१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज, महाधिवेशनको मिति तय गर्ने



अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दै छ ।

काठमाडौंको प्रज्ञा भवन, कमलादीमा बिहान ११ बजेदेखि बैठक सुरु हुने छ ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन पेस गर्ने र विशेष महाधिवेशनका सम्बन्धमा छलफल हुनेछ ।

बैठकमा अध्यक्ष दाहालले केन्द्रीय कमिटी भंग गरी आफ्नै संयोजकत्वमा महाधिवेशन आयोजक समितिको घोषणा गर्ने छन् ।

यसअघि हिजो केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले केन्द्रीय समिति बैठकको एजेन्डा तय गरेको थियो ।

यसैगरी फागुन २१ गते आम निर्वाचन गर्ने, पार्टी एकता तथा ध्रुवीकरण, राहत तथा पुनर्निर्माण, जनपरिचालन तथा जनसम्बन्ध लगायतका एजेन्डामा बैठकमा छलफल हुनेछ ।

केन्द्रीय समिति बैठकले माओवादी केन्द्रको महाधिवेशनको मिति र स्थानसमेत तय गर्ने छ ।