१४ श्रावण २०८३, बिहीबार
,
Latest
इराकमा इरान समर्थित लडाकु समूहमाथि अमेरिका र साउदी अरबद्वारा हवाई आक्रमण इरानमाथि कडा जवाफी कारबाही गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी अमेरिकी र साउदी हवाई आक्रमणमा मारिएका सुरक्षाकर्मीको इराकमा अन्त्येष्टि ‘आइपीओ रोकेर धितोपत्र बोर्डले निजी क्षेत्रमाथि अपराध गर्‍यो’: इप्पान अध्यक्ष डाँगी रोपाइँका समयमा ‘ट्रान्सफर्मर’ चोरी भएपछि किसान समस्यामा पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध पाथीभारा माता भनिने थापा प्रहरी नियन्त्रणमा यसरी बनाइँदैछ ‘स्मार्ट हुलाक’, घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

वडाबाटै सेवा प्रदान गर्न मुख्यमन्त्री कँडेलको आग्रह



अ+ अ-

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले ‘जेनजी’ प्रदर्शनपछि आगजनी गरिएका वीरेन्द्रनगर नगरपालिकाका वडाअध्यक्षहरूसँग छलफल गर्नुभएको छ ।

प्रदर्शनका क्रममा नगरपालिकाका १२ वडा कार्यालयमा आगजनी र तोडफोड गरिएपछि ती वडाले हाल जिल्ला समन्वय समितिको हलबाट सेवा दिइरहेका छन् । मुख्यमन्त्री कँडेल आज जिल्ला समन्वय समितिको हलमै पुगेर सेवाग्राहीसहित वडा अध्यक्षसँग छलफल गर्नुभयो । यहाँबाट असोज ५ गतेदेखि एकीकृत सेवा सञ्चालन भइरहेको छ ।

मुख्यमन्त्री कँडेलले अवस्था सामान्य बन्दै गएकाले एक थान कम्प्युटर राखेर जलेकै भवनबाट भए पनि सेवा प्रवाह गर्न सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “भौतिक संरचना नोक्सान भए पनि जति बचेको छ, त्यहीबाट सेवा प्रवाह गर्दा राम्रो सन्देश जान्छ । सबै वडाका कार्यालय एकै ठाउँमा राख्दा नागरिकलाई सेवा प्राप्त गर्न झन्झटिलो हुन्छ । त्यसैले जतिसक्दो छिट्टै वडामै फर्केर सेवा दिनुहोस् ।”

प्रदर्शनका क्रममा सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा व्यापक तोडफोड र आगजनी भएको थियो । नगरपालिकाको भवन, नक्सा शाखा, पूर्वाधार शाखालगायत महत्त्वपूर्ण इकाइमा क्षति पुगेको छ । यहाँका सात वटा वडा कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् ।

वडा नं २, ३, ४, ५, ६, १० र ११ का कार्यालय पूर्णरूपमा ध्वस्त भएका छन् भने वडा नं १, ७, ८, ९ र १२ मा आंशिक क्षति पुगेको छ ।रासस