५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

बेइजिङमा ‘सुमधुर सम्बन्धका ७० साल’ विमोचन

बेइजिङमा ‘सुमधुर सम्बन्धका ७० साल’ विमोचन
अ+ अ-

काठमाडौँ। नेपाल–चीन मिडिया फोरमद्वारा प्रकाशित ‘सुमधुर सम्बन्धका ७० साल’ बेइजिङमा विमोचन गरिएको छ ।

आज बेइजिङस्थित नेपाली दूतावासको सभाकक्षमा विमोचन गरिएको उक्त पुस्तक नेपाल र चीनबीचको सम्बन्धमा लिखित दस्ताबेज रहेको मञ्चका अध्यक्ष किशोर श्रेष्ठले जानकारी दिनुभयो ।

नेपाली दूतावास तथा नेपाल–चीन मिडिया मञ्चले संयुक्त रूपमा आयोजना गरेको उक्त कार्यक्रममा ८० भन्दा बढी चिनियाँ प्राज्ञहरूको उपस्थिति थियो । चीनका विभिन्न विश्वविद्यालयमा नेपालसम्बन्धी अध्ययन÷अनुसन्धान गरिरहेका ती चिनियाँ प्राज्ञहरूले दुई देशबीचको मैत्री सम्बन्धमा यो पुस्तक एउटा कोशेढुङ्गाका रूपमा स्थापित हुने उल्लेख गरेका छन्  ।

चीनका लागि नेपाली राजदूत डा कृष्णप्रसाद ओलीले यसप्रकारको पुस्तक विमोचन गर्न पाउँदा उत्साहित भएको उल्लेख गर्नुभयो । उहाँले नेपाल र चीनबीचका ७० वर्षका महत्त्वपूर्ण उपलब्धिलाई लिपिबद्ध गरेकामा मञ्चसहित मञ्चका अध्यक्ष श्रेष्ठलाई धन्यवाद दिँदै हार्दिक आभार प्रकट गर्नुभयो । पुस्तकले वर्तमान र भावी पुस्तालाई दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनापछिका महत्त्वपूर्ण खुड्किलाहरू राखेर इतिहासलाई जीवन्त राखेको उहाँले बताउनुभयो ।

पुस्तकमाथि धारणा राख्दै कन्फ्युसियस इन्स्टिच्युटका छिउ क्वोमिङले चीन र नेपालबीचमा चासो राख्ने सबैका लागि यो पुस्तक उपयोगी र आधिकारिक स्रोत हुने विश्वास व्यक्त गर्नुभयो । नेपाली र चिनियाँ दुवै भाषामा रहेकाले पुस्तक दुवै देशका पाठकलाई सहज भएको उहाँको भनाइ छ ।

सियामन विश्वविद्यालयका प्राध्यापक चियाङ सियाओसियानले महत्त्वपूर्ण क्षणमा पुस्तक प्रकाशन भएको बताउँदै चीन र नेपालबीचका विभिन्न घुम्तीहरूलाई पुस्तकले समेटेको उल्लेख गर्नुभयो । यो पुस्तक अध्येताका लागि सङ्कलनयोग्य रहेको भन्दै उहाँले प्रसंशा गर्नुभयो ।

कार्यक्रमका वक्ता युन्नान अन्तरराष्ट्रिय अर्थ, व्यापार तथा सांस्कृतिक सहकार्यका उपमहासचिव रन चिकाङले पुस्तक विमोचन समारोहमा उपस्थित भएर बोल्न पाउँदा खुशी लागेको भन्दै ७० वर्षको इतिहासलाई एउटै पुस्तकमा चिनियाँ र नेपाली भाषामा प्रकाशन गर्नु निकै कठिन कार्य भएको बताउनुभयो ।

कार्यक्रममा नेपाल–चीन मिडिया मञ्चका अध्यक्ष श्रेष्ठले नेपालमा पुस्तक प्रकाशन गरी चीनमा आएर विमोचन गर्न पाउनु गर्वको विषय भएको धारणा राख्नुभयो । उहाँले नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवका अवसरमा प्रकाशित यो पुस्तकको हाम्रा लागि सफलताको विषय भएको बताउनुभयो । चीनका टाढाका प्रान्तबाट पनि कार्यक्रममा उपस्थित भएर सफल बनाउन सहयोग गर्नुहुने चिनियाँ विज्ञप्रति उहाँले आभार प्रकट गर्नुभयो ।

कार्यक्रमको अन्तमा प्रश्नोत्तरसहित छलफल भएको थियो । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सका अवसरमा प्रकाशित यस पुस्तकमा दुई देशबीचका भएका सन्धिसम्झौतासँगै विविध आयामलाई समेटिएको छ ।

नेपालको पूर्वाधार विकासमा चीनले गरेको सहयोग, नेपाल राष्ट्र बैंक स्थापनामा चीनले दिएको अनुदानलगायत विषयमा छलफल भएको थियो । विगत ७० वर्षमा चीनले नेपालमा लगानी गरेको तथ्य समेट्दै नेपालको भौतिक पूर्वाधार विकासमा चीनको योगदानको समालोचना पनि यस पुस्तकमा गरिएको छ ।

आर्थिक वर्ष २०८०/८१ को जेठसम्म चिनियाँ व्यवसायीले नेपालका दुई हजार ४४८ वटा व्यवसाय तथा परियोजनामा रु दुई खर्ब २४ अर्बभन्दा बढी लगानी गरेका पुस्तकमा उल्लेख छ । रासस