१९ मंसिर २०८२, शुक्रबार
,
Latest
भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेन–जी आन्दोलनः बढ्दो भ्रष्टाचार, बेरोजगारी र असमानताको उपज



अ+ अ-

काठमाडौँ । नेपालको राजनीतिक इतिहास लामो संघर्ष, विद्रोह र उतार–चढावको श्रृंखलाले भरिएको छ ।

२००७ साल यताका प्रजातान्त्रिक आन्दोलन, पञ्चायती व्यवस्था, जनआन्दोलन, जनयुद्ध र २०६२/२०६३ को जनआन्दोलनले पटक पटक नयाँ व्यवस्था जन्मायो । अन्ततः वि.स.२०६२/६३ को जनआन्दोलनले मुलुकमा राजतन्त्रको अन्त्य गर्दै गणतन्त्र घोषणा गरियो । मुलुकमा गणतन्त्र स्थापना भएको १७ वर्ष पूरा हुँदा समेत राजनीतिले संस्थागत आकार लिन सकेन । जनताद्वारा निर्वाचित प्रतिनिधिहरुले समेतम मुलुकमा समावेशी, पारदर्शी र भ्रष्टाचारमुक्त शासन प्रणाली स्थापना गर्न सकेनन् । त्यसैको परिणाम हो गत भदौ २३ र २४ मा भएको जेन–जी पुस्ताको आन्दोलन । जेन–जी आन्दोलनलाई विश्लेषकहरूले भ्रष्टाचार, असमानता र बेरोजगारीका कारण उत्पन्न भएको विश्लेषण गरिरहेका छन् ।

जनतामा शासकप्रति बढ्दै गएको वितृष्णा र आक्रोशका बीच नवयुवाहरुले चलाएको अभियानले समाजका सबै पक्ष र वर्गलाई आकर्षित गरेको कारण जेन–जी आन्दोलन सफल भएको राजनैतिक विश्लेषक रमेश अधिकारीको भनाइ छ । अधिकारीले उक्त आन्दोलन अप्रत्याशित भएपनि मुलुकको शासन प्रणालीको परिवर्तनको लागि आवश्यक रहेको बताउनु भयो । उहाँले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुको प्रतिवेदन र तथ्यांकले नेपाल भ्रष्टाचारको उर्वर भूमि बनेको देखाएको उल्लेख गर्दै यसको अन्त्य गर्न जेन–जी आन्दोलन कोशेढुंगा सावित हुने बताउनु भयो । उहाँले जेन–जी आन्दोलन हुनुका मुख्य कारणहरु भ्रष्टाचार, बेरोजगारी र असमानता रहेको बताउनु भयो । उहाँले हुने खाने र नहुनेबीचको खाडल र असमानताले समाजमा सिर्जना गरेको विभेदले नै युवाहरुलाई सडकमा आउन बाध्य पारेको बताउनु भयो । समाजका सबै तह र तप्काबीच विचार आदान प्रदान गर्ने मुख्य आधार रहेको सामाजिक सञ्जाल बन्द गर्ने तत्कालीन सरकारको निर्णय आन्दोलनको उत्प्रेरक भएको उहाँको तर्क छ ।

हाँले भन्नुभयो, ‘भदौको २३ र २४ गतेमा जेन–जीहरुको अप्रत्यासित र आवश्यक जुन आन्दोलन मेरो विचारमा यसमा मूल तीन आधारहरु छन् । भ्रष्टाचार, असमानता र बेरोजगार । यी तीन एजेण्डाहरु यति कन्भेन्सिङ एजेण्डा थिए यसले जेन–जी मात्र नभई समाजका अरु वर्गहरुलाई पनि कन्सिभन्स गरायो । नेपाल कसरी भ्रटाचारको उर्वर भूमि भयो । ट्रान्सपरेन्सी इन्टरनेसनल हेरौं वा अख्तियारमा परेका उजुरीहरु हेरौं । जसरी बेजुरु र अनियमितताको वृद्धि भएको छ यो आधारमा नेपालमा भ्रष्टाचार मौलाइरहेको तथ्यांकले पनि देखाउँछ । बेरोजगारको कुरा गर्ने हो भने ११ प्रतिशत मानिसहरु बेरोजगार छन् । त्यसमा पनि १८–२० प्रतिशत युवाहरु बेराजगार छन् । यो पनि युवाहरुलाई आन्दोलनमा होमिन बाध्य पार्ने कारक तत्व बन्यो । तेस्रो असमानता । लामो समयदेखि नेपालमा असमानताको बहस भइरहेको हो । तथ्यांकहरुले के भन्छ भने नेपालका १० प्रतिशत व्यक्तिहरुको हातमा मुलुकको ५७ प्रतिशत सम्पती छ । बाँकी १० प्रतिशतको हातमा ४० प्रतिशत सम्पती छ । यो असमानताले समाजमा विभेद भयो र हुने र नहुनेको बीचमा पनि खाडल भयो । यो परिपेक्षमा एजेण्डा एकदमै आकर्षित भयो । त्यसमा तत्कालीन सरकारले त्यही बेलामा समाजका सबै तप्काको आधारको रुपमा रहेको सामाजिक सञ्जाललाई बन्द गर्ने जुन काम गर्यो त्यसले कँहीकतै सरकार नियन्त्रणमुखी भएको सन्देश गएसकेपछि त्यसपछि आपूर्ती पक्ष र माग पक्षबीच आन्दोलन अघि बढ्यो । सरकारका कामकारबाही र युवाहरुका एजेण्डाले आन्दोलन आकर्षित बनेको हो ।’

जेन–जी पुस्ताको आन्दोलनपश्चात मुलुकमा व्यवस्था नै परिवर्तन भएको भाष्य निर्माण गरिएको उल्लेख गर्दै उहाँले यसलाई खारेज गर्नुभयो । नेपालको संविधान, २०७२ मै टेकेर अन्तरिम सरकार गठनदेखि प्रतिनिधि सभा विघटनसम्म भएको उल्लेख गर्दै उहाँले अहिले मुलुकको अवस्था परिवर्तनको दिशामा अघि बढेको दाबी पनि गर्नुभयो । जेन–जी आन्दोलनको एजेण्डा व्यवस्था परिवर्तन गर्ने नभएकोले गलत भाष्य स्थापित नगर्न सबैमा आग्रह गर्नुभयो । जेन–जी पुस्ताको आन्दोलन पश्चात विकसित घटनाक्रमहरुलाई छिमेकी राष्ट्रहरुले सकारात्मक रुपमा लिनु महत्वपूर्ण भएको पनि बताउनु भयो । नेपाल भूराजनीतिक केन्द्रबिन्दु भएको कारण विदेशी शक्तिको हस्तक्षेप हुनसक्ने परिस्थिति तत्कालको टरेको उहाँको बुझाई छ । उहाँले नेपालको अगामी निर्वाचन सम्पन्न गराउनेदेखि लोकतन्त्रलाई सुदृढिकरण गर्ने छिमेकी राष्ट्रहरुको प्रतिवद्धताले नेपाललाई लयमा फर्काउने विषयमा सहयोग हुने आशा गर्न सकिने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘समाजमा जुन व्यवस्था नै परिवर्तन भएको हो कि भन्ने भाष्य निर्माण गर्न खोजिएको छ । यो गलत हो । व्यवस्था परिवर्तन भएको होइन । अवस्था मात्रै परिवर्तन भएको हो । किनभने नेपालको संविधान २०७२ सालको संविधानलाई टेकर राष्ट्रपतिज्युले प्रधानमन्त्रीज्युको सिफारिसमा प्रतिनिधि सभा भंग गर्नुभएको छ । संविधान यथावत नै छ । अहिले प्रतिनिधि सभा मात्र बन्द भएको अरु सबै निकायहरु यथावत नै छन् । जेन–जीहरुको आन्दोलनमा पनि व्यवस्था परिवर्तन गर्ने भन्ने यस्तो माग थिएन । उनीहरुको एजेण्डा देशका भ्रष्ट शासकहरुमा केन्द्रित थियो । नेपाल भूराजनीतिक हिसावले निकै महत्वपूर्ण र रणीनित केन्द्रबिन्दु भएको हुँदा हाम्रा छिमेकी राष्ट्रहरुको भुमिका कस्तो होला भन्ने लागिरहेको थियो । दुई छिमेकी राष्ट्र भारत र चीन तथा भौगोलिक हिसावले टाढा भएपनि नेपाललाई सधैं सहयोग गरिरहेका अमेरिका, बेलायत र जापानले पनि नेपालमा भएको परिवर्तनलाई आत्मसाथ गर्नुभएको र नेपालको लोकतान्त्रिक मुभमेन्टलाई अगाडि पनि सहयोग गर्ने जुन प्रतिक्रिया आएको छ त्यो प्रतिक्रियाबाट मित्र राष्ट्रहरुले पनि हाम्रो अगामी कदमहरुमा सहयोग गर्ने आशा पलाएको छ ।’

उहाँले जेन–जी पुस्ताको आन्दोलनपछि श्रीलंकाजस्तै नेपाल पनि राजनीतिक स्थायित्व र आार्थिक समृद्धिको दिशामा अघि बढ्ने विश्वास रहेको बताउनु भयो । यद्यपी राजनीतिक दलहरुले सत्ता छोड्दैमा भइहाल्छ भन्ने भ्रममा कोही पनि पर्नु नहुने उहाँको भनाइ छ । उहाँले मुलुकको शासन प्रणालीमै सुधारको आवश्यकता रहेको उल्लेख गर्दै उहाँले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको क्याबिनेटबाट आशा राख्ने ठाउँ रहेको बताउनु भयो । उहाँले वर्तमान सरकारलाई मध्यावधि निर्वाचन सम्पन्न गराउनुपर्ने, भ्रष्टाचार नियन्त्रणका लागि संरचना निर्माण गर्ने र मुलुकमा शान्ती स्थापना र सुशासन कायम गर्नुपर्ने कार्यभार रहेको बताउनु भयो । मध्यावधि निर्वाचन गराउन असम्भव नभएपनि सोचेजस्तो सहज नभएको उहाँको बुझाई छ ।

उहाँले भन्नुभयो, ‘नेपालमा पनि यो लेभलको आन्दोलन भएकोले ढिलो चाँडो नेपाल पनि लयमा फर्किनेमा हामी आशावादी छौं । निश्चित राजनीतिक दलहरुका मान्छेहरुले आफ्नो सत्ता छोड्दैमा समाधान भइहाल्छ भन्ने पनि होइन । यसको लागि प्रणालीको प्रक्रियामै परिवर्तन आउन जरुरी छ । अहिले प्रधानमन्त्रीज्युको जुन प्रतिवद्धता छ, जस्ता व्यक्तिहरु आफ्नो क्याबिनेटमा राख्नुभएको छ त्यसबाट हामीले आश गर्न सकिने ठाउँ छ । यद्यपि यो सरकारलाई तीन वटा म्याण्डेट मात्र छ । फागुन २१ मा निर्वाचन गर्नु, भ्रष्टाचार नियन्त्रणका लागि संरचना गर्नु र मुलुकमा शान्ती र सुशासन कायम गर्नु नै यो सरकारको मुख्य काम हो । तर फागुन २१ मा गर्ने निर्वाचन असम्भव नभएपनि म सहज देख्दिनँ । भ्रष्टाचार नियन्त्रणको आधार तयार गरेर यो सरकारले अर्को सरकारलाई हस्तान्तरण गर्नसक्छ । यो समयमा कारबाही गर्न सहज भने हुँदैन ।’

राजनीतिक दलभित्रको लोकतान्त्रीकरणको बहस

जेन–जी पुस्ताको आन्दोलनले राजनीतिक दलहरुलाई सबैभन्दा ठूलो चुनौती दिएको छ । सुध्रिने कि सक्किने ? राजनीतिक दलका दोस्रो र तेस्रो तहका नेताहरुले समेत नेतृत्व हस्तान्तरणका लागि पार्टी नेतृत्वमाथि दबाब दिन थालेका छन् । अधिकारीले राजनीतिक दलहरुभित्रको समाजिक संरचनामा व्यापक सुधारको र परिमार्जन आवश्यक रहेको बताउनु भयो । उहाँले राजनीतिक दलको नेतृत्व तहकमा युवा पुस्तालाई समेत समेट्नुपर्ने स्पष्ट सन्देश जेन–जी आन्दोलनले दिएको बताउनु भयो । उहाँले सबै तहलाई सामाजिक र युवा सहभागिमुलक बनाउन सकिए मात्रै मुलुक सकारात्मक दिशामा अगाडि बढ्नसक्ने भन्दै उहाँले तीन तहको

सरकारमा पनि युवा सहभागिता बढाउन आवश्यक रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘राजनीतिक दलहरुभित्रको सामाजिक संरचना परिवर्तन हुने क्रममा रहेको छ । दलहरुभित्रको आन्तरिक लोकतान्त्रिक प्रक्रियालाई अगाडि बढाउनुपर्ने देखिन्छ । अब युवाहरुको प्रतिनिधित्वलाई बढाउनुपर्नेछ । किनभने यो आन्दोलन सकिएको छैन । यो तहमा नभएपनि आन्दोलन निरन्तर चलिनै रहन्छ । खबरदारी र सावधानी अपनाउने कुरा युवाहरुमा सधैं यथावत नै रहने हुँदा राज्यसत्ताले भन्दा पनि राजनीतिक दलभित्रको आन्तरिक लोकतान्त्रिकरणको अभ्यास, युवाहरुको सहभागिता र समावेशितामा ध्यान दियौँ भने त्यसले विस्तारै सामाजिक संरचनामा पनि राम्रो म्यासेज जान्छ । फेरि नेपालमा यस्तो दुखःद् अवस्था हुन नदिनको लागि पालिका, प्रदेश र संघसम्मै युवा सहभागिता बढाएर परिवर्तन गर्नुपर्छ ।’ 

जेन–जी पुस्ताको शान्तीपूर्ण आन्दोलन हिंश्रक बन्दा ठूलो मुलुकले ठूलो जनधनको क्षति व्यहोर्नुपरेको छ । हालसम्म ७४ जनाको मृत्यु भएको छ भने संयौं अझै उपचाररत छन् । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका भौतिक संरचनामा समेत व्यापक क्षति पुगेको छ ।