५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा

चाडपर्व आयो, मन खुसी छैन

चाडपर्व आयो, मन खुसी छैन
अ+ अ-

काठमाडौँ । आज बिहानै गोमा विष्ट शङ्खमूल पार्क छेउमा माटो र बालुवा खोज्दै गरेको भेटिनुभयो । उहाँले सोमबार घटस्थापनाको दिन जमरा राखेर दसँैको प्रारम्भ गर्नुभयो । पुजाको तयारी गर्नुभएका उहाँले भन्नुभयो, “दसैँ त आयो, तर, मन खुसी आएन ।”

गोमाले भन्नुभएझैँ, नजिकिएको दसैँमा विगतको जस्तै उत्साह देखिएको छैन । एक साताअघिको जेनजी प्रदर्शनको गहिरो प्रभाव अझै धेरैको मनबाट हटेको छैन । कतिपय सहिद तथा घाइते परिवार त झन् शोकमै छन् ।

उहाँले जेनजी प्रदर्शनमा ज्यान गुमाएका युवाहरूले न्याय पाउने आशासँगै देशमा शान्ति छाओस् भनी कामना गरेको सुनाउनुभयो ।

दसैँमा प्रायः काठमाडौँ सुनसान हुन्छ । बाहिर बस्नेहरू घर जाने भएपछि काठमाडौँ खाली हुन्छ । त्यो खालिपनमा यहाँका स्थानीयहरू शान्त भएर बस्न पाउने बताउँछन् । तर, पाटनका भक्तमान श्रेष्ठ भने यसपालिको दसैँमा सडक गल्ली शान्त भएपनि मन शान्त नहुने बताउनुहुन्छ ।

जेलबाट भागेका अपराधीहरू टोलभरि छन् । शान्त र सुरक्षित भएर कसरी दसैँ मनाउने ? उहाँको मनमा खड्किएको प्रश्न हो यो । उहाँ भन्नुहुन्छ, “प्रहरी कार्यालय जलेका छन्, अपराधीहरू बाहिरै घुमेका छन् । पर्वमा चोरी डकैती बढ्ने डर छ नि ।” उहाँका अनुसार यस पालिको दसैँमा एकातिर देशका होनहार युवा गुमाउनु परेको पीडा छभने अर्कोतिर राजनीतिक कारण निश्चिन्त भएर मनाउने अवस्था छैन ।

जेनजी प्रदर्शनमा स्वतःस्फूर्त होमिनुभएको थियो, बानेश्वरकी भवानी निरौला । उहाँसँगै आन्दोलनमा थुपै्र साथीहरू घाइते भएका छन् भने केहीले ज्यान गुमाए । “गोली लागेर साथी अस्पतालमा छ, दसैँमा कसरी खुसी हुन सकुँला र रु”, २० वर्षीया निरौला भन्नुहुन्छ ।

बानेश्वरस्थित फुटपाथ सस्तो बजारका व्यापारी विक्रम भट्टराईका अनुसार विगतमा जस्तो दसैँ किनमेलमा उत्साह छैन । एक साताअघि गोलीको बर्सा भएको अझै उहाँको कानमा गुन्जिन्छ ।

कोटेश्वर बस्ने टीका गौतम आज भृकुटीमण्डमा दसैँका लागि किनमेल गर्न पुग्नुभयो । घरमा आवश्यक सामान र बालबालिकालाई लत्ताकपडा किन्नुभयो । दसैँका लागि किनमेल गरिरहनुभएका उहाँले भन्नुभयो, “केटाकेटीलाई खुसी पार्नु पर्यो, आफ्नो मनमा भने दसैँको उत्सव त्यति छैन ।”

मनोविद् गोविन्द ढकालका अनुसार चाडपर्वले आफन्तमाझ खुसियाली आदानप्रदान गर्छ । यसले समाजमा सामाजिक सद्भाव सिर्जना गर्नाका साथै वर्षभरिको तनाव पिरमर्कालाई पखालेर हलुको बनाउन मद्दत गर्छ । तर, यस वर्ष देशको स्थिति अनुकूल नहुँदा उत्सवमय बन्न नसकेको उहाँको भनाइ छ । असुरक्षित समाज, राजनीतिक अस्थिरताका कारण समाजमा चाडपर्वलाई उत्साहजनक बनाउन कठिनाइ भएको उहाँले बताउनुभयो ।

जेनजी आन्दोलनका क्रममा ७० भन्दा बढी यवा वर्गाको मृत्यु भएको, घाइतेहरू अस्पतालमा छट्पटाइरहेका, क्षतिको आँकलन गर्न सक्ने अवस्था नरहेको, सार्वजनिक संरचना ध्वस्त भएको, सवारी साधन जलेका तथा कैयौँ लेटेराहरू जेलबाट भागेको अवस्थामा यस वर्षको बडादशैँ खुसी र अर्षोल्लासका साथ मनाउने अवस्थामा नरहेका जेनजी पुस्ताका अगुवाहरू बताउनुहुन्छ । तर पनि आआफ्नो गच्छेअनुसार परापूर्वकालदेखि मानिआएको दसैँ पर्व मनाउँदै हाम्रो मौलिक धर्म, संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्नुपर्ने दायित्व हामी नेपालीकै भएकाले त्यसतर्फ ख्यान गर्न सम्बद्ध सबैसँग जेनजी पुस्ताका तर्फबाट अनुरोध गरिएको छ । रासस