२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भारतमा ठूलो प्रदर्शनअघि ‘कक्रोच’ आन्दोलनका प्रमुखसहित तीन नेता पक्राउ News Polar फोटो पत्रकारितामा एआई प्रविधि र प्रतिलिपि अधिकार चुनौतीः अध्यक्ष वन्त News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा News Polar शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक

चीनको चियुवानमा पहिलो ‘महान् संस्कृति तथा कला सप्ताह’ सुरू

चीनको चियुवानमा पहिलो ‘महान् संस्कृति तथा कला सप्ताह’ सुरू
अ अ+ अ-

चियुवान, चीन – चीनको चियुवान शहरमा पहिलो पटक ‘महान् संस्कृति तथा कला सप्ताह’ र ‘बाँदर राजा प्रतियोगिता’ सुरु भएको छ।

‘चीनको बाँदर पर्वत, चियुवानको सांस्कृतिक शोभा’ नारासहित सुरु गरिएको सप्ताहले चिनियाँ परम्परागत संस्कृतिको उत्थान, चियुवानको सांस्कृतिक–पर्यटन ब्रान्ड प्रवर्द्धन र ‘हनान घुमौं, चीन बुझौं’ अभियानलाई प्रबद्र्धन गर्ने उद्देश्य राखेको छ।

उद्घाटन समारोहमा बाँदर नाच, युद्धकला र नृत्यका आकर्षक प्रस्तुतिहरू देखाइएको थियो ।

करिब ३०० जना ‘सुन्दर बाँदर राजा’ प्रतिस्पर्धीहरूको सामूहिक उपस्थिति दर्शकका लागि मुख्य आकर्षण थियो। कार्यक्रममा चीन–नेपाल सांस्कृतिक दूत तथा प्रसिद्ध कलाकार लियु स्याओलिङथोङ पनि सहभागी रहनु भएको थियो ।

कार्यक्रमको विशेषता चीनको बाँदर पर्वत र नेपालको स्वयम्भूनाथ बाँदर मन्दिरबीच गरिएको भिडियो सांस्कृतिक संवाद रह्यो। यस संवादमार्फत् दुई देशबीच ‘वानर’ प्रतीकको साझा आध्यात्मिक सम्बन्धलाई प्रकाश पारिएको थियो।

नेपालका पूर्वराजदूतहरूले पनि कार्यक्रममा शुभकामना सन्देश पठाए। पूर्व राजदूत लीलामणि पौडेलले बुद्ध, कन्फ्युसियस र महामञ्जुश्री जस्ता ऐतिहासिक व्यक्तित्वहरूले दुई देशबीचको सम्बन्ध मजबुत बनाएको उल्लेख गर्दै मित्रता अझ गहिरो बनाउन निरन्तर प्रयास आवश्यक भएको बताए।

पूर्वराजदूत टंक कार्कीले मञ्जुश्री बोधिसत्वको नेपाल भ्रमणको किम्वदन्ती र चिनियाँ यात्री फासियान तथा ह्वेनसाङका ऐतिहासिक भ्रमणहरूले सम्बन्धलाई ऐतिहासिक गहिराई दिएको बताए।

पूर्वराजदूत विष्णुपुकार श्रेष्ठले सुन वुकोंगको लोकप्रियता नेपालमा समेत रहेको र यसले जनस्तरमै सम्बन्धलाई बलियो बनाएको धारणा राखे।

यसैगरी धुलिखेल नगरपालिकाका पूर्व उपमेयर सुवासकाजी श्रेष्ठले स्वयम्भूनाथ महाचैत्य र चीनको बाँदर पर्वतलाई २५०० वर्षको बौद्ध ज्ञानको प्रतीक बताउँदै बाँदरले मानव, प्रकृति र आध्यात्मिकताको सन्तुलन जनाउने टिप्पणी गरे।

कार्यक्रममा ‘पश्चिम यात्रा सांस्कृतिक आदानप्रदान केन्द्र’को उद्घाटनसमेत गरियो। त्यस्तै लियु स्याओलिङथोङले सुन वुकोंगको पोशाकमा ३०० जना बाँदर राजासँगै विश्व कीर्तिमान कायम गरेका थिए। सप्ताहव्यापी महोत्सव सेप्टेम्बर २७ सम्म चल्नेछ।

यस अवधिमा लोककथा, कला प्रदर्शन, अन्तर्राष्ट्रिय संवाद, विद्यालयस्तरीय कार्यक्रम र सांस्कृतिक–पर्यटन प्रवर्द्धनका गतिविधि हुनेछन्। आयोजकहरूले यस महोत्सवले चियुवानलाई सांस्कृतिक नवप्रवर्तन र आदानप्रदानको केन्द्रका रूपमा स्थापित गर्ने विश्वास व्यक्त गरेका छन्।