१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar बसन्ती भाट कांग्रेसको १५औँ महाधिवेशनका लागि केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन News Polar सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन News Polar सरकारले निजी क्षेत्रलाई विद्युत प्रसारण लाइन प्रयोग गर्न खुला गर्‍यो, ईआरसीद्वारा `ह्वीलिङ चार्ज´ सार्वजनिक News Polar मनाङमा अलपत्र १६ पर्यटकको उद्धार News Polar हाम्रो सनसाइन स्कुल फाउन्डेसनद्वारा बाढी पीडितका लागि रु २५ लाख सहयोग News Polar राष्ट्रिय जलवायु नीति २०८३ बहसमा, हानी–नोक्सानी अभिलेखीकरणमा जोड

दुई मेयरको एउटै बोली, पहिला स्वास्थ्य अनि मात्रै विकास

दुई मेयरको एउटै बोली, पहिला स्वास्थ्य अनि मात्रै विकास
अ अ+ अ-

उपत्यकाका दुई ठूला नगरपालिकाका मेयरले स्थानीय सरकारको हैसियतले विकास बजेट काटेर भए पनि कोरोना महामारीका लागि सहयोग गर्ने बताएका छन् । पछिल्लो समय राहत बाँड्न व्यस्त काठमाडौं तथा ललितपुर महानगरपालिकाले आफ्ना विकासका बजेट काटेर भए पनि स्थानीयका लागि सहयोग गर्ने बताएका छन् । काठमाडौैं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले स्वास्थ्यभन्दा अरु ठूलो नहुने भएकाले सबै बजेट काटेर भए पनि महानगरबासीको स्वास्थ्यका लागि सक्दो सहयोग गर्ने बताए । उनले भने– ‘अहिले बजेटको कुरा नगरौं, पहिला महामारीबाट बचौं अनि अन्य काम गरौंला ।’

ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले भाडामा बसेका र खान नपुग्नेलाई राहत वितरण गरिसकेको जानकारी दिँदै भने– ‘विकास र अन्य भैपरी आउने बजेट व्यवस्थापन गरेर भए पनि राहत उपलब्ध गराइरहेका छौं ।’ उनले यस्तो विषम परिस्थितिमा जनतालाई राहत दिनु स्थानीय सरकारको पहिलो कर्तव्य भएको बताए। उनले भने– ‘पहिले राहतको काम गर्नेछौं, त्यसपछि बजेटको बारेमा सोचौंला ।’ काठमाडौं महानगरपालिकाले सबै वडालाई राहत रकम वितरण गरिसकेको छ । कामपाले राहत वितरण गर्न ठूला वडालाई ४, मझौलालाई ३ र सानालाई २ लाख रुपियाँ उपलब्ध गराइसकेको छ । सबै वडालाई दुईपटक रकम निकासा गरिसकेको बताउँदै मेयर शाक्यले भन्नुभयो– ‘अब तथ्यांक संकलन गरी तेस्रो चरणको राहत बाँड्नेछौं ।’

कामपाले दोस्रो चरणको राहतको विषयमा छलफल गरेर पछि मात्रै तेस्रो चरणको राहत वितरण गर्ने तयारी गरेको छ । ललितपुर महानगरले पनि पहिलो र दोस्रो चरणको राहत वितरण गरिसकेको जनाएको छ । महानगरका मेयर चिरिबाबु महर्जनले भाडामा बसेका र खान नपुग्नेलाई राहत वितरण गरिसकेको जानकारी दिए। उनका अनुसार ललितपुर महानगरपालिकाले विभिन्न शीर्षकको बजेट कटौती गरी राहत व्यवस्थापन गरेको हो । ललितपुरले दुई वर्षदेखि महानगरको राहत कोषमा जम्मा भएका १ करोड, वडाको आपत्कालीन कोषको केही र अन्य बजेटबाट तान्ने गरी ४ करोड गरी ५ करोड रुपियाँ कोरोना नियन्त्रणका लागि व्यवस्थापन गरेको छ ।

मेयर महर्जनले पहिलो र दोस्रो चरणको राहत वितरण गर्दा साल्ट ट्रेड्रिङसँग सम्झौता गरी वितरण गरेको बताए । आवश्यकताको आधारमा साल्ट ट्रेडिङले सामग्री उपलब्ध गराउने र सोको आधारमा बजेज व्यवस्थापन गर्ने काम भइरहेको मेयर महर्जनको भनाइ छ । काठमाडौं महानगरपालिकाले मेयर उज्यालो कार्यक्रमअन्तर्गत ५ करोड र महानगर विशेष कोषको ५ करोड रुपियाँ निकासा गरी राहत वितरण, सडक, अस्पताललगायत स्थानको सफाइ गरिरहेको छ ।

कामपाले काठमाडौंमा कोरोना संक्रमित देखिनासाथ अस्पताल, भीडभाड हुने स्थान, मन्दिर र सडकमा औषधीजन्य पानीले सफा गरिसकेको थियो । ललितपुर महानगरले पनि सबै वडाका सडक र अस्पताल सफा गरेको थियो । नेपाल समाचारपत्र दैनिक