२१ मंसिर २०८२, आईतवार
,
Latest
राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिने अलास्का–युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प जनार्दनलाई गृह जिल्लामै कालोझन्डा अध्यक्ष अग्रवालको प्रश्नः सरकार निजी क्षेत्रको साथमा छ भन्नुहुन्छ, यो सरकारको आयु कति हो ? पश्चिमी मङ्गोलियामा अत्याधिक चिसो निजी क्षेत्रलाई टाढा राखेर अर्थतन्त्र सबल बन्न सक्दैनः अध्यक्ष ढकाल एआईले गर्दा समाचारको मूल्य र मान्यता मरेको छः सचिव अर्याल आर्थिक मुद्दालाई राजनीति भन्दा माथि राखौँः अध्यक्ष पाण्डे सुनचाँदीको मूल्यमा सामान्य गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

दशैँ मनाउन घर जानेहरुको चहलपहल बढ्यो



अ+ अ-

काठमाडौँ । राजधानीबाट गाउँघरमा दशैँ मनाउन जानेहरुको चहलपहल शुरु भएको छ ।

नयाँ बसपार्क लगायतका बस छुट्ने स्थानहरुमा घर जानेहरुको संख्या दिनानुदिन बढ्दै गएको छ । काम र पढाईको सिलसिलामा राजधानीमा रहेकाहरु दशैँ मनाउनको लागि घर फर्किन थालेका हुन् । यातयात व्यवसायीहरुले दशैँका लागि अग्रिम टिकट बुकिङ खुला गरेका छैनन् ।

टिकट बुकिङ खुला नभएका कारण मानिसहरु यसपटक घटस्थापना अगाडदेखि नै घर जान थालेका हुन् । जेन-जी आन्दोलनका कारण देशमा उत्पन्न भएको राजनितिक परिस्थितिले अधिकांश विद्यालय, क्याम्पसहरु विदा भइसकेका छन् । विद्यालय, क्याम्पस विदा भएसँगै घर फर्किन जानेहरुको बसपार्कमा चहलपहल बढेको हो । गएका वर्षहरुमा यातयात व्यवसायीहरुले दशैँका लागि अग्रिम टिकट बुकिङ खुलाउने गरेका थिए ।

फूलपातीदेखि टीकाको दिनसम्मलाई दशैँको महत्वपूर्ण दिनका रुपमा मनाउने गरिन्छ । फूलपातीको दिनसम्म यात्रु बाहिरिने गरेका ट्राफिक प्रहरीले जनाएको छ । यसवर्ष दशैँको टीका असोजको १६ गते रहेको छ ।