१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar बसन्ती भाट कांग्रेसको १५औँ महाधिवेशनका लागि केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन News Polar सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन News Polar सरकारले निजी क्षेत्रलाई विद्युत प्रसारण लाइन प्रयोग गर्न खुला गर्‍यो, ईआरसीद्वारा `ह्वीलिङ चार्ज´ सार्वजनिक News Polar मनाङमा अलपत्र १६ पर्यटकको उद्धार News Polar हाम्रो सनसाइन स्कुल फाउन्डेसनद्वारा बाढी पीडितका लागि रु २५ लाख सहयोग News Polar राष्ट्रिय जलवायु नीति २०८३ बहसमा, हानी–नोक्सानी अभिलेखीकरणमा जोड

बन्दै गरेको पुल बाढीले बगायो

बन्दै गरेको पुल बाढीले बगायो
अ अ+ अ-

गुल्मी । जिल्लामा बन्दै गरेको पक्की पुल बुधबार राती परेको वर्षासँगै आएको बाढीले बगाएको छ । जिल्लाको मुसिकोट नगरपालिकाका पौदीअमराई र कल्यार जोड्ने सो पुल दोस्रोपटक बाढीले भत्किएको हो । ०७३ साल असारमा निर्माण सम्झौता भएको पुल ०७५ असार मसान्तसम्म सम्पन्न गर्नुपर्ने थियो । गत वर्षको १ वैशाखमा पनि यो पुल बाढीले बगाएको थियो । पुल भत्किएको आठ महिनापछि बनाउन सुरु गरिएको पुल बुधबार बगाएको हो । पुलको ३० चैतमा मात्र ढलान गरिएको थियो । खोलामा आएको बाढीले पुलको टेका बगाएपछि भत्किएको मुसिकोट नगरपालिका नगरप्रमुख सोमनाथ सापकोटाले बताए ।

पुल भत्किएसँगै यसपटक बाढीले फर्मा, फलामका पाइप, जेनेरेटर, ह्युम पाइप र ढलाइ बगाएकाले ठूलो क्षति पुगेको छ । स्विस सरकारको सहयोगमा स्थानीय सडक पुल कार्यक्रमअन्तर्गत कुल ५ करोड १७ लाखको लागतमा बन्न लागेको पुलको वाइटी जय बुद्ध कन्ट्रक्सन प्रालिले निर्माण गरिरहेको थियो । ५८ मिटर लामो पुलको बीचमा पिलर छैन । यो पुलले मुसिकोट नगरपालिकाको प्राय सबै वडाका नागरिकलाई एकआपसमा जोड्ने थियो ।

अहिले नगरपालिकाको केन्द्र वामीदेखि जिल्ला सदरमुकाम तम्घाससम्म पुग्न ३४ किलोमिटर यात्रा गर्नुपर्छ । पुल निर्माण भएमा १० किलोमिटर दुरी घटेर २४ किलोमिटर यात्रामा तम्घास पुग्न सकिने छोटो मार्ग बन्ने थियो । पुस महिनाबाट निर्माण सुरु भएको पक्की पुल जेठको अन्तिम हप्तासम्म हस्तान्तरण गर्नुपर्ने थियो । सौर्य दैनिक