१४ असार २०८३, आईतवार
,
Latest
मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने भन्सार छली ल्याइएका २४ लाखका मोबाइल सेट बरामद जनसम्बन्ध सुदृढ गर्न आत्ममन्थन आवश्यक छः पूर्वराष्ट्रपति भण्डारी मौलिक तथा परम्परागत खेल महोत्सव सम्पन्न बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाको घोषणा : ‘यसैवर्ष स्वदेश फर्कन्छु’ लुम्बिनीमा वन संरक्षण र हरियाली प्रवर्द्धनको बृहत् अभियान स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुमा विद्यमान राजनीति अन्त्य गर्न संशोधन विधेयक ल्याइएको होः मन्त्री मेहता सहकारी पीडितको वचत रकम फिर्ता गर्नेबारे सरकारः कुन–कुन राईलाई ल्याउनुपर्छ ल्याउँछौँ सहकारी (पहिलो संशोधन) विधेयक स्वीकृत कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आस्था, उमंग र मिलनको उत्सव दशैं (फोटो फिचर)



अ+ अ-

काठमाडौं । नेपालीहरुको सबैभन्दा ठूलो चाड दशैं सुरु भएसँगै देशभर उत्सवको माहोल छाएको छ ।

राजधानीदेखि गाउँ–बस्तीसम्म आँगनमा जमरा उमारिएका छन्, परिवार मिलनका तयारी तिव्र छन्, र बजारमा चहलपहल बढेको छ ।

दशैंलाई नेपालीहरूले मात्र धार्मिक पर्वका रूपमा होइन, परिवार भेटघाट, आस्थाको प्रतीक र संस्कृतिको धरोहरका रूपमा मनाउँछन् ।

गाउँका बालबालिकाले बाँसको ठूलो पिङमा उफ्रिँदै दशैंको मजा लिनथालेका छन् । घर रंग रोगन गर्ने चटारो देखी बाटो घाटो सामुहिक रुपमा सफाईको रौनक छुट्टै छ ।

नवदुर्गा पूजासँगै सुरु हुने दशैं नवमीका दिन देवी मन्दिरहरूमा घण्टीको आवाज गुञ्जिन्छ । श्रद्धालुहरूले बलिपूजा, फूल–माला चढाउँदै आशिर्वाद मागिरहेका देखिन्छन् ।

दशैंलाई धेरैले “घर फर्किने पर्व” पनि भन्छन् । विदेश वा शहरमा व्यस्त जीवन बिताउनेहरू यस अवसरमा आफ्ना गाउँ फर्किन्छन् । आँगनमा अँगालोमा भेट हुँदा उम्किने आँसु र खुशी दशैंको संवेदनशील पक्ष हो ।

दशैंको परिवार र आफन्तसँग मिलेर खाने आत्मीयता र सम्बन्धलाई अझ गाढा बनाउने संस्कारका रूपमा चिन्निन्छ ।

फोटो पत्रकार मिथुन कुँवरले खिचेका दशैं झल्काउने केही तस्वीर ।