१३ असार २०८३, शनिबार
,
Latest
आठ विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु नेपाली सेनाद्वारा बागमती ड्याममा मनसुनजन्य विपद् प्रतिकार्य तयारी अभ्यास सञ्चालन लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकार कार्यान्वयनमा अझै चुनौतीः सरोकारवाला ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम भूकम्प प्रभावित भेनेजुएलाको उद्धारका लागि स्पेनद्वारा ५४ सदस्यीय आपत्कालीन टोली परिचालन झल्किँदो धरहरा, रमाउँदै पर्यटक-फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य म्यानमारद्वारा ६० करोड अमेरिकी डलरभन्दा बढी मूल्यको लागुऔषध नष्ट रास्वपाको महाधिवेशन सम्पन्नः सभापति लामिछानेद्वारा परिपक्व राजनीतिको प्रतिवद्धता चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा एकैदिन भेटिए १४ जना कोरोना संक्रमित, संक्रमितको संख्या ३० पुग्यो



अ+ अ-


काठमाडौं । नेपालमा एकैदिन १४ जना कोरोना भाइरस संक्रमित भेटिएका छन् । यो सँगै यहाँ संक्रमितको संख्या ३० पुगेको छ। शुक्रबार एकै दिन उदयपुर र चितवनबाट १४ जना संक्रमित थपिएका छन्। उदयपुरको त्रियुगा नगरपालिका,३ भुल्केस्थित मस्जिदमा बसेका १६ जनामध्ये १२ जनामा कोरोनाको संक्रमण भेटिएको छ । उनीहरु भारतीयमा नागरिक भएको पाइएको छ । उनीहरुमा कोरोना संक्रमण भएको पुष्टि स्वास्थ्य मन्त्रालयले गरेको छ।

त्यसैगरी चितवन पनि दुई जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उदयपुर र चितवनका गरी १४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। विराटनगरमा रहेको प्रयोगशालामा पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा १२ जनाको रिपोर्ट पोजेटिभ आएको थियो। उनीहरुको रिपोर्टको अन्तिम निस्कर्ष निकाल्न त्यही नमूना टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो। यस्तै शुक्रबार थपिएका दुई जना संक्रमित चितवन राप्ती नगरपालिकाकामा पनि थपिएका छन्। उदयपुरमा भेटिएकामध्ये १२ जना पुरुष हुन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमित क्रमश ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ वर्षीय पुरुष छन्। चितवनको राप्तीमा भेटिएका दुवैजना पुरुष २७ र ६३ वर्षीय छन्। नेपालमा लकडाउन हुनुअघि नै आएर बसेका भनिएका उनीहरुको कोशी अञ्‍चल अस्पतालको ल्याबमा कोरोना परीक्षण गर्दा आठजनामा ुपोजेटिभ’ देखिएको हो। र्‍यापिड टेस्ट गरिएका १६ जनाकै शंका लागेर बिहीबार परीक्षण गर्दा १२ मा कोरोना पोजेटिभ देखाएको हो। बिराटनगरमा गरिएको परीक्षणपछि उनीहरुको स्वाब काठमाडौंस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाउँदा पनि पोजेटिभ नै आएको हो। उनीहरुको स्वाब बिहीबार राति नै सामाजिक विकास मन्त्रालयले गाडीमार्फत राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाएको थियो। टेकुमा पुनः परीक्षणपछि स्वास्थ्य मन्त्रालयले उक्त कुराको पुष्टि गरेको हो।