३१ श्रावण २०८३, आईतवार
,
Latest
मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘ इन्डोनेसियामा ३४१ परकम्प; भूकम्पमा मृत्यु सङ्ख्या ५१ पुग्यो, हजारौँ विस्थापित खोटाङमा स्थानीय तहको सङ्ख्या र सीमा हेरफेरसम्बन्धी छलफल सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तपुरमा १७ दिने दसैँ व्यापार मेला सुरु



अ+ अ-

भक्तपुर। भक्तपुर नगरपालिका-७ को महेश्वरी खेल मैदानमा आजदेखि दोस्रो भक्तपुर दसैँ सस्तो व्यापार मेला सुरु भएको छ ।

हिन्दूहरूको महान् पर्व दसैँको अवसरमा एकैथलोबाट सस्तो, सुलभ र गुणस्तरीय सामान आमउपभोक्तामा पुर्‍याउने उद्देश्यले औद्योगिक मेला महोत्सव प्रतिष्ठान नेपालले मेलाको आयोजना गरेको हो ।

मेलाका संयोजक सङ्गम लामाले व्यापार मेलामा ५० भन्दा बढी स्टलहरू राखिएका जानकारी दिँदै दैनिक जीवनमा प्रयोगमा आउने सामग्री, लत्ताकपडा, खाद्यान्न, अटोमोबाइल, जुत्ता तथा हस्तकलाका सामग्री, कृषि औजारका सामग्री, फूललगायत विभिन्न सामान विशेष छुटका साथ स्टलमा राखिएका बताउनुभयो ।

मनोरञ्जनका लागि महोत्सवमा बाल उद्यान, रोटे पिङ, ड्रागन, नाउ, मिनी बन्जी जम्प, बाटर बल्ब, मिकी माउस, टेम्पालिङ, स्करपियोका साथै हरेक दिन राष्ट्रिय तथा स्थानीय कलाकारका हास्यव्यङ्ग्य, गीत र नृत्यको प्रस्तुति रहने उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार व्यापार मेला यही असोज १९ गतेसम्म सञ्चालन हुनेछ ।रासस