५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेनजीको भावनाअनुरुप राजनीतिक दल परिमार्जन हुनुपर्छ-विश्वप्रकाश शर्मा



फाइल फोटो
अ+ अ-

झापा। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जेनजी पुस्ताको भावनाअनुरुप राजनीतिक दलहरूले आफूलाई परिमार्जन गर्दै जनताका बीचमा जानुपर्ने धारणा राख्नुभएको छ ।

गत भदौ २४ गते जेनजीद्वारा गरिएको प्रदर्शनका क्रममा तोडफोड र आगजनीबाट क्षति पुगेका जिल्लाका कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) कार्यालयको भवन अवलोकनपछि उहाँले सिंहदरबारसहित देशभरका सार्वजनिक सम्पत्ति तथा निजी घरमा भएको आगजनी र तोडफोड जेनजी प्रदर्शनको माग र भावना विपरीत रहेको दाबी गर्नुभयो ।

कांग्रेसका पूर्वमहामन्त्री कृष्ण सिटौलाले देशको वर्तमान परिस्थितिमा राजनीतिक दलहरूले आ–आफ्नो पार्टीभित्र एकता कायम गर्दै लोकतन्त्रवादी दलहरूले आपसी सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले जेनजीको प्रदर्शनमा घुसपैठ भएको बताउँदै जेनजीको माग विपरीत देशभरि भएका लुटपाट, हिंसा र आगजनीका घटनाका योजनाकार र संलग्न व्यक्ति समयक्रमसँगै खुल्दै जाने विश्वास व्यक्त गर्नुभयो ।

नेकपा एमालेका प्रेम गिरी र पूर्वसांसद हरिचरण शिवाकोटीले दलहरूको भावी कार्यक्रमका बारेमा कांग्रेस नेताहरूसँग जिज्ञासा राख्नुभएको थियो । आगजनीबाट कांग्रेस जिल्ला पार्टी कार्यालयमा रु १० लाख बढीको क्षति पुगेको कार्यालयका सचिव जयकुमार दाहालले जानकारी दिनुभयो ।रासस