५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न

एसियाली राजमार्गको चारआली र चारपानेमा ओभरपास निर्माण सुरु

एसियाली राजमार्गको चारआली र चारपानेमा ओभरपास निर्माण सुरु
तस्बिर: फाइल फोटो
अ+ अ-

झापा। पूर्व-पश्चिम राजमार्गको स्तरोन्नति गर्ने क्रममा झापाको दुई स्थानमा ओभरपास निर्माण सुरु भएको छ । मेचीनगरको चारआली र विर्तामोडको चारपाने क्षेत्रमा ओभरपास निर्माण थालिएको हो ।

सरकारले एसियाली विकास बैंकको सहयोगमा पूर्व-पश्चिम राजमार्गलाई एसियाली राजमार्गका रूपमा स्तरोन्नति गरिरहेको छ । झापाको काँकडभिट्टाबाट सुनसरीको लौकहीसम्मको ९५ दशमलव ७६ किलोमिटरमा ठेक्कामार्फत निर्माण तीव्र गतिमा भइरहेको हो ।

यातायातको बढी चाप हुने सहरी क्षेत्रमा ओभरपास निर्माण गर्ने योजना रहेको काँकरभिट्टा-लौकही सडक आयोजना पूर्वी खण्डका आयोजना प्रमुख एवं इञ्जिनियर सुनिलबाबु पन्तले बताउनुभयो । चारआलीमा चोकबाट पूर्वतर्फ दुई सय ५१ मिटर र पश्चिमतर्फ दुई सय २६ मिटरतर्फ ओभरपास निर्माण भइरहेको उहाँले जानकारी दिनुभयो ।

चारपानेमा चोकबाट पूर्वतर्फ दुई सय सात मिटर र पश्चिमतर्फ तीन सय आठ मिटर ओभरपास निर्माण गरिने आयोजना कार्यालयले जनाएको छ । विर्तामोडमा ओभरपास बनाउने योजना भए पनि हालसम्म निर्माण सुरु भएको छैन । विर्तामोडको मुक्ति चोकबाट पूर्वतर्फ दुई सय मिटर र पश्चिमतर्फ तीन सय ९० मिटर ओभरपास निर्माणको लक्ष्य रहेको छ । “चारआली र चारपानेमा ओभरपासका लागि यातायात सहजताका लागि डाइभर्सन बनाएर बेस बनाउन थालिएको हो”, इञ्जिनियर पन्तले भन्नुभयो ।

पूर्वीखण्डको काँकडभिट्टा-केर्खा खण्डको ४५ किलोमिटर निर्माणसम्बन्धी ठेक्का इभरस्कोन कालिका जेभीले रु १० अर्ब छ करोडमा लिएको छ । यस खण्डमा तीन सय मिटरभन्दा साना १८ वटा र ठूला तीन वटा पुल निर्माणाधीन अवस्थामा छन् भने एक सय ४० वटा कल्भर्ट निर्माण गरिने इञ्जिनियर पन्तले जानकारी दिनुभयो ।

काँकडभिट्टाबाट केर्खासम्मको पूर्वी खण्ड हेर्नका लागि दमकमा र केर्खाबाट इटहरीसम्मको पश्चिमी खण्डको निर्माण हेर्नका लागि इटहरीमा कार्यालय रहेका छन् । काँकडभिट्टाबाट इटहरीसम्मको १० स्थानमा ओभरपास निर्माण गरिने आयोजना कार्यालयले जनाएको छ । रासस