आनीबानी र आहार पनि जीवित रहन्छन्,’ उनले भने, ‘नत्र तिनका सन्तानमा पनि बदलाव आउन थाल्छ ।’ प्राकृतिक बासस्थानमा कोलाहल रोकिँदा प्रजनन र बच्चा हुर्काउने तथा विचरणमा वन्यजन्तुलाई स्वतन्त्रता मिलेको विशेषज्ञको बुझाइ छ । ‘मानिसको अनावश्यक प्रवेशले वन्यजन्तुको प्राकृतिक आनीबानी र ओहोरदोहोर खलबल्याएको हुन्छ,’ गैंडाको विषयमा विद्यावारिधि गरेका विज्ञ डा। नरेश सुवेदीले भने, ‘मानवीय कोलाहल नै रोकिँदा आहारा खोज्न र विचरण गर्न वन्यजन्तुलाई सहज हुन्छ ।’

उनका अनुसार प्राकृतिक बासस्थानमा कोलाहल नहुने हो भने गैंडा, बाघ र हात्तीजस्ता ठूला वन्यजन्तु सितिमिति मानवबस्तीमा निस्किँदैनन् । जसका कारण मानव वन्यजन्तुबीच द्वन्द्वसमेत रोकिन्छ । यसैगरी, शिवपुरी नागार्जुन निकुञ्ज अत्यधिक मानवीय कोलाहल र आउजाउ हुने क्षेत्र हो । निकुञ्जभित्रबाटै मध्यवर्ती क्षेत्रका गाउँ आउजाउ गर्न सडक बनाइएका छन् । ती सडकसमेत सुनसान भएपछि सबभन्दा धेरै फाइदा यहाँका जैविक विविधतामा भएको नेपाली सेनाको वन्यजन्तु निर्देशनालयमा लामो समय काम गरेका बाबुकृष्ण कार्की बताउँछन् । उनले भने, ‘ज्यादै अप्रिय कुरा हो तर प्रकृति र प्रकृतिका उपहार पशुपक्षी ज्यादै खुसी भएको पनि यही बेला हो कि झैं लागेको छ ।’

निकुञ्जहरूमा पर्यटकको भीडभाड नभएको शान्तकालीन यो समयमा वन्यजन्तुका आहार र बासस्थान व्यवस्थापन गर्ने उपयुक्त समय भएको उनी बताउँछन् । ‘घाँसे मैदान बनाउने, पानी, कुवा, तालको व्यवस्थापन गर्ने यो उपयुक्त समय हो,’ उनले भने, ‘यो समयमा पुल पुलेसा, कुलो नहर, मचानको मर्मतसम्भार र नयाँ निर्माण, फायर लेन, बाटो मर्मतसम्भार र सफाइ तथा प्रतीक्षालय, शौचालय, धारा, बत्ती बनाउन सकिन्छ ।’ पक्षी संरक्षण संघ (बीसीएन)का चराविज्ञ कृष्णप्रसाद भुसाल ग्रीष्मकालीन आगन्तुक चराको समय भएकाले तिनलाई बच्चा कोरल्न लकडाउनले थप स्वतन्त्रता मिल्ने बताउँछन् । ‘यतिबेला ६२ प्रजातिका चरा नेपाल आउँछन्, ती चरालाई लकडाउनले लाभ पुगेको छ,’ उनले भने, ‘गत साता मात्र काठमाडौं उपत्यकामा ग्रीष्म आगन्तुक स्वर्गचरी देखिएको थियो ।’

उनका अनुसार बसाइँसराइ गरी नयाँ ठाउँमा प्रजनन गर्न आउने चरालाई मानवीय क्रियाकलापका कारण गुँड बनाउन र प्रजनन गर्न असहज हुने गथ्र्यो । अहिले यस्ता चरालाई राहत भएको छ ।हिमालयन बायोडाइभर्सिटी नेटवर्क नेपालका सिभिस भण्डारी निकुञ्ज निषेधले ध्वनि प्रदूषणबाट आक्रान्त बनेका वन्यजन्तुले राहत मिलेको बताउँछन् । ‘निकुञ्जभित्र हुलका हुल हात्ती सफारी र अन्य सफारी हुँदा वन्यजन्तु कोलाहलले बाहिर निस्किन्थे,’ उनले भने, ‘मानवीय गतिविधि रोकिँदा वन्यजन्तुको प्रजनन क्रियाकलाप र पारिस्थितीय प्रणालीमा सन्तुलन मिल्छ र रोग सर्ने समस्या पनि हुँदैन ।’ राजधानी दैनिक