१२ भाद्र २०८३, शुक्रबार
,
Latest
परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान काठमाडौँ महानगरले बाढी प्रभावितलाई सहयोग गर्ने पूर्वअध्यक्ष रेग्मीद्वारा बढी प्रभावितलाई सहयोगका लागि आह्वान सम्पर्कविहीन हेटौँडावासीको खोजीमा नगरप्रमुखसहितको टोली आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर इप्पानले पाँच करोड सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेमिट्यान्स झण्डै एक खर्ब घट्ने



अ+ अ-

काठमाडौं । कोभिड–१९ को विश्वव्यापी महामारीका कारण चालु आर्थिक वर्षमा नेपालको रेमिट्यान्स आय करिब १० प्रतिशतले घट्ने अनुमान विज्ञहरुले गरेका छन् ।

विभिन्न रोजगार गन्तव्यमा रहेका लाखौँ नेपाली श्रमिक कोरोनाको जोखिममा छन्, थुप्रै मुलुकले श्रमिक कटौति नीति लिएका छन् । यसबाट नेपालको रेमिट्यान्स आय दुई अंकको दरमै घट्ने देखिएको नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले शुक्रबार आयोजना गरेको भिडियो कन्फेरेन्समा सहभागी विज्ञहरुले बताएका हुन् ।

कोरोनाका कारण धेरै मुलुकका रोजगारदाताले श्रमिक कटौती गरेका छन् । कटौतीमा नेपाली पनि परेका छन् । यसले गर्दा यो वर्ष नेपाल भित्रिने रेमिट्यान्स १० प्रतिशतले घट्न सक्ने अनुमान गरिएको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुणाकर भट्टले बताए । यो समाचार आजको नागरिक दैनिकमा छ ।