१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar बसन्ती भाट कांग्रेसको १५औँ महाधिवेशनका लागि केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन News Polar सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन News Polar सरकारले निजी क्षेत्रलाई विद्युत प्रसारण लाइन प्रयोग गर्न खुला गर्‍यो, ईआरसीद्वारा `ह्वीलिङ चार्ज´ सार्वजनिक News Polar मनाङमा अलपत्र १६ पर्यटकको उद्धार News Polar हाम्रो सनसाइन स्कुल फाउन्डेसनद्वारा बाढी पीडितका लागि रु २५ लाख सहयोग News Polar राष्ट्रिय जलवायु नीति २०८३ बहसमा, हानी–नोक्सानी अभिलेखीकरणमा जोड

मनभरी पीडाका साथ लकडाउन यात्रा

मनभरी पीडाका साथ लकडाउन यात्रा
अ अ+ अ-

अर्घाखाँची । गुल्मीको रुरु क्षेत्रमा काम गर्ने मजदुर तुल्सीराम थारू सहितका मजुदुरको कथा लक डाउनका कारण निकै पीडादायी बन्यो । तुल्सीराम थारू सहितको दाङ र नेपालगञ्जका २२ जना मजदुरले १० गतेसम्म पुल बनाउने काममै व्यस्त भए । ११ गतेबाट मुलुक लक डाउन भएपछि उनीहरूको काम पनि बन्द भयो । हिँडडुल पनि बन्द, ठेकदार पनि सम्पर्क बाहिर भयो । विजय नाम बताउने ठेकदार एक/एक हजार रुपैयाँ दिएर केही दिन अगाडिबाट नै सम्पर्कविहीन भए । ठेकेदारले उनीहरूलाई २९ दिनसम्म लगातार काम गराएर गायब भएको मजदुर तुल्सीराम थारूले बताए ।

थारूले भने, ‘हामी सबै मजदुरहरूले एक हजारका दरले बुझेका थियौँ, उधारो खाएको तिरियो उल्टै अझै माइनस भयो, व्यापारीले रासन पानी दिन छोडे पैसा पनि सकियो, अनि कि घर जाने कि मर्नुको विकल्प भएन, कोही बोल्दैन, कसैले भेट्दैन उनले भने ।’ भोको पेट, मनभरी पीडा, गहभरी आँसु लिएर तुल्सीराम सहितका मजदुरहरू गुल्मीबाट बाँके नेपालगञ्जको बैजनाथ गाउँपालिकाको यात्रा तय गरे । उनीहरू भोकभोकै यात्रामा अगाडि बढे । बिभिन्न प्रतिक्षालय जंगलहरूमा बस्दै उनीहरु तीन दिनपछि अर्घाखाँचीको शीतगंगा नगरपालिका–२ सीतापुरको प्रतिक्षालयमा बेजोडले पानी परिरहेको अवस्था बसिरहेको थिए ।

स्थानीय समाजसेवी झनक केसीले भेटेपछि उनलाई भगवान्जस्तै मानेर उनीहरूले आँखाबाट आँसु खसाल्दै भने, ‘रोगभन्दा भोकले नै ज्यान जाने भो, भन्दै भक्कानिए केही मजदुरहरू त खान नपाएर बोल्नै नसक्ने भएका थिए ।’ स्थानीय समाजसेवी झनक केसीले सुरुमा चिउरा चाउचाउ ख्याए अनि बल्ल कुरा सुरु गरे । झनक केसीले भने, ‘पीडा नै पीडाले भरिएका मजदुरहरू देख्दा सुरुमा म पनि भक्कानिएँ । पछि उद्धार गर्ने योजना बनाएँ,’ उनले अगाडि भने, ‘विभिन्न निकायमा कुरा गर्दा पनि कसैले कुरा सुनेनन् । सबै मौन नै रहे, अनि मितज्यु सामाजिक संस्थाको आर्थिक सहयोगमा नगरपलिका प्र्रमुख प्रशासयिक अधिकृत अर्जुन गौतमसँग समन्वय गरी नगरपालिकाबाट पत्र बनाएँ ।’

दिउँसभरीको लामो मिहिनेतपछि लु१ख ८१२८ नम्बरको बसको व्यवस्था गरी त्यहाँबाट झनक सहितको टोलीले उनीहरूलाई बिदा गरे । उनीहरूको यात्रा विभिन्न अवरोधका बीच शीतगंगा नगपालिकाको ठाडावाट भालुभाङसम्म त पुगे तर फेरी रात पनि पर्यो, उनीहरूलाई गाडीमा अगाडि जान नदिएपछि बस चालक कृष्ण गैरेले उनीहरूलाई त्यही रोकिदिएको बताए ।

रातारात फेरी पाँच घण्टाको यात्रा गरी लमही पुगे । अर्को दिन उज्यालो भयो । पेटमा चिउरा चाउचाउबाहेक केही नभएकाले उनीहरू बाटैमाछटपटाउन थाले । दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारीको टिमलाई पटकपटक आग्रह गर्दा वास्ता गरेनन्, नगरपालिकाले पनि वास्ता गरेन, अनि उनीहरूको पीडा देखेपछि त्यहाँको प्रहरीले खाद्यान्न बोक्ने भे ख ३०९९ नम्बरको ट्रकमा नेपालगञ्जतर्फ हालेर पठायो । समाचार तयार पार्दासम्म ६ दिनपछि नेपालगञ्ज पुगी वैजनाथ गाउँपालिकाको सम्पर्कमा पुगे । उनीहरूले भने, ‘अब बाँचिन्छ होला यति भएपछि घरमै आइयो ।’ सौर्य दैनिक