२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar विश्व दृष्टि दिवसः आँखा स्वास्थ्यमा बेवास्ता नगरौँ, दृष्टि जोगाउनु अवसर जोगाउनु पनि हो News Polar कांग्रेस १५ औँ महाधिवेशनः मतदाताको अन्तिम नामावली प्रकाशन, सात हजार ११४ प्रतिनिधि कायम News Polar बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ News Polar बाढी गएको एक वर्ष बित्यो, बाजुराका २१० परिवार अझै विस्थापित News Polar झोलुङ्गे पुलमा क्षतिपश्चात् पठनपाठन प्रभावित News Polar बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति News Polar सुन्तलामा रोग लागेपछि किसान चिन्तामा News Polar बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी News Polar अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गा बीच अमेरिकामा भेटवार्ता News Polar जमुनाहा नाकामा यात्रु सहायता कक्ष News Polar बैंकिङ कसुरमा फरार रहेका एक पक्राउ News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर

कोभिडबाट मृत्यु भएकाको परिवारलाई आर्थिक सहायता वितरण

कोभिडबाट मृत्यु भएकाको परिवारलाई आर्थिक सहायता वितरण
अ अ+ अ-

नवलपुर । स्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) ले कोभिड–१९ का कारण अस्पतालमा मृत्यु भएका जिल्लावासीको परिवारलाई आर्थिक सहायता उपलब्ध गराएको छ । कार्यालयले पुस महिनामा जिल्लाका ७८ जना मृतकको परिवारलाई रु ५० हजारका दरले आर्थिक सहायता उपलब्ध गराएको हो । 
    
कोभिड–१९ का कारण मृत्यु भएका व्यक्तिको परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने सम्बन्धी अवधारणापत्र–२०७८ बमोजिम कार्यालयले रकम प्रदान गरेको हो । स्वास्थ्य कार्यालय प्रमुख वरिष्ठ जनस्वास्थ्य प्रशासक केशवप्रसाद चापागाईंंका अनुसार कोभिड–१९ का कारण मृत्यु भएका मध्यविन्दु नगरपालिकाका २७, कावासोती नगरपालिकाका २७, देवचुली नगरपालिकाका १३, विनयी त्रिवेणी गाउँपालिकाका आठ, हुप्सेकोट गाउँपालिकाका तीन जना गरी ७८ जनाको परिवारले आर्थिक सहायता पाएका छन् ।

 गण्डकी प्रदेश सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयको कार्यक्रममार्फत कोभिड–१९ का कारण मृत्यु भएका व्यक्तिको परिवारलाई प्रति परिवार रु ५० हजारका दरले आर्थिक सहायता उपलब्ध गराइएको चापागाईंंले बताउनुभयो । 

स्वास्थ्य कार्यालय नवलपुरले जिल्लाका आठवटै स्थानीय तहलाई पत्राचार गर्दै स्थानीय तहमा कोभिडका कारण मरेका व्यक्तिको तथ्याङ्क मागेको थियो । “नवलपुरभित्रका स्थायी बासिन्दाको जुनसुकै अस्पतालमा उपचारका क्रममा कोभिड–१९ का कारण मृत्यु भए पनि उनीहरुलाई आर्थिक सहायता उपलब्ध गराएको छ”, चापागाईंंले भन्नुभयो, “मृतकका परिवारले कार्यालयलाई विवरण उपलब्ध गराएको मितिले १० दिनभित्र उहाँहरुको खातामा रकम पठाएका छौँ ।” मृतकका परिवारको खतामा १० दिनसम्म पनि पैसा नगएको भएमा पुनः कार्यालयमा सम्पर्क राख्न समेत चापागाईंंले आग्रह गर्नुभएको छ । 

कोभिड–१९ का कारण अस्पतालमा मृत्यु भएका व्यक्तिका परिवारलाई मात्रै आर्थिक सहायता दिने भनेर कार्यविधि बनेकाले कोभिड लागेर घरमा नै मृत्युवरण गरेका व्यक्तिको परिवारलाई भने आर्थिक सहायता उपलब्ध गराउन नमिल्ने चापागाईंंले बताउनुभयो । जिल्लामा कोभिड–१९ बाट मृत्यु भएका १४० व्यक्तिको परिवारलाई उपलब्ध गराउन पुग्ने रकम निकासा भइसकेको भन्दै चापागाईंले त्यो भन्दा बढी निवेदन परेमा प्रदेश सरकारसँग रकम निकासाका लागि माग गरिने बताउनुभयो । चापागाईंका अनुसार जिल्लामा कोभिड–१९ का कारण हालसम्म १७३ जनाको मृत्यु भइसकेको छ । 

आर्थिक सहायता प्राप्त गर्नका लागि मृतकका परिवारले मृतकको कोभिड–१९ पोजेटिभ भएको रिपोर्ट, अस्पतालमा मृत्यु भएको प्रमाणपत्र, मृत्युदर्ता प्रमाणपत्रको प्रतिलिपी, आर्थिक सहायता दाबी गर्ने मृतकको नजिकैको नातेदारको नेपाली नागरिताको प्रमाणपत्रको प्रतिलिपी, आर्थिक सहायता दाबी गर्ने नजिकैको नातेदारको मृतकसँगको नाता प्रमाणित प्रतिलिपी अनिवार्य पेस गर्नुपर्ने चापागाईंले बताउनुभयो । 

गैँडाकोट नगरपालिकाले भने कोभिड–१९ बाट मृत्यु भएका व्यक्तिको परिवारको फारम आफैले सङ्कलन गरेको छ । नगरपालिकाले नगरवासीको फारम सङ्कलन गरेर एकमुष्ठरुपमा स्वास्थ्य कार्यालयमा बुझाएर मृतकका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने गरी काम गरेको नगरप्रमुख छत्रराज पौडेलले बताउनुभयो । गैँडाकोटबाट स्वास्थ्य कार्यालयमा जानका लागि टाढा भएकाले नगरपालिकामा नै सबै कागजपत्र सङ्कलन गरिएको पौडेलले बताउनुभयो । रासस