५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न

विशेष परिस्थितिमा बाहेक ६ घण्टाभित्र अवरुद्ध सडक खुल्छः सचिव शर्मा

विशेष परिस्थितिमा बाहेक ६ घण्टाभित्र अवरुद्ध सडक खुल्छः सचिव शर्मा
अ+ अ-

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले अवरुद्ध बनेका सडकहरु विशेष परिस्थितिमा बाहेक ६ घण्टाभित्र सडक खुल्ने गरी काम अगाडी बढाएको बताउनुभएको छ ।

शनिवार भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको अध्यक्षतामा बसेको बैठकमा उहाँले चाडपर्वमा यातायात सहज बनाउनेगरी सडक विभागले काम गरिरहेको जानकारी दिनुभएको हो । हाल मौसमका कारण सडक अवरुद्ध भएको उल्लेख गर्नुहुँदै उहाँले सडक खुलाउन मन्त्रालय र सडक विभागको टिम सक्रिय रहेको बताउनु भयो । उहाँले पृथ्वी राजमार्ग र मुग्लिङ खण्डको तुइन खोलामा रातिदेखि सडकको काम रोकिएको बताउनु भयो । उहाँले उक्त स्थानमा बिहान सुख्खा पहिरो समेत खसेको बताउनु भयो । पहिरो सक्रिय अवस्थामा रहेको बेलामा भने काम गर्न नसकिने उहाँको भनाई छ । उहाँले सो स्थानमा पहिरो सफा गर्न सडक विगागको टोली पुगिसकेको जानकारी दिनुभयो । सडक सफा गर्न शुरु गरेको ४ घण्टामा सो सडक खुल्ने उहाँको दाबी छ । उहाँले सडक विभागले आधा घण्टादेखि एक घण्टाभित्र घटनास्थलमा पुग्ने गरी मेसिन राखेको पनि जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले मुख्य कुरा पृथ्वी राजमार्ग र मुग्लिङ नाराणघाट सडकमा हिजोदेखि तुइन खोला भन्ने ठाउँमा हिजो राती चाँही हामीले रोकेको हो । राती त्यो ढुङ्गा खस्यो, एक्टिभ छ के पहिरो खसेको खस्यै गरेपछि मेसिनको अपरेटरहरुलाई ढुंगा आएर लाग्यो भने अरु समस्या हुन्छ, भनेर रोकेको हो । विहान फेरि त्यहाँ सुख्खा पहिरो टाईपको खस्यो । अब एकदमै सक्रिय पहिरो भईरहेको बेलामा चाहीँ जानु हुँदैन । त्यहाँ जति सफा गरेपनि पहिरो झरिरहन्छ । सडक विभागले आधि घण्टादेखि एक घण्टासम्म त्यो ठाउँमा मेसिन पुग्ने, हाम्रो एलटमेन्ट त्यसैगरि छ । हाम्रो ईक्वीमेन्टहरु चाहीँ हाईवेको सम्पुर्ण ठाउँमा आधि घण्टादेखि एक घण्टासम्म त्यो स्थलमा पुग्न भ्याउँछ, त्यसरी हामीले मेसिन राखेका छौँ । र काम थालेको ४ देखि ६ घण्टाभित्र चाहीँ सफा गर्ने, एकदमै अफ्ठ्यारो अवस्था बाहेक । जस्तो अब खसेको खसेकै ग¥यो भने त्यो सकिँदैन । विशेष परिस्थितिमा बाहेकमा गर्ने गरी छ । अब हामीले शुरु गर्न पायौँ भने अहिले हाम्रो त्यहाँ टिम पुगिसकेको छ । डिजी नै त्यहीँ हुनुहुन्छ, हिजोपनि त्यही थियो । अब त्यो सफा गर्न पाएपछि ४ घण्टामा बाटो खुुल्छ ।’

बैठकमा मन्त्री कुलमान घिसिङले चाडपर्वमा यातायात सहज बनाउन कसरी फास्ट ट्रयाकमा काम गर्ने भनेर आन्तरिक छलफलपछि समस्या समाधान गरिने बताउनु भयो । बैठकमा सहभागी यातायात व्यवसायीहरूले रात्रिबस दिउँसो चलाउन माग गरेका थिए । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँर, महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले पहिरो बाढी पहिरोका कारण अहिलेको परिस्थिति नाजुक रहेको बताउँदै रातको समयमा चल्ने बसलाई दिउँसो चलाउनु उपयुक्त हुने बताएका थिए । बैठकमा सडक विभाग, गृह मन्त्रालय, यातायात व्यवसायी महासङ्घलगायतका सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको छ ।