२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिन्दूको शवमा मुस्लिमले दिए काँध



अ+ अ-

भारतमा कोरोना भाइरस संक्रमण फैलाउने कार्यमा मुस्लिम समुदायको लापरबाहीलाई दोष दिँदै तनाब बढिरहेका बेला भोपालमा भने हिन्दूको शवमा मुस्लिम मलामी मात्र गएनन्, शव बोक्न काँध पनि थापे । एक हिन्दू महिलाको मृत्युपछि मुस्लिम छिमेकीले उनको शव घाटको शवदाह गृहसम्म लगिदिए । तर समाजका सदस्यहरु लकडाउनका कारण मद्दतमा आउन सकेनन् । शवयात्राका क्रममा सबैले राम नाम सत्य पनि बोलिरहेका थिए । विपत्तिको समयमा यो मानवता भोपालको टिलाजमालपुराका बासिन्दाले देखाएका हुन् ।

टिलाजमालपुरा निवासी मोहन नामदेव इलाकामा बरफगोला बेच्न ठेला चलाउँथे । उनकी ५० वर्षीया पत्नी क्षमाको मृत्यु मंगलबार भएको थियो । अर्थी बोक्न चार जना आवश्यक थियो तर घरमा मोहनका दुई छोरा मात्र थिए । दुई छोराले आफ्नो साथी आदिलको मद्दतबाट आमाको शव नगर निगमको गाडीबाट घर लिएर आए ।

बुधबार आदिलले बस्तीका सबैलाई यसको जानकारी दिए । त्यसपछि स्थानीयसँग मिलेर शव सजाएपछि क्षमाका दुई छोरा र बस्तीका मुस्लिम युवक शव लिएर छोला रोडस्थित शव दाहगृह पुगे, जहाँ उनको अन्तिम संस्कार भयो । भोपालमा कोरोना कहरका कारण प्रशासनले शवयात्रामा १५ जनालाई मात्रै सहभागी हुन अनुमति दिएको छ । नेपाल समाचारपत्र दैनिक