२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar विश्व दृष्टि दिवसः आँखा स्वास्थ्यमा बेवास्ता नगरौँ, दृष्टि जोगाउनु अवसर जोगाउनु पनि हो News Polar कांग्रेस १५ औँ महाधिवेशनः मतदाताको अन्तिम नामावली प्रकाशन, सात हजार ११४ प्रतिनिधि कायम News Polar बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ News Polar बाढी गएको एक वर्ष बित्यो, बाजुराका २१० परिवार अझै विस्थापित News Polar झोलुङ्गे पुलमा क्षतिपश्चात् पठनपाठन प्रभावित News Polar बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति News Polar सुन्तलामा रोग लागेपछि किसान चिन्तामा News Polar बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी News Polar अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गा बीच अमेरिकामा भेटवार्ता News Polar जमुनाहा नाकामा यात्रु सहायता कक्ष News Polar बैंकिङ कसुरमा फरार रहेका एक पक्राउ News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर

दक्षिण अफ्रिकाको संसदमा फेरि आगलागी

दक्षिण अफ्रिकाको संसदमा फेरि आगलागी
अ अ+ अ-

केपटाउन । आगलागीले पूर्णरुपमा नष्ट भएको दक्षिण अफ्रिकाको मुख्य संसद्मा आगो सोमबार पुनः आगलागी भएको अधिकारीहरुले बताएका छन् । एक सय ३० वर्ष पुरानो भवनहरुको पुनर्निर्माण सुरु भएको ३६ घण्टामा पुनः आगो लागेको हो । 

“आगो र उद्धार दलले संसद् भवनमा आगो लागेको पुष्टि गर्दछन्, राष्ट्रियसभाको छतको जस्तापाता तल खाली भएको स्थानमा आगो सल्किएको छ”, शहरको दमकल सेवाका प्रवक्ताले सोमबार दिउँसो भने। घटनास्थलमा करिब ५० फायर फाइटरहरू आगो निभाउने क्रममा रहेको बताइएको छ ।

आइतबारको आगलागीका कारण राष्ट्रियसभाको तल्लो सदन न्यू विङको छाना ध्वस्त भएको छ । ओल्ड विंगको छत, जुन सन् १८८४ मा बनेको थियो । माथिल्लो सदन नेसनल काउन्सिल अफ प्रोभिन्सेस (एनसीओपी) को घर पनि आंशिकरूपमा भत्किएको थियो ।

राष्ट्रिय सभाकोभित्री भाग पूर्णरूपमा चिन्न नसकिने अवस्थामा छ । आगोले नष्ट गर्न सक्ने सबै नष्ट भएको छ । प्रहरीले ४९ वर्षीय पुरुषलाई आगजनी र चोरीलगायत अन्य कसुरमा मुद्दा दायर गरेको छ र उनी मङ्गलबार अदालतमा उपस्थित हुने अपेक्षा गरिएको छ।

राष्ट्रियसभाका सभामुखले ती व्यक्तिले आगजनी गरेको पुष्टि भएमा देशको लोकतन्त्रमाथि प्रहार हुने बताउनुभयो । “यो एकदमै असामान्य प्रकारको अवस्था हो”, सभामुख नोसिभिवे मापिसा–नकाकुलाले भन्नुभयो, “सानो बच्चाले पनि सोध्ने प्रश्न यो हो, यो कसरी सम्भव छ जुन आगो पुरानो सभाको केही भागबाट नयाँ कोठामा पुग्छ ? हामीलाई थाहा छैन”।

यसअघि सोमबार आगोको ज्वाला फेरि बल्झनुअघि केही स्रोत मात्रै बाँकी रहेकाले घटनास्थलमा दमकलको सङ्ख्या ७० बाट एक दर्जनमा झरेको थियो ।