२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना कोष: स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको तलब कट्टी नहुने



symbolic picture
अ+ अ-

सरकारले कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषका लागि स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको तलब कट्टी नगर्ने भएको छ । संकटको समयमा अग्रपंक्तिमा खटिएकाहरूको तलब कट्टी गर्दा उनीहरूको मनोबल खस्कने भन्दै आलोचना भएपछि यसलाई ऐच्छिक बनाउने निर्णय गरिएको हो । गत ३ वैशाखमा बसेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले प्रत्यक्ष रूपमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको हकमा तलब कट्टी स्वैच्छिक बनाउने निर्णय गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले यसबारे सबै निकायलाई पत्राचार गरिसकेको छ ।

उच्चस्तरीय समितिका सदस्यसचिवसमेत रहेका प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीका अनुसार प्रहरीको अधिकृतभन्दा तल्लो तहको तलब नकाट्ने निर्णय पहिले नै भएको हो । ‘अन्यको हकमा पनि यसलाई स्वैच्छिक बनाउने निर्णय भएको छ,’ उनले भने, ‘सहमतिविना कसैको तलबबाट कट्टी गर्न पाइँदैन ।’

सरकारले विशिष्ट श्रेणी र राजपत्रांकित कर्मचारीको सात दिनको, राजपत्रांकित द्वितीय तह र तृतीय तहका कर्मचारीको पाँच दिनको र राजपत्रअनंकित र श्रेणीविहीन कर्मचारीको तीन दिनको तलब कट्टी गर्ने निर्णय गरेको थियो । सरकारले सबै राष्ट्रसेवक कर्मचारीको हकमा यस्तो निर्णय गरेको थियो । तर, संकटको वेला अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको समेत तलब कट्टी गर्ने निर्णयको चौतर्फी आलोचना भएपछि स्वैच्छिक बनाउन निर्देशन दिइएको हो ।

नेपाल प्रहरीले आइजिपी, एआइजी, डिआइजी र एसएसपीको सात दिन, एसपी, डिएसपी र इन्स्पेक्टरको पाँच दिन तथा सइ र असइको तीनको तलब कट्टी गर्न देशभर पत्राचार गरिसकेको छ । नेपाली सेना र सशस्त्रले भने कसरी कट्टी गर्ने भन्ने निर्णय गरेका छैनन् । नयाँ पत्रिका दैनिक