१४ असार २०८३, आईतवार
,
Latest
आर्थिक विधेयक २०८३ः पुँजीगत खर्च र करका दरबारे सांसदहरूको ध्यानाकर्षण आर्थिक विधेयक, २०८३ प्रतिनिधि सभाबाट पारित बजेटलाई सघाउने गरि मौद्रिक नीति ल्याउँदैछौं : कार्यकारी निर्देशक पौडेल पेट्रोलियम पदार्थको मूल्यवृद्धि घटन अझै केही समय लाग्नेछः अर्थमन्त्री वाग्ले नेपाल टेलिकमले ल्यायो स्वतः नवीकरण हुने ‘सब्स्क्रिप्सन बेस्ड’ प्रिपेड प्याकेज आगामी वर्षबाट पुँजीगत खर्चको परम्परागत हविगत तोड्छौँः अर्थमन्त्री डा. वाग्ले शिक्षालाई अनुसन्धान, नवप्रवर्तन र ‘डिजिटल’ प्रविधिसँग जोड्नुपर्नेमा उपराष्ट्रपतिको जोड समता करले गरिबलाई असर पर्दैन, सार्वजनिक शिक्षा र स्वास्थ्य सुधारमै खर्च हुन्छ : अर्थमन्त्री वाग्ले सार्वजनिक शिक्षा र स्वास्थ्यको सुधारका लागि करको दायरा विस्तार गरिएको होः अर्थमन्त्री डा. वाग्ले ‘हरेक क्षेत्रको विकासका लागि प्रविधि अनिवार्य भएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

२४ घण्टामा नयाँ कोरोना संक्रमित फेला परेका छैनन् : स्वास्थ्य मन्त्रालय



अ+ अ-

काठमाडौं । पछिल्लो २४ घण्टामा कुनैपनि व्यक्तिमा कोरोना भाइरस संक्रमण नभेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कुनैपनि नयाँ संक्रमण फेला नपरेको बताउनुभयो । यस्तै प्रवक्ता देवकोटाले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा एमडीएमएसमा अध्ययनरत ३४ जना चिकित्सकहरुलाई सूदुरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट परिचालान हुने गरी उक्त प्रदेशको अस्पतालहरुमा खटाउने गरी पठाइएको बताउनुभयो । उहाँले चिकित्सकहरु आजै हवाइजहाज मार्फत धनगढी पुगिसकेको बताउनुभयो । उहाँले एक महिनाको अवधिका लागि पठाइएको र आवश्यकता अनुरुप समय थप हने बताउनुभयो । सूदुरपश्चिम पद्रदेशमा भारतबाट आउने नेपालीहरुको संख्या धेरै भएको र जोखिम बढी देखिएकाले चिकित्सकहरु पठाइएको उहाँले बताउनुभयो । यस्तै परीक्षणको दायरा बढाउन ललितपुरको पाटन अस्पतालमा समेत पीसीआर मेसिन जडान गरिएको उहाँले बताउनुभयो । यससँगै देशभर कुल १४ ठाउँबाट पीसीआर प्रविधिबाट कोरोना भाइरस (कोभिड–१९) परीक्षण गर्ने व्यवस्था मिलाइएको प्रवक्ता देवकोटाले बताउनुभयो ।

यसबाहेक सरकारले गत साता ५/५ हजारका दरले र्यापिड डाइगोनेस्टिक किट प्रत्येक प्रदेशमा पठाइएकोमा अहिले आवस्यकता अनुसार थप ३० हजार भन्दा बढी किटहरु पठाइएको बताउनुभयो । यससँगै करिब ७० हजारको संख्यामा र्यापिड किटहरु प्रदेशमा पठाइसकेको प्रवक्ता देवकोटाले बताउनुभयो । यस्तै आरडीटी विधिबाट परीक्षण गर्दा कोरोना भाइरस पोजेटिभ देखिएका व्यक्तिहरु सबैको पीसीआर प्रविधिबाट गरिएको परीक्षणमा नेगेटिभ देखिएको उहाँले बताउनुभयो । यस्तै केहीको परीक्षणको क्रममा नै रहेको उहाँले बताउनुभयो ।

अहिलेसम्म पीसीआरको कुल परीक्षण संख्या ७ हजार ६ सय ८८ पुगेको छ । र्यापिड डाइगोनेस्टिक टेस्टबाट गरिने परिक्षणको संख्या १६ हजार ५ सय ६५ पुगेको छ । कुल परीक्षण २४ हजार २ सय ५३ भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ८ सय २२ वटा नयाँ परीक्षण भएको छ । प्रवक्ता देवकोटाले अहिले सम्म दुई वटा जिल्ला र डोल्पामा र्यापिड डाइगोनेस्टिक किटबाट परीक्षण गर्ने व्यवस्था नभएको बताउनुभयो । उहाँले बाँकी ७५ वटै जिल्लामा परीक्षणको व्यवस्था भएको बताउनुभयो । अहिले सम्म क्वारेन्टाइनमा ४ हजार ६ सय ७ जना र आइसोलेसनमा ९० जना रहेको उहाँले बताउनुभयो ।

यस्तै उदयपुर र चितवनमा गरिएको पीसीआर परीक्षणमा केही व्यक्तिहरुमा संक्रमण देखिएको समाचार आइरहेको विषयमा भने स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलनमा कुनैपनि जानकारी गराएको छैन् ।