२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूमिमन्त्री सिन्हाले गरे पदभार ग्रहणः भू-उपयोग नियमावली संशोधन गर्ने निर्णय



अ+ अ-

काठमाडौँ । नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री अनिलकुमार सिन्हाले पदभार ग्रहण गर्नुभएको छ ।

मंगलवार सिंहदरबारस्थित मन्त्रालयमा पुगेर मन्त्री सिन्हाले पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहण गर्दै उहाँले भू—उपयोग (दोस्रो संशोधन) नियमावलीलाई संशोधन गर्ने निर्णय पनि गर्नुभएको छ ।

भू—उपयोग नियमावली बाधक बन्धा विद्युत लाइन विस्तार र अन्य विकास निर्माणका काममा समेत बाधा पुगेको भन्दै उहाँले यस्तो निर्णय गरिएको बताउनु भयो । उहाँले भू—उपयोग नियमावलीका कारण कित्ताकाट रोकिएको भन्दै उक्त निर्णय गरेको उहाँको भनाइ छ । उहाँले सहकारी क्षेत्रमा रहेका समस्याहरु समाधान गर्न आफू लागिपर्ने पनि बताउनु भयो । सरकारले भू—उपयोगसम्बन्धी केन्द्रिकृत शासन प्रणालीबाट हटाएर स्थानीय तहलाई जिम्मेवारी दिने घोषणा पनि गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘मैले पहिलो निर्णयको रुपमा भू—उपयोग (दोस्रो संशोधन) नियमावली, २०८१ लाई लाई संशोधन गर्ने भनेर प्रक्रिया अगाडि बढाएका छौं । अहिले कित्ताकाटहरु रोकिएका छन् । कित्ताकाट रोकिएको कारण विद्युतका ट्रान्समिसन लाइन र अन्य विकास निर्माणका काम पनि रोकिएको अवस्था छ । त्यो समस्याहरु हटाउनको लागि नियमावलीको आवश्यकता देखिएको कारणले संशोधन गर्न गइरहेका छौँ । अन्य कुराहरु पनि छन् । स्थानीय तहलाई दिइएका अधिकारहरु पनि विभिन्न कारणले रोकिएका छन् । केन्द्रिकृत शासन प्रणालीलाई विकेन्द्रिकृत गरेर स्थानीय तहलाई जवाफदेही बनाउने खालको निर्णय भू—उपयोगसम्बन्धमा गरेका छौं ।’

मन्त्री सिन्हा सर्वोच्च अदालतका पूर्वन्यायाधीश हुनुहुन्छ । १७ साउन २०७३ मा सर्वोच्च अदालतको न्यायाधीश नियुक्त हुनुभएका उहाँ ६५ वर्षे उमेर हदका कारण १४ कात्तिक २०८० मा निवृत्त हुनुभएको थियो ।




भर्खरै