३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति

मुग्लिन–नारायणगढ सडकखण्ड अझै खुलेन, यात्रु रातभर सडकमै, वैकल्पिक सडक प्रयोग गर्न सडक डिभिजन भरतपुरको आग्रह

मुग्लिन–नारायणगढ सडकखण्ड अझै खुलेन, यात्रु रातभर सडकमै, वैकल्पिक सडक प्रयोग गर्न सडक डिभिजन भरतपुरको आग्रह
अ+ अ-

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिकाको तुइन खोला छेउमा हिजो साँझदेखि झरेको पहिरो अझै रोकिएको छैन । ठूलो पहिरो खसेपछि मुग्लिन–नारायणगढ सडकखण्डमा दुईतर्फी आवागमन अवरुद्ध भएको छ ।

मुग्लिन–नारायणघाट सडक खण्ड को मुग्लिन नजिकै तुइन खोला छेउमा हिजो साँझदेखि पहिरो भरेको हो । पहिरो रातभरि पनि झर्ने क्रम नरोकिएकाले सवारी आवागमन दुवैतर्फ ठप्प भएको छ ।

दिउँसो देखिनै लगातार हल्का वर्षा भएको त्यस क्षेत्रमा साँझ भीर नै सडकमा खसेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

पहिरो झर्ने क्रम अझै पनि जारी छ । तथापी हाल २ वटा लोडर परिचालनको लागि तयारी अवस्थामा राखिएको छ भने एउटा एक्साभेटर पनि साइटतर्फ जाँदै गरेको सडक डिभिजन भरतपुरले जनाएको छ ।

राजमार्गमा प्रहरीले माइकिङ गरेर यथास्थानमा सुरक्षित बस्न सवारी चालक र यात्रुहरूलाई आग्रह गरेको थियो ।

काठमाडौं र पोखराबाट चितवनतर्फ जाने सवारी साधन रोकिँदा तुइनखोलाभन्दा केही वरदेखि मुग्लिन बजारसम्मै सवारी साधनको जाम लागेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले नारायणगढतिरबाट मुग्लिनतिर आउन लागेका र काठमाडौं तथा पोखरातिरबाट नारायणगढतर्फ जान लागेका सवारी साधनलाई सुरक्षित स्थानमा रोकिन आग्रह गरेको छ ।

सूरक्षालाई मध्यनजर गरि पहिरो झर्न रोकिएपछि क्रमश: यथाशक्य छिटोभन्दा छिटो आवागमन सूचारू गरिने सडक डिभिजन कार्यालयले जनाएको छ ।

सडक खुलाउन कति समय लाग्छ भन्ने यकिन नभएकाले वैकल्पिक सडकको प्रयोग गर्न समेत सडक डिभिजन कार्यालय भरतपुले जनाएको छ ।