२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

यूएई भिसा रोक्दा नेपाली क्रिकेट टोलीको भ्रमण प्रभावित



अ+ अ-

काठमाडौं। संयुक्त अरब इमिरेट्स (युएई)ले युनिटी कप टी–२० आई सिरिज खेल्न जाने नेपाली क्रिकेट टोलीलाई भिसा दिन अस्वीकार गरेको छ।

युएईको शारजहामा हुने वेस्ट इन्डिजविरुद्धको खेल खेल्न जाने शुक्रबारको तालिका भएपनि भिसा नलागेपछि खेलाडीहरु रोकिएका हुन् । नेपालले सेप्टेम्बर २७ देखि वेस्ट इन्डिजसँग टी-२० सिरिज खेल्ने तालिका रहेको छ ।

तर, यूएईको दूतावासले नेपाली खेलाडीहरुलाई भीसा दिएको छैन । खेलाडीहरुले केही दिनअघि भिसाका लागि आवेदन दिए पनि अहिलेसम्म प्राप्त नभएको क्यानका प्रवक्ता छुम्बी लामाले बताए ।

वेस्ट इन्डिजविरुद्धको श्रृंखलाका लागि अझै केही दिन बाँकी रहेकाले त्यसअघि भिसा आउने आशा रहेको उनको भनाइ छ । यद्यपि, क्यानले युएईको सरकार, त्यहाँको क्रिकेट बोर्ड र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)सँग समन्वय भइरहेको लामाले बताए। ‘अहिलेसम्म भिसा आएको छैन। भिसा आउनेबित्तिकै क्रिकेट टोली युएई उड्नेछ,’ उनले भने।