• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा ★   सत्संगको क्रममा भागदौड, ५० बढीको मृत्यु ★   दिनेश कार्तिक आरसीबीको ब्याटिङ कोच र मेन्टरमा नियुक्त ★   विश्वविजेता भारतीय टोली ३६ घण्टा बार्बाडोसमै फस्यो, चार्टर्ड उडानबाट फिर्ता ल्याउने तयारी ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   गिरिजाप्रसाद कोईरालालाई स्मरण गर्दै नेताहरुले भने: शान्ति प्रक्रियालाई पूर्णता दिन ढिलाई गर्नुहुँदैन

शीतलहर र हुस्सुले जनजीवनमा असर



फाईल फोटो

राँझा । बाँकेमा तीन दिनदेखि जारी शीतलहर र हुस्सुले यहाँको जनजीवनमा असर परेको छ । बिहान र साँझ शीतलहरसँगै बाक्लो हुस्सु लाग्ने गरेकाले  नेपालगञ्जको तापक्रम घट्दै गएको छ । चिसोले गर्दा दैनिक ज्यालादारी काम गरेर खानेलाई समस्या हुनाका साथै बिहान विद्यालय तथा कलेज जाने विद्यार्थी पनि मर्कामा परेका छन् । 

नेपालगञ्जमा आज न्यूनतम तापक्रम १० डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान कार्यालयका इन्चार्ज पलबहादुर विकले जानकारी दिनुभयो । उहाँका अनुसार शीतलहर र हुस्सुका कारण अहिले भिजिबिलिटी ५० मिटर मात्र रहेको छ । भिजिबिलिटी कम भएका कारण नेपालगञ्ज विमानस्थलबाट कुनै पनि उडान हुन सकेका छैनन् । चिसो बढेसँगै स्थानीय प्रशासनले ठाउँठाउँमा आगो बालेर ताप लिनका लागि तयारी गरेको छ । प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले तत्काललाई पाँच हजार किलो दाउरा दिन वन कार्यालयमा पत्र पठाइसकेको जानकारी दिनुभयो । 

चिसोबाट सर्वसाधारणलाई जोगाउन बाँकेको जानकी गाउँपालिकाले ६ वटै वडामा रहेका गरिब, विपन्न, वृद्ध, अपाङ्गता भएका व्यक्तिहरुलाई न्यानो कम्बल वितरण गरेको छ ।जानकी गाउँपालिकाको वातावरण तथा विपद् व्यवस्थापन शाखाको आयोजनामा वडा नं १ देखि वडा नं ६ सम्मका नागरिकलाई न्यानो कपडा वितरण गरिएको गाउँपालिकाका कार्यवाहक अध्यक्ष भूमिसरा धितालले जानकारी दिनुभयो । गाउँपालिकाले सबैलाई समेटिने गरी २७० जनालाई कम्बल उपलब्ध गराएको उहाँको भनाइ थियो । रासस