काठमाडौं । पहिरो हटाएसँगै नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी खुलेको छ ।
नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोलानजिक खसेको पहिरो हटाएसँगै आइतबार सवा ४ बजेबाट राजमार्ग एकतर्फी सुचारु भएको हो ।
पहिरो खसेपछि शुक्रबारदेखि सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको थियो । नारायणगढ र मुग्लिनतर्फबाट मेसिन प्रयोग गरी आज बिहान चार बजेदेखि पहिरो पन्छाउन सुरु गरिएको थियो ।










